वसन्त पराजुली
नारायणगढ, माघ ९ गते । गैँडाको आक्रमणमा एक जनाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको धुर्व पोष्ट नजिकै गैडाले आक्रमण गरेर घाइते बनाएका पुरुषको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार माडी–७ किर्तनपुर घर भई हाल भरतपुर महानगरपालिका– वडा नम्वर ५ विकास चोक बस्नेल ५५ वर्षीय शिवराज भण्डारीको गैँडाको आक्रमणमा परि मृत्यु भएको हो ।
उहाँलाई गैँडाले आक्रमण गरेपछि चितवन मेडिकल कलेजमा उपचार गराइएको थियो । मेडीकल कलेजमा उपचारकै क्रममा बिहान ६ः२० बजे उहाँको मृत्यु भएको हो ।
भरतपुरबाट बा.प्र. ०६००३ प. ४३३९ नम्बरको सुपर स्प्लिन्डर मोटरसाइकलमा माडीतर्फ जाने क्रममा माघ ३ गते दिउँसो २ः३० बजे उहाँलाई गैँडाले आक्रमण गरेको थियो ।