बढे आर्थिक अपराधका घटना
बागमती प्रदेशका काठमाडौँ, ललितपुर र भक्तपुर बाहेकका १० जिल्लामा पछिल्लो समय आर्थिक अपराधका घटना बढेको छ । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ ।
नवलपुरमा बस दुर्घटना, चार जना घाइते
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ ।
३४ बिरामीको घुँडाको शल्यक्रिया
नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीले ३४ जना बिरामीको घुँडाको शल्यक्रिया गरेको छ। अमेरिकाको सिकागोमा रहेको ‘अप्रेसन वाल्क सिकागो’ को सहयोगमा आएका विशेषज्ञ चिकित्सकसहितको टोलीले पाँच दिनमा ३४ जना बिरामीका ४३ घुँडाको शल्यक्रिया गरेको हो।
‘मधेशको विकास कांग्रेसकै नेतृत्वमा सम्भव छ’
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशको विकास नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नै गर्ने बताउनुभएको छ।
चार महिनामा साढे चार खर्ब व्यापार घाटा
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ।
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि...
बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पतालले उहाँको पोष्ट मोर्टम गरेन । तर मृत घोषणा गरिएका रोहितासलाई चितामा आगो लगाउने तयारी भइरहँदा उहाँ ब्यूँझिएको चिकित्सा अधिकारीहरुले शनिबार बताएका छन् ।
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ।
प्रधानमन्त्रीका पिताको स्वास्थ्यमा समस्या
प्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको स्वास्थ्यमा समस्या देखिएको छ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालमा उपचाररत रहनुभएका पिता मोहनप्रसादको अवस्थाबारे प्रधानमन्त्री ओलीले जानकारी लिनुभएको छ।
मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको काम सुरु
मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एकसय ३५ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनसँगै निर्माणको काम सुरु भएको छ ।
विपर्यास (कथा)
ऊ निराश थियो । निराशाको कारण चाहिँ देशको राजनीतिक बेथिति थियो ।
एक युग बाँचिसकेँ (कविता)
हो, सिङ्गो एक युग बाँचिसकेँ गोधूलि साँझ झैँ भइसकेँ कहिले ढल्छु पत्तै छैन !
उज्यालो औँसीमा द्वन्द्व चित्रण
भनिन्छ, साहित्य समाजको ऐना हो । समाजमा हुने घटनालाई कथाका रूपमा समाजले स्वीकार गर्छ ।
बिपीका कृतिमा मधेशी मनोविज्ञान
उत्तर आधुनिककालीन स्रष्टा बिपी कोइराला नेपाली आख्यानको इतिहासमा नवीन र ऐतिहासिक विशिष्टता कायम गर्ने मनोवैज्ञानिक यथार्थवादका प्रवर्तक हुन् ।
सहरमा लोभलाग्दो हरियाली
सहरको सौन्दर्य बढाउन हरियालीको महत्वपूर्ण भूमिका रहन्छ । हरियालीले वायुको गुणस्तर वृद्धि गर्न र सौन्दर्य बढाउन सहयोग गर्छ । त्यसैले सहरका लागि हरियाली अति आवश्यक हुन्छ ।
कुलुङ जातिमा लोमेवा दाम
‘कुलुङ’ जातिलाई अलग्गै जातिका रूपमा नेपालका कुनै पनि निकायले चिन्दैन ।
गण्डकीमा कृषि भूमि घट्यो
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
प्रधानमन्त्री ओली र खर्बपति मस्कबिच भर्चुअल संवाद
प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी खर्बपति व्यवसायी एलन मस्कबिच शुक्रबार भर्चुअल संवाद भएको छ । साँझ प्रधानमन्त्री ओली र स्पेश एक्स कम्पनीका मालिक मस्कबिच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
अर्थतन्त्र सुधारका लागि एमाले नेतृत्व : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुक आर्थिक रुपले समस्या परेका बेला एमाले नेतृत्वको खाँचो पर्नेगरेको बताउनुभएको छ ।
बस दुर्घटनामा १७ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ चुरियामाई मन्दिर नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।
नेपालमा २२ देशका मुद्रा खरिद विक्री
नेपालमा २२ देशका मुद्रा खरिद विक्री हुन थालेको छ । यस अघि २१ देशका मुद्राको कारोवार गर्दै आएको नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा कारोवार सुरु गरेसँगै २२ देशको मुद्राको कारोवार सुरु भएको विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराई जानकारी दिनुभयो ।
सहकारीका समस्या सम्बोधन गर्न कानुन संशोधनको तयारी
बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्नमाथि कानुनी कारबाहीलाई तीव्रता दिइरहेका बेला सरकारले संस्थागत सुशासन र नियमनका लागि आधा दर्जन कानुन परिमार्जनको प्रक्रिया पनि अगाडि बढाएको छ
पुरानै स्वरूपतिर हात्ती डुबाउने ताल
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ ।