पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला
पाल्पा जिल्लाको तानसेन-११ जोगीपानीस्थित लिपिनदेवी आधारभूत विद्यालय नजिकै ग्रिनेट फेला परेको छ ।
दाग लागेको मन्त्रीलाई घर पठाऔँ : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्तालाई पार्टीको वरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई घर पठाउनुपर्ने बताउनुभएको छ।
सन्दीपले बाहिरै बसेर मुद्दा लड्न पाउने
बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले थुनाबाहिरै बसेर पुनरावेदन गर्न पाउने भएका छन्।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुटको व्यवस्था गर्न माग
सार्वजनिक यातायातमा अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न माग गरिएको छ ।
तमोर ‘कोरिडोर’बाट नेपाल, भारत र चीन जोडिए
राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन्
सेतो पहरामा दुर्घटनाको असर : चित्लाङ–मार्खु क्षेत्रमा घटे पर्यटक
विगतमा पर्यटकले खचाखच हुने मकवानपुरको उत्तरी क्षेत्रको चित्लाङ–मार्खु क्षेत्रमा अहिले पर्यटकको चहलपहल घटेको छ । गत पुसको अन्तिममा गणेशमान सिंह मार्गको चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत काठमाडौँतर्फ सवारीसाधन दुर्घटनासँगै पर्यटकीय स्थल चित्लाङ–मार्खु क्षेत्रमा पर्यटकको आगमन घटेको हो । चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत सेतो पहरामा पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएसँगै उक्त मार्ग भएर सवारीसाधनको आवागमन ह्वात्तै घटेको छ ।
महानगरपालिकामध्ये भरतपुर उत्कृष्ट
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिका लाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो । गत आर्थिक वर्ष २०७९÷०८० मा आयोगको मूल्याङ्कनमा भरतपुर महानगर नै पहिलो भएको थियो ।
सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण
नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार सय मिटरको उचाइमा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ फुङ्गी थेङ्गामा चारकोठाको दुईसिटे शौचालय निर्माण गरेको नेपाली सेना रणशुर गुल्म नाम्चेले जनाएको छ ।
पालिकाको मुहार फेर्न लागिपरेका छौँ
बागलुङ जिल्लाको दक्षिणी भेगमा पर्ने बरेङ गाउँपालिकामा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी पाँच वटा गाविस समावेश गरिएको छ । पूर्वमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका पर्दछन् । यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । जिल्लाको दुर्गम गाउँपालिकका रूपमा परिचित रहेको पालिका स्थानीय तह कार्यान्वयन आएसँगै विकास निर्माणले गति लिन थालेपछि सुगम पालिकाका रूपमा चिनिन थालेको छ । ३३ वर्षको उमेरमा पालिका अध्यक्षमा निर्वाचित कृष्णप्रसाद शर्मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष शर्मासँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
खारेज गरिएका कार्यालय यथावत्
कर्णाली प्रदेश सरकारले यसअघि खारेज गरेका कार्यालय यथावत् रहने भएका छन् । सरकारले शिक्षा विकास निर्देशनालय, कृषि विकास निर्देशनालय र पूर्वाधार विकास निर्देशनालयसहितका केही कार्यालय खारेज गरेको थियो तर खारेजीको निर्णय कार्यान्वयनमा कानुनी जटिलता देखिएपछि तत्कालका लागि उक्त निर्णय कार्यान्वयन नहुने भएको छ ।
शिक्षा, स्वास्थ्य र खानेपानी प्राथमिकतामा
बाजुराको स्वामिकार्तिक गाउँपालिका यहाँका दुर्गम तथा पछाडि परेका गाउँहरू वाई, साप्पाटा र जुकोट गाविस मिलेर बनेको हो । कर्णाली नदीपारिको यो गाउँपालिकामा नेपाली कांग्रेस पार्टीबाट ४३ वर्षीय भरतबहादुर रोकाया पालिका अध्यक्ष हुनुहुन्छ । गाउँपालिकामा केही राम्रो काम गरेर इतिहास बनाउने योजनामा रहनुभएका अध्यक्ष रोकायासँग सडक, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा भएको परिवर्तन र समाज सुधारका लागि गरिएका उपलब्धिमूलक कामकारबाही, योजना, कार्यान्वयन
प्रदूषित पानी उपचार संयन्त्र : क्षमताको आधा मात्र उपयोग
औद्योगिक रसायनयुक्त पानी र घरायसी प्रयोगपछि निस्कने पानी प्रशोधन गर्न निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र क्षमताको आधा मात्र प्रयोगमा रहेको छ । हेटौँडा औद्योगिक क्षेत्रमा रहेका उद्योग र आवासबाट निस्कने प्रदूषित पानी प्राकृतिक रूपमा प्रशोधन गरी स्थानीय कर्रा खोलामा मिसाउन निर्माण गरिएको प्रदूषित पानी उपचार संयन्त्र स्थापनाकालदेखि नै आवश्यक प्रदूषित पानीको अभावमा क्षमताभन्दा कम उपयोगमा छ ।
अब मुग्लिङ सडक बन्द नहुने
पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ । यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो । सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।
मिलेमतोमा शिक्षक दरबन्दी गायब
राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर विद्यालय तहमा शिक्षक दरबन्दी लुकाउने प्रवृत्ति झाङ्गिँदै गएको छ । यस कार्यमा विद्यालय, पालिका र शिक्षकको मिलेमतो हुने गरेको छ । यस वर्ष निम्न माध्यमिक तहमा २५ दरबन्दी गायब भएपछि दरबन्दी लुकाउने प्रवृत्ति सतहमा आएको हो । दरबन्दी यकिन गर्ने निकायलाई यसबारे थाहा हुने भए पनि मौन रहने गरेको पाइएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेम भट्टराईले दरबन्दी लुकाउने गरेको भन्दै गुनासाका फोन दैनिक जसो आउने गरेको बताउँदै भन्नुभयो, “दरबन्दी लुकाउन पाइँदैन । खाली दरबन्दी केन्द्रमा पठाउनै पर्छ ।”
जमेको नदीमाथि उत्रियो विमान
रुसमा हालै पोलार एयरलाइन्सको एउटा जहाज पाइलटको गल्तीका कारण कोलिमा नदीमाथि अवतरण भएको छ । धन्न यात्रीको भाग्य बलियो रहेछ । किनभने जहाज अवतरण भएको उक्त नदी चिसोका कारण पूर्ण रूपमा जमेको थियो । सो विमानमा ३० यात्रु र चार जना चालकदलका सदस्य थिए । यस घटनाले विमानमा कुनै पनि क्षति पुगेको छैन र कसैलाई पनि चोटपटक पनि लागेन ।
प्रजातन्त्र दिवसका अवसरमा सभामुखको शुभकामना सन्देश
सभामुख देवराज घिमिरेले प्रजातन्त्र दिवसले स्वतन्त्रताको अभ्यासमार्फत विकास र समृद्धिको यात्रालाई थप गति दिने प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।
नयाँ इतिहास प्रारम्भ भएको दिन आज: सभापति देउवा
आज अर्थात् फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन रहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गर्नुभएको छ ।
लोकतन्त्र विकल्प लोकतन्त्र नै हो : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताउनुभएको छ ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा प्रजातन्त्र दिवसको शुभकामना
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ ।
जाजरकोटमा भूकम्प पछि यौन हिंसाका घटनामा वृद्धि
जाजरकोटमा भूकम्प पछिका त्रिपालमा बस्दै आएका महिलाहरू यौन हिंसामा पर्ने क्रम बढ्दै गएको पाइएको छ । भूकम्प पछि त्रिपालमा बस्दै आएका भूकम्प जाजरकोटको नलगाड नगरपालिकाकी एक महिला गत कार्तिक २६ गते त्रिपालमा सुतिरहेको बेला राती बलात्कृत हुनु भएको छ ।
तनहुँमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते
पृथ्वीराज मार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा बोलेरो जिप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने सात घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा १६ च ४९१८ न को बोलेरो अनियन्त्रित भई शनिवार साँझ ८ः१० बजे सडकको छेउमा पल्टिदा मृत्यु तथा घाइते भएका हुन् ।
भेडीगोठ धान्ने हिमबहादुर....
दिनभर भेडाबाख्रालाई जङ्गलका चरन क्षेत्रमा लैजाने हिमबहादुर छन्त्यालको रात त्रिपाल मुनि बित्ने गरेको छ । धवलागिरि गाउँपालिका–५ मल्कबाङका उहाँले यसरी जङ्गलमा भेडीगोठमा बस्न थालेको आठ वर्ष पुगेको छ । करिब दुई दशक लामो वैदेशिक रोजगारीबाट आफ्नो घरपरिवारलाई पोखरामा बसोबासको प्रबन्ध मिलाएर उहाँ भने आफ्नो पुख्र्यौली थातथलोमा पुर्खाकै पेसालाई पछ्याउँदै भेडीगोठ पस्नुभएको थियो ।
‘निर्वाचन प्रणाली फेर्ने विषयमा अध्ययन भइरहेको छ’
नेपालमा सर्वप्रथम गौरवमय आमनिर्वाचन सम्पन्न भएको दिनको स्मरण गर्दै निर्वाचन आयोगले २०७२ सालदेखि निर्वाचन दिवस मनाउँदै आएको छ । पहिलो आमनिर्वाचन सम्पन्न भएको यही फागुन ७ गते ६५ वर्ष पूरा हुँदै छ । पहिलो निर्वाचन भएको ६५ वर्ष र आठौँ निर्वाचन दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग निर्वाचनसम्बन्धी समसामयिक विषयमा गोरखापत्रका लागि पत्रकार नारद गौतम र सूर्यप्रसाद पाण्डेले गरेको संवादको सम्पादित अंश :