यार्सा सङ्कलन गर्न गएका चारजनाको मृत्यु
बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ ।
सुनसरीबाट एक करोड एक लाखसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले सुनसरीबाट एक करोड एक लाख रुपियाँ बरामद गरेको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले शनिबार राती हुन्डिको आशंकामा एक करोड एक लाख नगदसहित एक जनालाई पक्राउ गरेको जानकारी दिनुभयो ।
नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दाबी
नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिक बदली हुने
देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको उत्तरप्रदेशदेखि पश्चिम बङ्गालसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।
भन्सार दरका कारण बढ्यो सुनको मूल्य
पछिल्लो एक साताको अवधिमा बजारमा सुनको मूल्य प्रतितोलामा पाँच हजार तीन सय रुपियाँले बढेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्दै आएको भन्सारदरमा वृद्धि गरेका कारण सुनको मूल्य बढ्न गएको हो । गत मङ्गलबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा प्रस्तुत गर्नुभएको बजेटमार्फत भन्सारदरलाई १५ प्रतिशतबाट वृद्धि गरी २० प्रतिशत पु¥याएको छ । त्यसको असरले सुनको मूल्य यो साताभर निरन्तर बढ्दै गएको हो ।
सुखद नतिजा निकाल्न आतुर नेपाल
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ । आइसिसी टी–२० विश्वकपको पूर्वसन्ध्यामा रोहितले भन्नुभयो, “विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनुभएको छ । हामी सुखद नतिजा निकाल्न आतुर छौँ । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ का रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो ।
स्पष्टीकरण पेस गर्नसमेत ढिला
कानुनले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन नबुझाउने राजनीतिक दलहरूले निर्वाचन आयोगले दिएको निर्देशनबमोजिम स्पष्टीकरण पेस गर्नसमेत ढिला गरेका छन् । गत वैशाख ९ गते आयोगले एक साताभित्र स्पष्टीकरण पेस गर्न दललाई निर्देशन दिएको थियो तर करिब एक महिना बित्न लाग्दा आयोगको निर्देशनको पालना भएको छैन ।
परामर्श गरेर ल्याएको भए राम्रो बजेट आउँथ्यो : अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले आर्थिक वर्ष २०८१–८२ को बजेटबारेमा पर्याप्त परामर्श हुन नपाउँदा धेरै महत्त्वपूर्ण विषय छुटेको बताउनुभएको छ ।
भारतमा आज लोकसभा निर्वाचनको अन्तिम चरणको मतदान
भारतमा आज (शनिबार) लोकसभा निर्वाचनका लागि सातौँ तथा अन्तिम चरणको मतदान हुँदैछ । यस निर्वाचनका लागि सात राज्य र एक केन्द्र शासित प्रदेशका ५७ सिटमा मतदान हुँदैछ ।
सञ्चारसम्बन्धी कानुनलाई समावेशी बनाइनेछ : मन्त्री शर्मा
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्वन्धि कानुनलाई समावेशी बनाइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको पाचौँ स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित ‘आमसञ्चार माध्यम र समावेशीकरण’ विषयक कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुल्यो
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थितको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनको ड्याम माथितिर गएको सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी खुलेको छ ।
मनसुन नेपाल आउन अझै १० दिन लाग्ने
यस वर्षको मनसुन भारतको केरला आइपुगेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष नेपाल भित्रने मनसुन भारतको केरला आइपुगेको हो ।
बाच्छी गाइले नब्याउँदै दियो दैनिक अढाई लिटर दुध
मोरङको पथरीशनिश्चरे –९ रिगुवाकी इन्दिरा गौतमले पाल्नु भएको बाच्छी नब्याएको कोरली गाईले दैनिक अढाई लिटर दुध दिन थालेको छ । गाईले २०८० साल भदौ १० गतेदेखि दैनिक दुध दिन थालको उहाँको भनाइ छ ।
मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने
मदन भण्डारी राजमार्ग दैनिक १२ घण्टा बन्द हुने भएको छ । मदन भण्डारी राजमार्गको रिडी–तम्घास सडक खण्डमा २५ किलोमिटर सडक स्तरोन्नति कार्य गर्नका लागि जेठ १८ गतेदेखि असार १६ गतेसम्म दैनिक १२ घण्टा बन्द हुने भएको हो ।
सुनको मूल्य तोलामा १७ सयले बढ्यो
स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
सहकारी रकम हिनामिनाको आरोपमा ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै
छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने भएको छ ।
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त
जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’
सुर्खेतको गुर्भाकोट नगरपालिका –१४, गुमीमा रहेको कर्णाली ड्रागन फ्रुट फर्ममा ढकमक्क फूलेको ‘ड्रागन फ्रुट’ । ड्रागन फ्रुट फर्मका हिराबहादुर मगरले व्यावसायिक रुपमा करिब एक विगाहामा ड्रागन खेती गर्दै आउनुभएको छ ।
ढोरपाटन उपत्यका
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका । नेपालको एक मात्र सिकार आरक्षको कार्यालय रहेको ढोरपाटनमा पछिल्लो समय पर्यटक बढ्न थालेका छन् ।
तात्यो नेपालगन्ज, वर्षकै सबैभन्दा बढी ४४.२ डिग्री मापन
अत्यधिक गर्मी हुने ठाउँ नेपालगन्जको अधिकतम तापक्रम ह्वात्तै बढेको छ । बिहीबार नेपालगन्जको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । यो विगत केही वर्ष यताकै उच्च तापक्रम हो ।
जस्ताले लागेर एक सय सात वर्षीय वृद्धको मृत्यु
हुरीबताससहितको बिहीबारको वर्षाले एक सय सात वर्षीय वृद्धको ज्यान गएको छ । विन्ध्यवासिनी गाउँपालिका–२ का गुबेरी साहको हुरीले ल्याएको छिमेकीको घरको जस्ताले लागेको ज्यान गएको हो ।
आरोही बस्ताकोटीको निधनले स्तब्ध
घरबाट छोटै यात्रामा जान पनि साइत निकाल्ने, आफन्तले बिदाइ गर्ने चलन छ । गएको चैत ९ गते विनोदबाबु बस्ताकोटीले सगरमाथा चुलीमा पाइला टेक्नुअघिसम्म परिवारले उहाँको यात्राबारे थाहै पाएको थिएन । शिखर पुगेको फोटो अस्ट्रेलियामा रहेकी बहिनीलाई बस्ताकोटीले पठाएपछि मात्र परिवारमा उहाँको सफल आरोहणको जानकारी भयो । उहाँकी नातेदार गीता तिवारीले अस्ट्रेलियाबाट पोखरा महानगरपालिका–२६, खरानेफाँट बस्ने परिवारलाई खबर भएपछि मात्र आरोहणबारे आफन्तले खबर थाहा पाएको सुनाउनुभयो । लगत्तै केही फोटो र भिडियोसमेत बस्ताकोटीले फेसबुकमा पोस्ट गर्नुभएको थियो । जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखेको विनोदबाबुको सफलताले खुसी भएका परिवारजनको उत्साह लामो समय रहन पाएन । बेला बेलामा सगरमाथा चढ्छु भनी परिवारमा भन्ने गरेको तर परिवारले जान नदिने भएकाले कसैलाई नभनी गएको हुन सक्ने तिवारी बताउनुहुन्छ ।
हावाहुरीले तनहुँको तीन सय घरको छाना उडायो, लाखौँको क्षति
तनहुँमा बिहीबार दिउँसो र साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।