• १२ पुस २०८१, शुक्रबार

इन्द्रेणी तिहार र भैलो गीत

blog

सुखमय पारी सब संसार 

आयो रसिलो चाड तिहार !!

कवि शिरामणि लेखनाथ पौड्यालका यी पङ्क्तिहरूले साँच्चै नै तिहारको चरित्र­ चित्रण गरेका छन् । तिहारले हाम्रा जीवनजगत्का विविध पक्षलाई समेटेको छ । यो धार्मिक पौराणिक दृष्टिले जति महìवको छ, सामाजिक सांस्कृतिक दृष्टिले पनि उत्तिकै महìवको छ भने साहित्यिक दृष्टिले समेत यसको महìव उत्तिकै रहेको छ । तिहार नेपाली हिन्दु चाडपर्वमध्ये दोस्रो लामो र ठुलो पर्व हो । लामो भएर मात्रै होइन, ठुलो भएर मात्रै पनि होइन विविधतापूृृृर्ण र मौलिकतायुक्त भएकाले पनि यसको विशेष महìव रहेको छ । तिहारले पौराणिक कथा, पौराणिक पात्रलाई आधार बनाएर सामाजिक, सांस्कृतिक, साहित्यिक विविध पक्षमा आफ्ना सुन्दर रङ फैलाएको छ ।

धार्मिक–सांस्कृतिक महत्त्व

शरद् ऋतु सुरु भएपछि दसैँको लगत्तै तिहार सुरु हुन्छ । यो पर्व कात्तिक महिनाको कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु हुन्छ र भाइटीका अर्थात् द्वितीयाका  दिनमा समाप्त हुन्छ । यमराजका सम्झनामा मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यी पाँच दिन आफ्नो व्यस्त दिनचर्यालाई रोकेर आफ्नी बहिनी यमुनाको आतिथ्य ग्रहण गरेर रमाइलोसँग  बसेका यमराजले बहिनीसँग खुसी भएर वरदान दिन तत्पर भए र बहिनीले पनि प्रत्येक वर्ष यसै गरी आफ्नो घरमा आएर आतिथ्य ग्रहण गरिदिन आग्रह गरिन् । 

जति नै व्यस्त भए पनि यमराज बचनबद्ध थिए, त्यसैले यो प्रस्ताव स्वीकार गरे । यमुनाले त खुब खुसी भएर दाजुको पाँच दिनसम्म पूजा गरेरै राखिन् । यमराजले पनि आफ्ना दाजु–बहिनीले यसरी वर्ष वर्षमा मनाएको यो पर्वको सम्झनामा जजसले दीपावली गरेर, दाजुभाइ दिदीबहिनी जम्मा भएर सद्भावपूर्वक मनाउँछन् तिनहरूमा आयु, आरोग्यता र सम्पन्नता बढ्ने आशीर्वाद दिएकाले अझै पनि मान्छेहरू उसरी नै यो पर्व मनाउँदै छन् । त्रयोदशीको साँझ यमराजको सम्मानमा बत्ती बालेर पाँच दिनसम्म उल्लासपूर्वक मनाइने यो पर्वले यसरी धार्मिक पौराणिक महिमा बोकेको छ । यसै दिन यमदूतका रूपमा स्थापित कागको पनि पूजा र सम्मान गर्दै भोजन खुवाइन्छ र यस दिनलाई काग तिहारसमेत भनिन्छ । यही त्रयोदशीका दिन देवताहरूका वैद्य, आयुर्वेद शास्त्रका प्रणेता धन्वन्तरीको पनि पूजा, सम्मान र सम्झना गरिन्छ । यसरी यो आरोग्यको पर्व पनि बनेको छ ।

यमपञ्चकको दास्रो दिन अर्थात् चतुर्दशीका दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । बिहानै खोला पँधेरामा गएर स्नान गरी नरक अर्थात् सम्पूर्ण फोहरमैला बगाइन्छ र बत्ती बालेर इस्ट कामना गरिन्छ । यही दिनलाई यमराजको भक्त कुकुरको पनि सम्मान र पूजा गरिन्छ । आज्ञाकारी, स्वामीभक्त, सुरक्षाकर्मी कुकुरको सम्मान गर्दै यस दिनलाई कुकुर तिहारका रूपमा मनाइन्छ । 

यमपञ्चकको तेस्रो दिन धनकी देवी माता लक्ष्मी र लक्ष्मीकै प्रतीक गाईको पूजा गर्ने दिन हो । हिन्दु धर्ममा गाईको पवित्रता सर्वोपरि छ । हरेक धार्मिक कार्यमा गाईको गोबर, गहुँत, दुध, दही इत्यादिको पवित्र स्थान छ र गाईलाई गौमाता अर्थात् आमा पनि भनिन्छ । लक्ष्मीपूजाको साँझ घर, आँगन, कोठाचोटामा विशेष सरसफाइ गरिन्छ र चारैतिर बत्ती बालेर झलमल्ल पारिन्छ  । ‘तमसोमा ज्योतिर्गमय..’ भन्दै औँसीको रातलाई पनि झलमल्ल पारिन्छ । यस रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीको स्वागतमा रातभर जागा रहने र तास खेलेर मनोरञ्जन गरिन्छ । ‘भैलिनी आइन् आँगन..’ भन्दै रातभरि नाचगानसहित बली राजाको सम्झना गर्दै भैलो खेलिन्छ र सेलरोटी एवं अनेक मिष्ठान्न भरेर बत्तीले सजाएर भैलिनीलाई बिदा गरिन्छ । 

यमपञ्चकको चौथो दिनलाई गोवर्धन पूजा र गोरु तिहारका रूपमा मनाइन्छ । कृषिकर्मको आधार बाँझो फुटाल्ने हलो जोत्ने गोरुलाई सम्मान र पूजा गर्ने पर्वका रूपमा यस दिनलाई गोरु तिहारका रूपमा मनाइन्छ । यही दिनमा घरघरै द्यौसी खेल्दै हिँडिन्छ । सङ्गीतले मनलाई आनन्दित गराउने त छँदै छ, यसले दानको महìवलाई समेत स्थापित गराएको छ । यस अवसरमा गाइने द्यौसी गीतबाट कतिपय ठाउँ र समुदायमा ठुला ठुला सामाजिक कार्यसमेत भएका छन् । कति विद्यालय, पुस्तकालय, चौतारी आदिको निर्माणसमेत यसबाट भएको छ । यमपञ्चकको पाचौँ र अन्तिम दिनलाई भाइटीका भनिन्छ । दाजुभाइ दिदीबहिनी जम्मा भएर सप्तरङ्गी टीका लगाउने यो पर्वले दाजुभाइ दिदीबहिनीबिचमा स्नेह, सद्भाव र अपनत्व बढाएर चेली र माइतीको सम्बन्ध सुमधुर बनाइरहेको हुन्छ । यमराज र यमुनाले सुरु गरेको यो सुन्दर प्रथालाई ससम्मान निरन्तरता दिइनुले राम्रा कर्महरू चिरस्थायी हुन्छन् भन्ने तथ्यलाई प्रमाणित गरिदिएको छ ।

सामाजिक महत्त्व

तिहारमा कागलाई खुवाइन्छ, पूजा गरिन्छ ! तिहारमा कुकुरलाई खुवाइन्छ, पूजा गरिन्छ ! तिहारमा गाई, गोरु, भैँसी, बाख्रा सबैलाई खुवाइन्छ, पूजा गरिन्छ ! मानौँ यी हाम्रा लागि ईश्वर हुन् ! यी सबै हाम्रा मन पर्ने पाहुना हुन् ! संसारमा हाम्रो झैँ संस्कृति कमै छ होला, जहाँ पहाड, पशु, पन्छी सबैले यति ठुलो श्रद्धा र सम्मान पाउँछन् ! कृतज्ञता ज्ञापन गर्नु हाम्रो संस्कार हो, धर्म हो, संस्कृति हो । प्रत्येक नाताकाप्रति सम्मान र पारिवारिक सम्बन्धका परिष्कार परिमार्जनका अवसरहरू हामीसँग प्रशस्तै छन् । तिनैमध्येको एउटा पर्व तिहार हो । 

तिहार दीपावलीको पर्व हो । ‘तमसोमा ज्योतिर्गमय.. !’ उज्यालोको खोजी हो तिहार ! सरसफाइ र सजावटको पर्व हो तिहार ! पारिवारिक सद्भावको पर्व हो तिहार ! पिङ, तास, मनोरञ्जन ! सेलरोटी, अनर्सा, मिठाई, मसला, सप्तरङी टीकाको रङ्गीन पर्व हो तिहार ! साँच्चै यो पर्वका बहुमुखी विशेषताले नेपालीहरूलाई आकर्षित गरिरहन्छ । नेपालीहरूको लागि तिहार सङ्गीतको समेत पर्व हो । भैलो र द्यौसीको आकर्षण तिहारको विशेष आकर्षण हो ।

तिहारको एक आकर्षण भैली गीत

भैला (भैली) गीत लोकगीतको वर्षचव्रmीय गीतको एउटा प्रकार हो, जसलाई ऋतुकालीन लोकगीतको पर्वगीतका रूपमा लिइन्छ । खासगरी शरद् ऋतुमा पर्ने पर्व तिहारका अवसरमा यो गीत विशेष गरी बालिकादेखि युवतीसम्मका स्त्री वर्गले लक्ष्मीपूजाका दिन गाउँछन् भने कतै कतै यो गीत तिहारभरि नै गाइन्छ र कतिपय स्थानमा स्त्री र पुरूष दुवैले गाउँछन् । गीत भनेकै भावना प्रबल, तरल, संवेदनशील र लयात्मक–सङ्गीतात्मक विधा हो, अझ लोकगीतमा लोकको अनुभूतिको लयात्मक प्रस्तुतिसमेत हुन्छ ।

भैलो खेल्ने चलन सोह्रौँ शताब्दीमा खसानका कल्याणवंशी बलिराजाले सुरु गराएका हुन् भनिन्छ । बाइसी चौबिसी राज्यताका त नेपालमा भैलो गाउने र खेल्ने चलन निकै फिँजारिँदै गएको पाइन्छ । यसको सम्बन्ध भलो, आशीर्वाद वा शुभकामनासँग गाँसिएको छ भन्ने तर्क पनि  रहेको छ । भैलो गीतको उत्पत्तिका बारेमा विभिन्न मतहरू प्रचलित छन् । एकथरी मत अनुसार भैलो जुम्लाका राजा बलिराजाका पालादेखि चलेको भन्ने छ भने अर्काथरी चाहिँ बलिराजा भनेर पुराणका दैत्यराज बलिलाई नै सङ्केत गर्छन् । जेहोस् बलि राजाले पठाएर आपूmहरू माग्न आएको कुरा भैलिनीहरूले आफ्ना गीतमा भट्याउँछन् । त्यही विश्वास र श्रद्धाका साथ भैलो माग्नेहरूको सम्मान पनि गरिन्छ । यसमा एउटाले भट्याउने र बाँकी सबैले छोप्ने शैली रहन्छ । 

‘नेपाली लोकगीतको आलोक’ पुस्तकमा साहित्यकार एवं लोक साहित्यका अध्येता कृष्णप्रसाद पराजुलीले सुदूरपश्चिमाञ्चलतिर भने भैलो गाउने शैली र समय अलग रहेको जानकारी दिनुभएको छ । कर्णाली भेगमा तिहारको सट्टा मङ्सिर पूर्णिमाका दिन सानी भैली गाइने र त्यसको पन्ध्र दिनपछि औँसीका दिनदेखि पाँच दिनसम्म ठुली भैली गाएर भैलो खेलिन्छ । यसरी समय, स्थान र समुदाय अनुसार भैलोका फरक फरक तरिका र पाठभेदहरू समेत पाइएका छन् ।

यसरी गाइन्छ भैली 

हुन त भैलो (भौली) गीत नेपालका विभिन्न स्थानमा विभिन्न जातिद्वारा आआफ्नै प्रकारले परम्परागत रूपमा गाइन्छ । तैपनि सामान्यतः राजधानीलगायत अधिकांश स्थानमा गाइने भैलोगीतका प्रस्तुति समान देखिएका छन् । 

‘भैलिनी आइन् आँगन

बढारी कुँढारी राख न

हे औँसी बारो

गाई तिहारो भैलो !!!

हरियो गोबरले लिपेको

लक्ष्मीपूजा गरेको

हे औँसी बारो

गाई तिहारो भैलो !!!

हामी त्यसै आएनौँ 

बलि राजाले पठाएको

हे औँसी बारो

गाई तिहारो भैलो !!!

भन्दै समूह बनाएर मादल हातमा बोकेर आएका किशोरीहरू (भैलिनी) ले आरम्भमा एक चरण भैलो गीतको लयमा आधारित सङ्गीतबाट घरबेटीलाई आफ्नो आगमनको सङ्केत दिन्छन् । त्यसपछि भैलो गीतबाट गायनको आरम्भ गरेर बिचमा केही गीतहरू थप्दै बिच–बिचमा नृत्यसमेत प्रस्तुत गर्छन् । गीतबाटै आपूmहरूलाई ढिलो हुन थालेकोले बिदा पाऊँ भन्न थाल्छन् । घरबेटी आमाले नाङ्लोमा सेलरोटी, पैसा र बलिरहेको दियो लिएर निस्केपछि विभिन्न आशीर्वाद दिँदै आफूहरू पुनः अर्को साल भैलो माग्न आउने वाचा गर्दै निस्किन्छन् । 

‘जसले दिन्छ मानो

उसको सुनको छानो

हे औँसी बारो

गाई तिहारो भैलो !!!

जसले दिन्छ पाथी

उसको सुनको छाती

हे औँसी बारो

गाईतिहारो भैलो !!!

जसले दिन्छ मुरी

उसको सुनको धुरी

हे औँसी बारो

गाई तिहारो भैलो !!’

यसरी यस गीतको आरम्भमै अनुष्ठानको सन्दर्भ रहेको छ । बढारी कुँढारी राखिएको, हरियो गोबरले लिपेको र लक्ष्मीको पूजा गरेको आँगनमा मात्रै भैलो खेल्न भैलिनीहरू आउँछन् । यी सबै तयारी नभएको घरमा भैली खेलिँदैन ! गीतले नै प्रस्ट पारेको छ, यिनीहरू जो पायो त्यही माग्ने हैनन्, राजाले पठाएर आएका हुन् र यिनीहरू आशीर्वाद दिन आएका हुन् । भैलो  खेल्नेहरूलाई खुसी पारेर पठाउन सके यिनीहरूको आशीर्वाद लाग्छ भन्ने विश्वास अझै जनमानसमा छ । त्यसैले त  दानीहरूलाई सुनैसुनको आशीर्वाद वर्षाउँछन् भैलिनीहरू !!

गीतको संरचना, छन्द र लय 

छन्द वा लय नै लोकगीतको संरचनाको मूल पक्ष हो । लोकलय लोकजीवनमा प्रचलित जातीय लय वा छन्द हो । यो लय नेपाली जनजीवनमा राम्ररी भिजेको हुनाले लोकप्रिय रहेको छ । नेपाली लोकलयमा आधारित छन्दहरूमा मात्राको नभएर वर्णको मात्रै हिसाब हुन्छ  र लयका आधारमा यसको यति वा विश्राम हुँदै जान्छ । त्यसैले यसलाई वाणर््िाक छन्द पनि भनिन्छ । 

भैलो गीतको  पहिलो र दोस्रो पाउ मूल भावमा आधारित हुन्छ भने तेस्रो र अन्तिम पाउ स्थायीका रूपमा प्रत्येक चरणमा दोहोरिएर आएको हुन्छ । 

हे औँसी बारो

गाईतिहारो भैलो !!!

भाषाशैली, प्रस्तुति  र सङ्गीत

भैलो गीतका प्रत्येक चरण छोटा छोटा चिटिक्क परेका हुन्छन्, तिनलाई लेग्रो तान्दै विलम्बित लयमा गाइन्छ । यसमा नेपाली भाषाको कथ्य रूपको प्रयोग भएको हुन्छ । बारलाई बारो, तिहारलाई तिहारो जस्ता शब्दले यसमा लोकबोली र सहजतालाई प्रस्तुत गरेको छ । पश्चिमाञ्चल भेगको स्थानीय भाषिकाको स्वरूप प्रस्तुत गीतमा देखिएको छ । वर्ण, पद र वाक्यस्तरमै भएको पुनरावृत्तिले गीतलाई सरल, सहज र लयदार बनाइदिएको छ । 

गीतमा सङ्गीतलाई दुई प्रकारले बुझ्ने गरिन्छ, एउटा बाह्य र अर्को आन्तरिक । बाह्य सङ्गीतको सम्बन्ध वाद्यवादनसँग हुन्छ भने आन्तरिक सङ्गीत गीतभित्रै अन्तर्भूत भएको हुन्छ तर हिजोआज वाद्यवादनका माध्यमबाट निकालिने धुनलाई नै सङ्गीत भन्ने गरिएको छ । भैलो गीतमा यस्तो सङ्गीत अनिवार्य नभएर ऐच्छिक रूपमा रहेको हुन्छ । खास गरी भैलो गाउँदा लोकबाजा मादलको अत्यधिक उपयोग हुन्छ । ठाउँ हेरी र गायन समूहको रुचि हेरी यो फरक फरक बाजाका साथ पनि गाउन सकिन्छ ।

प्रस्तुत भैलो गीतमा पनि छन्द र लयद्वारा उत्पन्न हुने आन्तरिक सङ्गीत पाइन्छ । स्त्री गीत भएको हुनाले यसमा नरम वर्णहरूको प्रयोग र विलम्बित लयमा गाइन्छ । भैलोगीतमा गायनसँगै ऐच्छिक रूपमा नर्तन पनि आएको हुन्छ । यसरी भैलोगीत नेपालीको सांस्कृतिक पर्वको रौनक बनेर आएको छ ।  मधुपर्क