१९औँ एसियन गेम्स स्थगित
चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ ।
तेक्वान्दोमा पहिलो दिन २४ खेलाडी छनोट
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताअन्तर्गत पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका छन् ।
पारा राष्ट्रिय खेलकुद सम्पन्न
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा राष्ट्रिय खेलकुदको शुक्रबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको एक दिने प्रतियोगितामा विभिन्न ४० स्पर्धामा दुई सय ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बीबीए कप क्रिकेटमा पब्लिक युथलाई ह्याट्रिक उपाधि
आयोजक पब्लिक युथ क्याम्पसले लगातार तेस्रो पटक टियु बिबिए कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
नेपाल जिम्बावेसँग पराजित
जिम्बाबे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग तीन विकेटले पराजित भयो ।
पौडीमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
नासिर याहया हुसैनले २४ औं राष्ट्रिय खुला तथा उमेरसमूह प्रतियोगिताको पुरुष २ सय मिटर फ्रिस्टायलमा बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
लिग भलिबलमा पुलिसको अपराजित यात्रा जारी
विभागिय टोली नेपाल पुलिस क्लबले छैटौँ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग भलिबलमा अपराजित यात्रा कायम राखेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगितामा पुलिसले बिहीबार महिलातर्फ न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।
धनगढी सुपर लिग जेठमा
कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ ।
दक्षिण एसियाली टेबलटेनिसमा नेपालका १० खेलाडी
माल्दिभ्सको मालेका वैशाख २५ देखि २९ गतेसम्म आयोजना हुने दक्षिण एसियाली जुनियर टेबलटेनिस च्याम्पियनसिपमा नेपालका १० जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।