• १३ असार २०८१, बिहिबार

आर्मी भलिबल लिगको शीर्षस्थानमा

blog

लिग भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौँ, वैशाख २३ गते । विभागिय टोली त्रिभुवन आर्मी क्लब छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको पुरुषतर्फ शीर्षस्थानमा छ । आमीले लगातार पाँच खेल जित्दै शीर्षस्थान कब्जा गरेको हो । जितसँगै आर्मीको १५ अंक छ । दोस्रो स्थानमा रहेको हेल्प नेपालको १४ अंक छ । शनिबार आर्मी र हेल्प नेपालबीच उपाधि भिडन्त हुनेछ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई १७–२५, २५–२०, ३०–२८, २५–२३ को सेटमा हरायो । अर्को खेलमा हेल्प नेपालले गलकोट स्पोर्ट्स क्लबलाई २५–१५, २५–२३, २५–२१ को सोझो सेटमा पन्छायो । 

महिलातर्फ एपिएफले न्यु डायमण्डलाई २५–१९, २५–१०, २५–९ को सोझो सेटमा स्तब्ध बनायो । एपिएफको चार खेलबाट नौ अंक भएको छ । पुलिसको पनि तीन खेलबाट ९ अंक पुगेको छ । आर्मीको तीन खेलबाट ६ अंक छ । महिलातर्फ उपाधीका लागि तीन विभागिय टोलीबीच प्रतिस्पर्धा हुनेछ ।