सात वर्षपछि राजस्वको स्रोत खोज्दै बागमती प्रदेश सरकार
देश सङ्घीय संरचनामा गएर प्रदेश सरकारले बजेट बनाउन थालेको सात वर्षपछि बागमती प्रदेश सरकारले राजस्वको सम्भावित स्रोतको खोजी गर्न थालेको छ । प्रदेश सरकार सङ्घीय सरकारमा निर्भर हुँदै गएको र वित्तीय सङ्घीयता पूर्ण रूपमा कार्यान्वयनमा आउन नसकेको अवस्थामा बागमती प्रदेश सरकारले बागमती प्रदेशको राजस्व सम्भावित नयाँ स्रोतको खोजी गर्न थालेको हो ।
राजधानीमा सडकको दुर्दशा, न सडकबत्ती न सिसी क्यामरा
प्रदेश राजधानी वीरेन्द्रनगरमा सडकबत्ती र पर्याप्त मात्रामा सिसी क्यामरा नहुँदा सुरक्षा चुनौती बढेको छ । उज्यालो नहुँदा रातको समयमा हुने आपराधिक गतिविधिको अनुसन्धान गर्नेदेखि सुरक्षाको चुनौती बढेको हो । प्रहरीका अनुसार सडकबत्ती नहुँदा अनुसन्धान गर्न र खोजतलास गर्न समस्या हुने गरेको छ । केही समयअघि विद्युत् महसुल नतिरेको भन्दै विद्युत् प्राधिकरणले अधिकांश सडकबत्तीका लाइन काटिदिएको छ भने कतिपय ठाउँका बत्ती नै उठाइदिएको छ । राजधानीभित्र करिब एक हजारभन्दा बढी सडकबत्ती थिए । प्राधिकरणले लाइन काटेपछि अहिले अधिकांश सडकबत्ती बन्द छन् ।
डेङ्गु सङ्क्रमण तीव्र, जोगिने कसरी ?
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन् । सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गुबाट बच्ने उत्तम उपाय भएको उनीहरुको भनाइ छ ।
सकियो ठेक्का अवधि, ३० प्रतिशत प्रगति
पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो ।
सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछु : ऊर्जामन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफल : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ ।
बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडक दुई महिनादेखि अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको बेनीघाट–आरुघाट–लार्के भन्ज्याङ सडकखण्ड दुई महिनादेखि अवरुद्ध भएको छ ।
बैङ्किङ कसुर तथा सजाय विधेयक अर्थ समितिबाट पारित
बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१ अर्थ समितिबाट पारित भएको छ । १० करोडभन्दा बढी चेक अनादर प्रमाणित भए चार वर्षसम्म कैद सजाय हुने प्रावधानसहित सोमबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिबाट पारित भएको हो ।
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
हेटौँडा उपमहानगरपालिका १७ स्थित कठायत चोकमा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका एक युवको मृत्यु भएको छ ।
यसपालि सभापतिमै चुनाव लड्नुपर्ला : सांसद कोइराला
नेपाली कांग्रेसका सांसद डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताउनुभएको छ ।
इथानोल मिश्रण नीति छिट्टै ल्याइने : मन्त्री भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा धेरै अघि बढिसकेको बताउनुभएको छ ।
मातृ शिशु अस्पताल कात्तिकमा सुचारु हुन्छ : उपकुलपति डा. गिरी
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ४ सय शय्याको मातृ शिशु अस्पताल आगामी कात्तिक महिनासम्ममा सुचारु हुने बताउनुभयो ।
खोप्रालेकमा बढे पर्यटक
अन्नपूर्ण पदयात्रामा पर्ने खोप्रालेकमा केही दिन यता मौसममा सुधार आएको छ ।
मन्त्रिपरिषद् बैठक बस्दै
मन्त्रिपरिषद् बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानसेनापतिलाई दर्ज्यानी चिन्ह प्रदान
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति महारथी अशोकराज सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ ।
साक्षरता अभियान
प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हकका रूपमा स्थापित शिक्षासम्बन्धी हकबाट कसैले पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्य अनुरूप सरकारले विशेष महत्वका साथ साक्षरता अभियान सञ्चालन गर्दै आएको छ । प्रौढ कक्षा शिक्षा सञ्चालनका अतिरिक्त प्रत्येक वर्ष तिनै तहका सरकार, विद्यालय, विद्यालय सञ्चालक समिति एवं नागरिक समाजका अगुवाको सहभागितामा विद्यार्थी भर्ना अभियानलाई महìवका साथ सञ्चालन गरिँदै आएको डेढ दशक भइसकेको छ । सन् २००० मा थाइल्यान्डमा भएको संयुक्त राष्ट्र
डिजिटल बैङ्किङका समस्या
पछिल्लो समय अनलाइन सेवाको बढ्दो उपयोगका कारण डिजिटल बैङ्किङ कारोबारमा प्रयोगकर्ताको आकर्षण बढेको छ । यससँगै विद्युतीय माध्यम प्रयोग गरेर हुने आर्थिक लेनदेन तथा बैङ्किङ कारोबारमा ठगीका घटना पनि उत्तिकै बढ्दै गएका छन् । डिजिटल प्रविधिको तीव्र विकासले देश विदेशदेखि गाउँका कुनाकाप्चासम्म आफूले चाहेको समयमा पैसा लेनदेनको प्रक्रियालाई सहज बनाएको छ तर यसबाट बैङ्किङ कारोबारमा असुरक्षा र जोखिम पनि बढेको छ । सामाजिक सञ्जाल
पालिका पर्यटन प्रवर्धन
बेरोजगारी देशकै सबैभन्दा ठुलो समस्या भएको छ । स्वदेशमा रोजगारी पाउन नसकेपछि दिनकै दुई तीन हजार नेपाली युवा बिदेसिन बाध्य छन् । सरकारले ठुलो मात्रामा लगानी गरेर तत्कालै रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । सरकारको सीमित साधनस्रोत बाधक छन् । सीमित राजस्व साधारण खर्चमै ठिक्क हुने हुँदा पुँजीगत खर्चको आकार पनि व्यापक बनाउन सकिएको छैन । व्यापक लगानी गरेर रोजगारी सिर्जना गर्न सक्ने स्थिति नहुँदा अनेक विकल्पमा ध्यान जानु पर्छ । यो अवस्थामा रोजगारी सिर्जना गर्न उपलब्ध प्राकृतिक स्रोतसाधनलाई ससाना पुँजी, योजना, रणनीति, सिप, दक्षता र सिर्जनशीलता उपयोग गर्नुपर्ने हुन्छ । त्य
जलवायु न्यायको बहस
नेपालका लागि जलावायु परिवर्तन तथा सङ्कट मुख्य चुनौती रहेको छ । पछिल्लो समय जलवायु सङ्कटका कारण ठुलठुला महामारी, प्रकृतिक प्रकोप तथा पर्यावरणीय विनाश भइरहेको छ, जसको प्रभावले मानवीय तथा प्राकृतिक क्षति भइरहेको छ । सँगसँगै आममानिसको नियमित जीवनशैलीमा परिवर्तन भइरहेको छ । अझ भन्नुपर्दा, जलवायु सङ्कटले आममानिस मात्र होइन, देश नै प्रभावित भएको छ । नेपालमा जलवायु परिवर्तनको कारण मौसमजन्य घटनामा आएको परिवर्तनले बेमौसम
कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाइने
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशलाई आयुर्वेद चिकित्सा अध्ययन अनुसन्धानसहितको मुख्य केन्द्र बनाउनका लागि आवश्यक नीति नियम बनाउने र आवश्यक योजना ल्याउने बताउनुभएको छ ।
चाडपर्व लक्षित सडक दुर्घटना न्यूनीकरणमा जोड
दसैँ, तिहारजस्ता चाडपर्वमा हुनसक्ने सडक तथा सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोड दिएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यकः चेम्बर
मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरता आवश्यक रहेको व्यवसायीहरुले बताएका छन् । आइतबार नेपाल चेम्बर अफ कमर्सका पदाधाकारीहरुको टोलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालसँगको भेटका क्रममा यस्तो ध्यानाकर्षण गराएका हुन् ।
पोखराका दुई इन्जिनियरलाई आठ महिना कैद
घुससहित पक्राउ परेका पोखरा महानगरपालिकाका इन्जिनियरसहित तीन जना दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रितेन्द्र थापाको संयुक्त इजलासले इन्जिनियर शिवप्रसाद बराल र सबइन्जिनियर उषाकिरण रोकायालाई शुक्रबार दोषी ठहर गरेको हो ।
ओखलढुङ्गामा ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि
ओखलढुङ्गामा डेंगु सङ्क्रमण दर बढिरहेको छ । जिल्लामा हालसम्म ५४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।