• २५ पुस २०८१, बिहिबार

नेपाल बैंकलाई व्यवस्थित गर्न गभर्नर अधिकारीको निर्देशन

blog

नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी। तस्बिरः कविन अधिकारी

काठमाडौँ, कात्तिक ३० गते। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकलाई व्यवस्थित गर्न बैंक व्यवस्थापनलाई निर्देशन दिनुभएको छ।

शुक्रबार नेपाल बैंक लिमिटेडको ८८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै गभर्नर अधिकारीले बैंकको बोर्ड र प्रमुख कार्यकारी अधिकृतलाई यस्तो निर्देशन दिनुभएको हो। उहाँले कार्यक्रममा कर्मचारी ट्रेड युनियनका प्रतिनिधिले उठाएका विषय गम्भीर रहेको भन्दै गभर्नर अधिकारीले यस्तो निर्देशन दिनुभयो। 

नेपाल बैंक राज्यको ठूलो लगानीको साथै विदेशी ऋणमार्फत रिकर्भर गरिएको स्मरण गर्दै आगामी दिनमा फेरि ‘मिस म्यानेजमेण्ट भएको विषय सुन्नुनपर्ने गरी काम नगर्न आग्रह गर्नुभयो। उहाँले नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभरपछि बनेका बैंकिङ नीति र गाइडलाइन कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आएपछि नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको बताउनुभयो। 


उहाँले विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढिसकेको भन्दै अब फेरि बैंकलाई त्यो बाटोमा जान रोक्न नेपाल राष्ट्र बैंकले नियमन गर्नुपर्ने स्थिति नल्याउन आग्रह गर्नुभयो।

उहाँले भन्नुभयो, ‘‘नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेका छौँ। उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन छ। जसले प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपर भिजन गर्न सुरु गरेका छौँ। बैंकले ग्राहकलाई नचाहिँदो किसिमको दुःख हुने किसिमको टर्चर भइरहेको सुनिन्छ। बैंक तथा वित्तीय संस्थाका कार्यालयलाई  मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक छ।’’

उहाँले थप भन्नुभयो, ‘‘नेपाल बैंकलाई राज्य ठूलो मेहनत गरेर रिकभर गरेको थियो। विदेशी ऋण समेत लिएर रिकर्भर गराएको हो। त्यसपछि जस्ता किसिमका बैंकिङ नीति र गाइडलाइन बने त्यसलाई कार्यान्वयन गर्न नयाँ जनशक्ति बैंकभित्र आयो। नेपाल बैंक र वाणिज्य बैंकलाई नयाँ रुप दिएको हो। विगतका गलत व्यवस्थापन हटेर नयाँ किसिमले बैंक अगाडि बढी सकेको हो। अब फेरि बैंक मिस म्यानेजमेण्ट हुँदैछ। भन्ने कुरा हामीले सुन्न नपरोस्। बैंकको बोर्ड र बैंकको प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक अनुरोध हो। भोलिको दिनमा यो कुरालाई नेपाल राष्ट्र बैंकले नियमन गर्न नपरोस्। यस्ता कुराले कर्मचारीको मनोबललाई असरपार्छ।’’


उहाँले नेपाल राष्ट्र बैंकले ग्राहक व्यवस्थापनको लागि छुट्टै मेकानिजम बनाइरहेको बताउनुभयो। उहाँले उपभोक्ता संरक्षण सम्बन्धि छुट्टै डिभिजन बनाए प्रोडिन्सियल सुपरभिजनका साथै मार्केट कन्डक्ट सुपरभिजन गर्न सुरु गरेको बताउनुभयो। उहाँले बैंकले ग्राहकलाई नचाहिँदो किसिमको दुःख नदिन निर्देश दिँदै बैंक तथा वित्तीय संस्थाका कार्यालयलाई मार्केट कन्डक्ट सुपर भिजनको सचेतना आवश्यक रहेको बताउनुभयो।

वित्तीय साधन उपलब्ध गराउने 

बैंकका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीले आगामी दिनमा सेवा प्रवाहलाई अझ बढी प्रतिस्पर्धी, प्रविधिमैत्री, सुरक्षित र विश्वसनीय बनाउँदै बैंकको संस्थागत सुशासन, जोखिम व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले सरकार र निजी क्षेत्रको सहकार्यमा स्थापित भई सहकारिता र साझेदारिताको अनुपम उदाहरण बनेको बताउनुभयो । उहाँले नेपाल बैंकले राष्ट्रिय अर्थतन्त्रका सम्पूर्ण पक्षलाई मुलुकको विकास र समृद्धितर्फ दिशानिर्देश गर्न आवश्यक वित्तीय साधन उपलब्ध गराउने र नेपाली मुद्रा चलनचल्तीमा ल्याउने आधार तयार पार्न भूमिका खेलेको उल्लेख गर्नुभयो । 

त्यस अवसरमा बैंकमा २५ वर्ष र २० वर्ष सेवा गरेका कर्मचारीलाई दीर्घसेवा पदक दिनाका साथै उत्कृष्ट १० शाखालाई सम्मान गरिएको थियो ।

नेपाल बैंक लिमिटेड, नेपालकै पहिलो वाणिज्य बैंकका रूपमा विसं १९९४ कात्तिक ३० गते स्थापना भई मुलुकमा संस्थागत बैंकिङ सुुरुआत गर्ने अग्रणी संस्था हो । सार्वजनिक निजी साझेदारी ९पिपिपी० मोडलमा रु आठ लाख ४२ हजार चुक्ता पुँजीबाट सुरु भएको बैंकको चुक्ता पुँजी अहिले रु १४ दशमलव ६९ अर्ब छ । बैंकको जगेडा कोषमा रु २२ दशमलव ६९ अर्ब रहेको छभने रु ३७ अर्ब बढी नेटवर्थ रहेको त्यस अवसरमा जानकारी दिइयो । 


हाल बैंकले दुई सय २९ शाखासँगै दुई सय पाँच वटा एटिएम, ६० वटा एक्सटेन्सन काउन्टरमार्फत देशैभर आफ्नो उपस्थिति जनाएको छ । विसं २०८० असार मसान्तसम्म दुई सय ८३ अर्ब निक्षेप सङ्कलन गरी एक खर्ब ९७ अर्ब कर्जा प्रदान गर्न बैंक सफल भएको छ । तीन हजारभन्दा बढी कर्मचारी रहेको बैंकको २५ लाख हाराहारी ग्राहक रहेको जनाइएको छ ।