बाढीपहिरो न्यूनीकरणका उपाय
यस वर्षको जेठ २८ गतेदेखि बाढीपहिरोको कारण नेपालभरि ८० जनाको मृत्यु, १०५ जना घाइते, पाँच जना बेपत्ता १० करोड रुपियाँ बराबरको क्षति भएको समाचार रेडियो नेपालले २७ असारमै जनाएको थियो । बाढीपहिरोले पुलपुलेसा बगाउँदा, स्कुल भवन भत्किँदा, सडक अवरुद्ध हुँदा हजारौँ जनताले कष्टकर जीवन पनि बेहोर्नु प¥यो । असार २८ गते बिहान काठमाडौँबाट गौर गइरहेको बस र वीरगन्जबाट काठमाडौँ गइररहेको बस चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालमा लेदोसहितको पहिरोले बगाएर त्रिशूली नदीमा बेपत्ता भयो । दुई वटा बसमा ६५ जना रहेका थिए । अहिले पनि धेरैको अवस्था अज्ञात छ । वास्तवमा बाढीपहिरोको मूलस्रोत के हो ? यस प्रकोपबाट बच्ने कुनै उपाय छैन ?भूकम्प, आँधीबेरी झैँ बाढीपहिरो पनि प्राकृतिक घटना हुन् । भूकम्पबाट बच्न भवनहरू बनाउँदा मापदण्ड तोकिएका छन् । चट्याङबाट बच्न अर्थिङ गरिन्छ । त्यसरी नै बाढीपहिरोलाई पनि रोक्न त सकिँदैन तर यसबाट हुने क्षति न्यूनीकरण गर्न केही उपाय पक्कै लगाउन सकिन्छ । विशेष गरी जताततै बनेका सडकले बाढीपहिरो बढाउन मद्दत गरेका छन् । नेपालबाट बगेको माटो भारतको गङ्गा नदीमा मिसिएर बङ्गालको खाडी पुग्ने गर्छ, जुन माटोले त्यहाँ टापु नै बनेको छ । ३५ वर्षअघिको तथ्याङ्क अनुसार यसरी बग्ने माटो वार्षिक १० करोड घनमिटर हुन्थ्यो । आज कति माटो नेपालबाट बग्छ, त्यसको कुनै लेखाजोखा छैन । सडक सञ्जालको विकास, वर्षा लागेपछि हुने विकास निर्माणको तीव्रता, मेसिनको बढ्दो प्रयोग, वनजङ्गलको विनाश, मङ्सिरदेखि जेठसम्म डढेलो जस्ता कारणले ३५ वर्षअघिको तुलनामा आज कम्तीमा चार गुणा माटो नेपालबाट बगिरहेको आकलन गर्न सकिन्छ । प्रकृतिमा दुई इन्च माटो बन्न दुई सय वर्ष लाग्छ तर नेपालबाट वार्षिक करोडौँ घन मिटर उर्वर माटो सजिलै बगिरहेछ । यसको दोष कसले लिने ? पहाडी र हिमाली भेगका भिरालो जमिनमा खनजोत गर्ने, अन्न बालीको ठाउँमा फलफूल र जडीबुटी लगाउने, खोलानदीको किनारमा ५० मिटरदेखि ५०० मिटरसम्म व्यापक वृक्षरोपण गर्नु पर्छ । मानव बस्तीको विकास र वृद्धि गर्ने, वसन्त ऋतुमा हुने डढेलो पूर्ण रूपले नियन्त्रण गर्ने, सडकका नाली चैत महिनासम्ममा बनाई सक्ने वा सफा गरी सक्ने, अत्यावश्यक सडक मात्र निर्माण गर्ने गर्नु पर्छ । यी सबै कुराका लागि पर्यावरणविद्को पनि सुझाव लिनु पर्छ । जमिनलाई प्राकृतिक रूपले बलियो बनाउने काम बोटविरुवाले गर्छ । बोटबिरुवाको जराले भू सतहको ढुङ्गामाटोलाई बेरेर मजबुत तुल्याएको हुन्छ । वर्षा हुँदा बोटबिरुवाले आवश्यक पानी लिएर अनावश्यक पानीलाई सतहमा बगाउँछ तर वनजङ्गलमा डढेलो लाग्यो भने वनस्पति सबै खरानी बन्छन् । साथै जीवजन्तु, पशुपक्षी, किटपतङ्ग असीमित रूपले विनाश हुन्छन् । वसन्त ऋतुमा हुने डडेलोको दुष्परिणाम ग्रिष्म ऋतुमा देखिन्छ । डढेलो लागेको जमिनमा वर्षामा परेको पानी जमिनको भित्रसम्म जान्छ र त्यसले ढुङ्गा माटोको सन्तुलन ध्वस्त पार्दै पहिरो जान्छ । यो कुरा मूलतः भिरालो भू–भाग र खोला नदी किनारको जमिनमा हुन्छ । कहिलेकाहीँ जङ्गलमा पनि पहिरो जान्छ । त्यसको मूल कारण अन्धाधुन्दा जङ्गल फडानी र वनजङ्गलमा मानिसले तरुल, गिठा, भ्याकुर खनेर ठुल्ठसला खाडल बनाउँदा वर्षाको पानी पसेर भएको हो । त्यसैले यस्ता खाडल पुर्नु पर्छ । वनजङ्गलको संरक्षण गर्ने र डढेलो निभाउने मूल जिम्मेवारी स्थानिय जनताको हो । वनजङ्गल उपभोग गर्ने पनि त्यहीँका जनता हुन् । वनजङ्गल रसाएर निस्किएको पानी प्रयोग गर्ने पनि त्यहीँका जनता हुन् । वनजङ्गलले उत्पादन गर्ने अक्सिजन उपभोग गर्ने पहिलो समुदाय पनि त्यहीँका जनता हुन् । फलफूल, जडीबुटी, कन्दमूल प्राप्त गर्ने जनता पनि उनै हुन् । तसर्थ वनजङ्गलमा लाग्ने डढेलो निभाउने पहिलो दायित्व पनि स्थानीय जनताका हो । मध्यरातमा डढेलो लागे पनि त्यसलाई निभाउन जनता सव्रिmय, सङ्गठित र सचेत बनी व्रिmयाशील बन्न पर्छ । जुन मान्छेमा यो चेतना र सव्रिmयता हुँदैन, तिनलाई त्यो गाउँमा बसी प्राकृतिक वस्तुको उपयोग गर्ने नैतिक अधिकार हुँदैन ।यसबारे सामुदायिक वन समिति र स्थानीय सरकारले विशेष जनचेतनामूलक कार्यव्रmम र नीतिनियम बनाउन आवश्यक छ । जमिनको संरक्षण कसरी गर्ने ? डढेलो लाग्न नदिन के–के गर्ने ? वन्य जीवजन्तु, पशुपक्षीको संरक्षण किन आवश्यक छ ? कुनै पनि खोला, नदी र सडक बस्तीबाट वर्षामा एक इन्च माटो पनि बग्न नदीन के–के गर्ने ? भन्ने सम्बन्धमा ठोस नीति बनाई कार्यान्वयनमा जानु पर्छ ।यसै गरी, पानीको महìव मानव समाज र सभ्यतासँग अवर्णनीय छ । चामल, दाल, तरकारी पाक्न भान्सामा पानीबिना सम्भव छैन । खाद्यान्न पाक्न मात्र होइन, ती सबै अन्न, तरकारी, फलफूल, माछा, मासु, दुध, दही, तेल, उत्पादन हुन पनि पानीको भूमिका विशिष्ट हुन्छ । यति महìवपूर्ण पानी हिउँदमा सुक्खा खडेरीले हाहाकार हुन्छ । अनि वर्षामा चाहिँ धेरै पर्नाले बाढी पहिरो, डुबानबाट सयौँको मृत्यु, घाइते, भौतिक संरचना ध्वस्त भई जनताले पनि अकल्पनीय दुःखकष्ट बेहोर्नु पर्छ । पानीलाई कहिल्यै पनि लापर्बाही गर्नु हुँदैन । पानी अमृत हो, जसको आधारमा मानव समाज र सभ्यता जीवित छ तर पानीलाई हेलचेक्र्याइँ गरे काल पनि बन्न सक्छ । पानीबारे विभिन्न देशबाट शिक्षा लिन सक्छौँ । जस्तै ः चिनियाँले पानी नियन्त्रणमा अपनाएको नीति र प्रविधि अनुकरणीय छ । चीनका डाडाँकाँडाहरूमा स–साना पर्खाल बनाइएको छ । तलका भू–भाग र फाँटमा ठुला–ठुला ताल हुन्छन् । वर्षामा आकाशबाट वर्षिने सबै पानी ती पोखरीमा भरिन्छन् । यही पानीले खेतीपाती, पशुपालन, मत्स्यपालन, फलफूलका साथै जलविद्युत् पनि उत्पादन गर्छन् । पानीको अभावले उनीहरू कहिल्यै छटपटाउनु परेको छैन । नेपालमा त सुक्खायाममा हरेक कामका लागि पानीको अभाव हुन्छ । अनि वर्षमा बाढीपहिरो जान्छ । यो अवस्था हटाउन प्रकृति, भूमि, पानी, हिमाल, खोला, नदी, ताल, वन्यजन्तु र पक्षीसम्बन्धी ज्ञान भएको व्यक्तिले नीति र योजना बनाउनु पर्छ । अनि मात्र पानीको समुचित प्रयोग र बाढीपहिरो जस्ता समस्याको न्यूनीकरण गर्न सकिन्छ ।
कृषि क्रान्तिबारे बहस
हचुवाको भरमा होइन, वैज्ञानिक रूपमा समाजको विशेषता अनुसार किसानको वर्ग विश्लेषण गर्ने परिपाटी बसाल्यो भने आफ्नो विशिष्टतासहित पद्धतिको विकास गर्न सकिन्छ । कृषि र किसानसँग जोडिएका थुप्रै समस्याको समाधान पनि सँगसँगै खोज्न सकिन्छ ।‘क्रान्तिकारी व्यवहारसँग गाँसिएन भने सिद्धान्त उद्देश्यविहीन हुन्छ र त्यसरी क्रान्तिकारी सिद्धान्तले बाटो देखाएन भने व्यवहार अँध्यारोमा छामछुम गर्न थाल्छ’ – जोसेफ स्टालिन जोसेफ स्टालिनको यो भनाइ नेपालको कृषि क्षेत्रमा देखिएको समस्यासँग पूरै मेल खान्छ । हामीले कृषिको बारेमा धेरै सैद्धान्तिक कुरा गरेका छौँ, नीति तथा कार्यव्रmम र योजना बनाएका छौँ तर व्यवहारमा त्यसलाई कार्यान्वयन नगर्दा हामी अँध्यारोमा छामछुम गरिरहेका छौँ । नेपालका किसानको समस्या भनेको सिद्धान्त र व्यवहारमा देखा परेको द्वन्द्वात्मक सम्बन्धको गाँठो गुजुल्टिनु हो । कृषिको सैद्धान्तिक पक्ष गौण बनाएर परम्परावादी र अनुभववादी पद्धति अँगालेपछि त्यो क्षेत्र कमजोर बन्दै गएको छ । वैज्ञानिक सिद्धान्तको कडी जोडेर सामान्यकरण गर्ने र कृषि क्षेत्रमा देखिएका समस्याको स्थायी समाधानबारे ठोस निष्कर्ष ननिकाल्ने रोगबाट यो अवस्था उत्पन्न भएको हो । किसानका अनगिन्ती समस्या छन्, ती समस्याबारे नेपालका वामपन्थी, बुद्धिजीवी, कृषि विज्ञहरूबिच बहस चल्नु पर्छ । बहस ठिक निष्कर्षमा पुगेपछि कृषि र कृषकका समस्या हल हुने छन् । अहिले पनि ६५ प्रतिशत जनताले कृषि पेसा अँगालेका छन् । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान २७ प्रतिशत मात्र देखिन्छ । त्यो पनि पछिल्ला केही वर्षदेखि सञ्चालनमा आएका कृषि फर्म, तरकारी खेती, पशुपालन र किसानको योगदानको प्रतिफल हो । परम्परागत कृषिलाई छुट्याएर हेर्ने हो भने २० प्रतिशतको हाराहारीमा छ । अहिले कृषि अर्थात् खाद्यान्न वस्तुसँग उपभोगका लागि ८३ प्रतिशत आयात हुन थालेको छ भने देशको आफ्नै उत्पादनले १७ प्रतिशत उपभोक्तालाई मात्र धान्न सक्ने अवस्था छ । यसको समस्या कहाँनेर छ त्यसको अध्ययन अनुसन्धान गरी बहसका विषय बनाएर समाधान गरिनु पर्छ । नेपाली माक्र्सवादी, बुद्धिजीवी, कृषिविज्ञबिच अन्य देशमा बहसमा आएका विषय कृषिको विकासमा चालक शक्तिको प्रश्न, कृषिमा सामाजिकीकरणको प्रश्न, किसानको स्वामित्व र चारित्रीकरणको प्रश्न र किसानको वर्ग निर्धारणको प्रश्नको हल खोज्नु आवश्यक छ । कृषिको विकासमा चालक शक्तिको प्रश्नचल्दै आएको प्रणालीलाई निषेध गरेर उच्च प्रकारको प्रणालीको व्यवस्थापन÷ विकास गर्नु नै चालक शक्ति वा तकनीकि विकासको वाहक भन्ने गरिन्छ । नेपालका लागि यो गम्भीर विषय हो, पुरानो भत्काउन पनि नसक्ने नयाँको विकास पनि तीव्र गतिमा हुन सकेन । कृषि क्षेत्रको विकास अथवा पुँजीवादीकरणबारे लेनिनको भनाइ– चालक शक्ति कृषि क्षेत्रबाट वा आफैँभित्रबाट आउँछ वा सहरी उद्योगबाट आउँछ यो विवादको विषय छ । प्राक–पुँजीवादी कृषि प्रणाली सानो भूस्वामी किसान र हस्तकारी उत्पादनको घनिष्ट सम्बन्धले नै प्राकृतिक अर्थतन्त्रको निर्माण भएको हुन्छ । त्यसैले काउत्स्की र लेनिनले प्राक–पुँजीवादी कृषिको रूपान्तरणका निम्ति सहरिया उद्योगको भूमिका हुन्छ भन्ने पुष्टि गरेका छन् । सहरिया उद्योग नै थिए, जसले गाउँले उद्योग र कृषिको एकतालाई नष्ट गरिदियो, जसले भूस्वामी किसानलाई अपरिचित बजारसँग बाँधिएको वस्तु उत्पादनको रूपमा सच्चा कृषकमा परिणत ग¥यो । नेपालको सन्दर्भमा पनि सन् १९२३ को भारतसँग उद्योग तथा वाणिज्य सन्धिसँगै गाउँका घरेलु उद्योग विस्थापित भएर विदेशी पुँजीको ओइरो लागेपछि कृषि क्षेत्रसँग जोडिएका उद्योग धरासायी भएका थिए । अन्तर्राष्ट्रिय पुँजीको हित अनुकूल अल्पविकसित देशमा कृषि क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय पहलमा भूमि सुधार, हितव्रmान्ति, साना किसान विकास कार्यव्रmम आएकै छन् । स्थानीय औद्योगिक पुँजीको विकास हुन नसकेको कुनै पनि अर्थतन्त्रमा कृषि क्षेत्रको मात्र विकास भएको उदाहरण कहीँ, कतै पाइँदैन । त्यसैले लेनिनले भनेको कृषि र उद्योगको द्वन्द्वात्मक अन्तरसम्बन्ध अहिले पनि सत्य हो र त्यही आधारमा अगाडि बढ्न आवश्यक छ । साम्राज्यवाद र नवउपनिवेशवादको वर्तमान युगमा तेस्रो विश्वका देशमा सम्पूर्ण अर्थतन्त्र नै अन्तर्राष्ट्रिय पुँजीको चपेटामा परेका छन् । जसले स्वदेशी औद्योगिक पुँजीको विकास हुन दिइरहेको छैन । फलस्वरूप कृषि क्षेत्रलाई आवश्यक त्यो बाह्य चालकशक्तिबाट वञ्चित गरिरहेको छ । हामीले यसको निकास कसरी खोज्ने भन्नेबारे गम्भीर बन्न जरुरी छ । अन्य विकसित देशमा सम्पूर्ण प्राक–पुँजीवादी कृषि क्षेत्र अन्तर्राष्ट्रिय र स्थानीय व्यापारिक तथा वित्तीय पुँजीको चपेटामा परेका छन् । नेपाल पनि त्यसबाट अछुतो छैन भनेर बुझ्नु पर्छ । कृषिमा सामाजिकीकरणनेपालको भौगोलिक संरचना र जमिनको वितरणको परम्परागत प्रणाली हेर्दा कृषिमा सामाजिकीकरणको सम्भावना र समस्याबारे राम्ररी अध्ययन÷अनुसन्धान हुनु जरुरी छ । कृषिलाई समाजवादउन्मुख बनाउने कुरा र सामूहिकतामा ल्याउने कुरा त्यति सजिलो छैन । यसलाई रूपान्तरण गर्ने प्रश्न छ, त्यो पनि जटिल छ । यो कुरा साँचो हो कि दुई करोड नेपाली कुनै न कुनै कारणले कृषिमा जोडिएका छन् । त्यसलाई वैयक्तिक प्रणालीबाट सामूहिक प्रणालीमा लैजानु र त्यसपछि कृषिको प्राविधिक रूपान्तरण गर्ने प्रव्रिmयामा निश्चय पनि कठिनाइ छन् । ती कठिनाइमाथि विजय प्राप्त गर्ने, समुदायको नेतृत्व गर्न सक्ने क्षमता राख्ने हो भने सामाजिकीकरण गर्न सकिन्छ । समाज विकासको व्रmममा उत्पादन प्रणाली जति विकसित हुँदै जान्छ, त्यति नै उत्पादनमा सामाजिकीकरण बढ्दै जान्छ । प्राकपुँजीवाद समाज र पुँजीवादी उत्पादन प्रणाली भएको देशमा साना किसानको उपस्थिति नकार्न सकिँदैन । किनकि बाहिरी रूपमा मात्र हेरेर कतिपय कृषिमा सामाजिकीकरणको प्रव्रिmया नकार्न तथा साना किसान विकास कार्यव्रmममार्फत साना जोतवाला किसानलाई पुज्ने धृष्टता गरेको पाइन्छ । ठुला किसानको आडमा साना किसानहरूको उपस्थिति पनि खोज्नु र सामाजिकीकरणबाट अगाडि बढ्नु नै उपयुक्त हुन्छ । किनकि ठुलो पैमानाको उत्पादनमा उत्पादकत्व पनि बढी हुन्छ भन्ने आमनियम कृषिको क्षेत्रमा लागु हुन्छ कि हुँदैन भन्ने विषयमा अर्थशास्त्रीबिच विवाद रहँदै आएको छ । खास गरी नेपाल जस्तो पहाडी भूभागको कारण जमिनको प्रकृति बिखण्डन र साना जोतवाला किसानको बाहुल्य भएको ठाउँमा कृषि क्षेत्रमा बढ्दो सामाजिकीकरणको नियम लागु हुन्न । साना जोतवाला किसानको नै उत्पादकत्व बढी हुन्छ भन्ने चिन्ता प्रबल भएको पाइन्छ (भट्टराई, १९८६) । कृषिमा पुँजीवादी विकास र सामाजिकीकरणका केही आफ्नै सीमा छन् । पुँजीवाद कृषि विकासको सारतìव नै उत्पादनका साधनको निर्बाध चलायमानता हो, ताकि उत्पादनशीलताको सर्वोच्च स्तरमा तिनीहरूमा एकाकार हुन सकोस् । प्रत्येक उत्पादन एकाइले निरन्तर विस्तार गरेर सफलतापूर्वक प्रतिस्पर्धा गर्न सकोस् र प्रत्येक उत्पादन एकाइले निरन्तर विस्तार गरेर सफलतापूर्वक प्रतिस्पर्धा गर्न सकोस् । यस्तो विकासका दुई वटा प्रव्रिmया हुन्छन्, प्रथम सञ्चय वा सकेन्द्रण, दोस्रो केन्द्रीकरण अर्थात् अतिरिक्त उत्पादन एकाइको ठुलो एकाइमा विलय । यसको अर्थ कृषि उत्पादनमा जमिन थप्नु पर्छ, जमिन नथापि यसको आकार बढाउन सकिँदैन । नेपालको विशिष्ट भौगोलिक विविधता यसको सामाजिक परिवेशको अध्ययन अनुसन्धान गरी बहसमा ल्याउनु पर्छ । तब मात्र सामाजिकीकरणका सम्भावनाबारे ध्यान दिएर लागु गर्न सकिन्छ । किसान स्वामित्व र चारित्रिकीकरणयो किसानका लागि महìवपूर्ण प्रश्न हो । कुनै पनि समाजमा विकासको चरणमा सामाजिक उत्पादनको प्रणालीको चरित्रलाई बुझ्नु आवश्यक छ । नेपालका किसानको समस्याको निदान पहिल्याउन उनीहरूको स्वामित्व, उत्पादनका साधनको स्वामित्व, आफैँ परिवारले श्रम गरेर उत्पादन गर्ने र पारिवारिक उपभोग गर्ने समाजको बाहुल्य भएको हुँदा यिनीहरूको चारित्रीकरण गर्ने प्रश्न गम्भीर बनेर आउँछ । नेपालमा खासै चर्चा नभए पनि यो महŒवपूर्ण पाटो हो । हामीकहाँ किसानको स्वामित्वलाई छुट्टै वा स्वतन्त्र उत्पादन प्रणालीमा हेर्ने चलन छ । भारतका प्रख्यात अर्थशास्त्री उत्सव पटनायकले मात्र यसको खण्डन गरेको पाइन्छ– उनको भनाइमा किसान अर्थतन्त्र कुनै पनि हालतमा उत्पादन सम्बन्धको बनोट होइन, श्रम र पारिवारिक जोतको रूपमा रहेको बेग्लाबेग्लै वा एकात्मक एकाइको सामान्य जमघट मात्र हो, जुन कहिल्यै अस्तित्वमा रहेको पाइँदैन । बरु अस्तित्वमा रहेको सामन्तवादको आधारशिलाको रूपमा लघु उत्पादन र सामन्ती अर्थतन्त्रको विघटनपछि पुँजीवादी तर्फ सङ्व्रmमणको बेलाको लघु उत्पादन मात्र हो, त्यो अवस्था नेपालमा छ । व्यावहारिक रूपमा हेर्ने हो भने आफ्नै घरको उपभोगका लागि उत्पादन गर्ने, अतिरिक्त श्रमको केही अंश लगाना, कर, ब्याजको रूपमा तिर्ने किसानहरू उपस्थिति नेपालको हकमा बढी छ । प्रारम्भिक प्रकारको समाज व्यवस्थादेखि विकसित पुँजीवादी समाजसम्म देख्न सकिन्छ । त्यसैले किसान भनेर इतिहास र समाज व्यवस्था निरपेक्ष समरूप वर्गको ‘कल्पना’ गर्नु हास्यास्पद हुन्छ । बरु विद्यमान सामाजिक उत्पादन प्रणाली अथवा ‘कृषि प्रणाली’ को सापेक्षतामा चारित्रीकरण गर्नु बढी युुक्तिसङ्गत हुन्छ । किसानको चरित्र निर्माण गर्दा उत्पादनका साधनमा उसको स्वामित्व, मोहियानी अतिरिक्त श्रमशोषणको प्रकार (अथवा लगना, कर, ब्याज) आदिको आधारमा चारित्रीकरण गर्न सकिन्छ । किसानको वर्ग निर्धारणकिसान छुट्टै समरूप वर्ग होइन, समाज विकासको व्रmममा ऐतिहासिक चरणको सापेक्षतामा विभिन्न वर्गको गठजोड हो । यसमा धनी, मध्यम धनी, गरिब, जमिन नभएका भूमिहीन माक्र्सवादी भाषामा (सर्वहारा) पर्छन् । नेपालमा सरकारी स्तरको कृषि विकासको सुरुवात १९३७ मा कृषि विकास परिषद्को स्थापनाबाट भएको देखिन्छ । किसानको वर्ग स्वरूप छुट्याउन सामाजिक उत्पादन सम्बन्धमा उनीहरूको स्थान अनुसार बेग्ला बेग्लै पद्धतिको वर्र्गीकरण गर्नुपर्ने हुन्छ । किसानबिच वर्ग छुट्याउने आमस्तरमा विविध पद्धतिको विकास भएको भए पनि ठोसमा तिनीहरूको प्रयोग भने निकै कठिन हुन्छ । नेपाली समाजको पनि वर्ग विश्लेषण भएको छैन, यो बहसको विषय नै बनेको छैन । माओले १९३३ मा चीनका गाउँमा पाँच वर्ग (सामन्ती, धनी किसान, मध्यम किसान, गरिब किसान र सर्वहारा) मा आमकिसानको विश्लेषण गर्ने कोसिस गरेका थिए । यसैलाई नेपालको चलनचल्तीमा दोहो¥याउने काम भएको छ । जोतको आकारमा किसानको वर्ग विश्लेषण गर्ने गम्भीर प्रयास भएको छैन । भारतीय माक्र्सवादी मात्र नभए अर्थशास्त्रीबिच पनि किसानको वर्ग निर्धारणबारेको वादविवाद नेपालको हकमा पनि निकै उपयुक्त छ । किसानको वर्ग छुट्याउने सबभन्दा महìवपूर्ण आधार भनेको उत्पादनका साधनमा स्वामित्व, श्रमको शोषणको प्रकृति हुन्छ भने पुँजीवादी सम्बन्धमा प्राक–पुँजीवादी सम्बन्धमा छुट्याउने एउटै सबैभन्दा महìव आधार उत्पादन जीवनउपार्जनका लागि र श्रम ज्यालादारीको रूपमा हो । किसानको वर्ग छुट्याउने खोजी गर्दा दुई वटा पद्धति हाम्रो सन्दर्भमा पनि उपयोगी हुन सक्छन् । पहिलो (उत्सव पटनायक १९७६) द्वारा प्रयोग गरिएको श्रम उपयोगको अनुपात अथवा कृषि उत्पादन कार्यमा पारिवारिक श्रमको अनुपात र ज्यालादारी सम्बन्धको ठिकसँग निष्कर्ष निकाल्छ । दोस्रो सन् १९२० को दशकमा रुसी तथ्याङ्कशास्त्री नेम्चिनोभले प्रयोगमा ल्याएको पद्धति जसमा उत्पादनकर्ताबाट उत्पादनका साधनका अलावा उत्पादनका साधनमाथि नियन्त्रण यो अतिरिक्त मूल्यको अपहरणको प्रव्रिmयाको अध्ययनको पाटो हो । नेपालमा हचुवाको भरमा कतै जोताहाका आधारमा वर्ग छुट्याउने सर्वथा गैरमाक्र्सवादी पद्धति अगालेको पाइन्छ । अझ नेपालको सन्दर्भमा त तथ्याङ्ककै गुणस्तरमाथि विश्वास गर्ने समस्या छ भने त्यस्तो तथ्याङ्क र पद्धतिमा वर्ग विश्लेषण गरी छुट्याउनु उपलब्धिमूलक नहुन पनि सक्छ । हचुवाको भरमा होइन, वैज्ञानिक रूपमा समाजको विशेषतः किसानको वर्ग विश्लेषण गर्ने परिपाटी बसाल्यो भने आफ्नो विशिष्टतासहित पद्धतिको विकास गर्न सकिन्छ । माथि उठेका सैद्धान्तिक बहसका विषय हल गर्न सकियो भने कृषि र किसानसँग जोडिएका थुप्रै समस्याको समाधान खोज्न सकिन्छ । नेपालमा प्रत्यक्षतः यथास्थितिवादीको बाहुल्य छ । समाज परिवर्तनको व्यावहारिक व्रmममा लागेका माक्र्सवादी व्रmान्तिकारीबाट नेपाली समाजको र किसानको ठोस वर्ग विश्लेषण नगरी हचुवाको भरमा नीति तथा कार्यव्रmम तय गरेर समस्या समाधान हुँदैन । किसान अर्थात् कृषिसँग जोडिएका अनगिन्ती प्रश्नको समाधान पहिलो थालनी सैद्धान्तिक पक्षबाट गर्नु पर्छ । किसानका समस्याबारे अध्ययन अनुसन्धानको अथाह समुद्रमा एउटा ढुङ्गो मात्र फ्याँक्ने प्रयास हो, यसबाट हुने वादविवादबाट कृषि र किसानको नयाँ नेपाली समाज निर्माण गर्नमा मद्दत नै मिल्ने छ ।
सुनको बढ्दो सकस
दुई दिनअघि सामाजिक सञ्जालमा एउटा दृश्यले निकै चर्चा पाएको देखियो । दुलहा दुलहीले एकअर्कालाई कुशको औँठी पहि¥याएर स्वयंवर गरेको दृश्य हेर्नेहरूले आआफ्नै बुझाइ अनुसारका प्रतिव्रिmया जनाएका थिए ।
देश अप्ठेरोमा पर्दा काँग्रेस एमाले एक ठाउँमा : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देश र व्यवस्था अप्ठेरोमा पर्दा कांग्रेस–एमाले शक्ति एक ठाउँमा उभिएको बताउनुभएको छ । बिहीबार मन्त्रालयमा लमजुङका नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरुङले सो कुरा बताउनुभएको हो ।
हरिवंश र दयाहाङलाई एक ठाउँ ल्याउने ‘भूठान’
नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वर्ल्डस ह्याप्पिएस्ट म्यान’ नाम रहेको चलचित्र पोस्टप्रोडक्सनको काम अन्तिम चरणमा छ। चलचित्रको मुख्य भूमिकामा हरिवंश आचार्य र कलाकार दयाहाङ राई छन्। कलाकार पूजा चन्द, ऋचा घिमिरेले पनि अभिनय गरेका छन्।
दुई वर्ष ओली र बाँकी कार्यकाल देउवा प्रधानमन्त्री बन्ने सहमति छ : मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बाँकी कार्यकालमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताउनुभएको छ ।
शीतभण्डारमा करोडौँ लगानी खेर
पाँच वर्षअघि मधेश प्रदेश सरकारले शीतभण्डारको लागि अनुदानमा दिएको रकमको प्रतिफल आउने आशा मेटिँदै गएको छ । प्रदेश सरकारले शीतभण्डार निर्माणको लागि दिएको अनुदानको रकम सकिएको छ ।
प्राकृतिक जीवाणु मलको माग बढ्यो
बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गर्ने पक्राउ
भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका–३ ठेगाना भएका ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्र कुमार अधिकारी रहेका छन् ।
गुडिरहेको बसबाट निस्केको धुवाँको मुस्लो
भक्तपुरबाट काठमाडौँतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो ।
वर्तमान गठबन्धन सरकारको भविष्य सुरक्षित : नेता निधि
नेपाली कांग्रेसका केन्दीय सदस्य एवम् प्रतिनिधि सभाका सांसद विमलेन्द्र निधिले वर्तमान गठबन्धनको भविष्य सुरक्षित रहेको बताउनुभयो ।
तीन सयले घट्यो सुनको मूल्य
बुधबार प्रतितोला एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
विकासमा छिमेकी मोडेल
भुटानको विकास मोडेल, जसलाई ग्रस नेसनल ह्याप्पिनेस (जिएनएच) भनिन्छ । यो विश्वसमुदायकै ध्यानार्कषण गर्ने एक सबल माध्यम हो । दिगो विकास, सांस्कृतिक संरक्षण, वातावरण संरक्षण र सुशासन जिएनएचका मुख्य विषय हुन् । भुटानले कम्तीमा ६० प्रतिशत वन क्षेत्र कायम राख्ने र कार्बन नेगेटिभ हुने प्रतिबद्धता पनि गरेको छ ।
रोक्न सकिन्छ युवा पलायन
नयाँ पुस्ता स्वदेशमा बस्न नचाहनु वा विदेशमा उच्च शिक्षा हासिलपश्चात् फर्कन नचाहनुमा नेपालको राजनीतिक वातावरण, कर्मचारीतन्त्र, सामाजिक तथा सांस्कृतिक मूल्यमान्यता मूल रूपमा दोषी रहेको छ ।
विपतमा लत्पतिएका विम्ब
प्राकृतिक विपत् रोक्न वा छेक्न त सकिँदैन तर सरकारले दूरगामी नीति र स्पष्ट दृष्टि राखेर त्यसबाट हुने क्षति न्यूनीकरण भने गर्न सक्छ तर क्षति न्यूनीकरणका लागि भइरहेका प्रयास हेर्दा दुःख लाग्छ । पछिल्ला विपत्का ताजा दृश्य हेर्दा हरेक नेपालीको मन रुन्छ, जुन हामीले हरेक बर्खा मौसममा देखिरहेका हुन्छौँ, भोगिरहेका हुन्छौँ ।
इन्जिनियरको सङ्गठित भूमिका
नेपाली इन्जिनियरिङ जनशक्तिको ज्ञान, सिप, क्षमता र सम्भावनाले पूरै विश्वलाई आकर्षित गरिरहेको छ । पछिल्लो दशकमा हामीले यस्ता विश्व प्रतिस्पर्धी जनशक्तिलाई मुलुकभित्रै आकर्षित गर्न, थेग्न र आशा दिलाउन चुकिरहेका छौँ । यसमा सरोकारवाला गम्भीर भएर सोच्ने बेला आएको छ ।
सुकुमवासी व्यवस्थापन
हरेक वर्ष मनसुनी प्रभाव भित्रिएसँगै बाढीपहिरोको जोखिम हुने गरेको छ । बाढीपहिरोका कारण बर्सेनि ठुलो सङ्ख्यामा जनधनको क्षति हुनुले पूर्वसावधानीतर्फ सम्बन्धित निकाय तथा स्थानीयवासीले समेत ध्यान नपुर्याएको हो कि जस्तो देखिन्छ ।
खानेपानी क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध छु : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा योगदान गर्नुभएका विभिन्न व्यक्तिलाई छिन्नलता पुरस्कार प्रदान गर्नुभएको छ ।
रसुवामा भूकम्पको धक्का महसुस
रसुवामा बुधबार भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रबिन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूत सोङ्गको शिष्टाचार भेट
परराष्ट्रमन्त्री डा. आरजु देउवा राणासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
रेलमार्ग सर्भे गर्न आएको टोलीको गाडीमा आगजनी
चितवनको कृष्णपुरमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएर राखेका थिए ।
सत्ता पक्षको मुख्य सचेतकमा बर्तौला
प्रतिनिधि सभामा सत्ता पक्षको मुख्य सचेतक पदमा महेश बर्तौला मनोनीत हुनुभएको छ । नेकपा (एमाले) को संसदीय दलको कार्यालयका अनुसार प्रधानमन्त्री एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले उहाँलाई साउन २ गते बुधबारदेखि लागु हुनेगरी मनोनयन गर्नुभएको हो ।
१३२ केभी बुर्तिबाङ ‘सबस्टेशन’ अन्तिम चरणमा
बागलुङको बडिगाड गाउँपालिका-५ ग्वालीचौरका स्थानीयको अवरोधका कारण १३२ केभी बुर्तिबाङ सबस्टेशन अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । स्थानीयले केन्द्रीय प्रसारण लाइनको टावर निर्माण गर्न नदिँदा सञ्चालनमा आउन नसकेको हो ।