• १३ असार २०८१, बिहिबार

धनगढी सुपर लिग जेठमा

blog

धनगढी सुपर लिग बारे जानकारी दिँदै आयोजक ।

धनगढी, वैशाख २२ गते । कैलालीको धनगढीमा जेठ ५ गतेबाट क्लब स्तरीय क्रिकेट प्रतियोगिता ‘धनगढी सुपर लिग’ आयोजना हुने भएको छ । लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालि धनगढीको आयोजनामा जेठ १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा क्लबको सहभागिता रहने आयोजक समितिका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिनुभयो । 

क्रिकेटको सहर भनेर चिनिएको धनगढीलाई क्रिकेट खेल मय बनाउन प्रतियोगिता आयोजन ागर्न लागिएको पनि शाहीले बताउनुभयो । प्रतियोगितामा बुङगल क्रिकेट क्लब बझाङ, देउखुरी वारियर्स दाङ, धनगढी क्रिकेट एकेडेमी धनगढी कैलाली, महेन्द्रनगर क्रिकेट एकेडेमी महेन्द्रनगर कञ्चनपुर, लिटल फ्लावर क्रिकेट क्लब धनगढी कैलाली र कैलाली जिल्ला क्रिकेट क्लब धनगढी कैलालीको सहभागिता रहनेछ । 

टी–२० विधामा खेलाइने प्रतियोगिताको विजेता टोलीले उपाधिसहित दुई लाख र उपविजेताले एक लाख रुपियाँ पुरस्कार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार तथा उत्कृष्ट विधा र उदयमान खेलाडीलाई सात हजार पाँच सय रुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।