मन्त्री अथकद्वारा चौधरीको पार्थिव शवमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली
भारोत्तोलन खेलाडी सञ्जु चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय झण्डा ओढाएर सम्मान ब्यक्त गर्नुभएको छ ।
शेर्पालाई आरोप प्रमाणित गर्न थापाको चुनौती
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष एवं विश्व फुटबल महासंघ (फिफा) द्वारा प्रतिबन्धित गणेश थापाले एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विगत सात बर्षदेखि आफुमाथि लगाउँदै आएको भष्ट्राचार लगायत आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
बार्सिलोनाको सहज जित
स्पेनिस ला लिगामा बार्सिलोनाले सेल्टा भिगोमाथि सहज जित निकालेको छ । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ३–१ गोलले हरायो । बार्सिलानाको जितमा पिएरे इमरिक औवामियाङको दुई तथा मेम्पिस डिपायले एक गोल गर्नुभयो ।
लिभरपुलको रोमाञ्चक जित
इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ गोलले हरायो ।
एनपीजीए गल्फ टुरमा भुवन र सुवासको अग्रता
सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप गल्फको दोस्रो दिन प्रो भुवन नगरकोटी र एमेच्योर गल्फर सुवास तामाङले संयुक्त अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा जारी प्रतियोगितामा मंगलबार घरेलु प्रो भुवनले आठ अन्डर ६४ खेल्नुभयो ।
एसियाडका लागि भलिबल खेलाडी छनोट
नेपाल भलिबल सङ्घले चीनको हाङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि प्रारम्भिक चरणमा ३५ जना महिला खेलाडी छनोट गरेको छ ।
नेपाली टेबलटेनिस टोली फाइनलमा
नेपाल दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिसको फाइनलमा प्रवेश गरेको छ ।
सञ्जुलाई राखेपमा अन्तिम श्रद्धाञ्जली
दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई महिला भारोत्तोलनमा पहिलो स्वर्ण दिलाउन सफल स्वर्गीय सञ्जु चौधरीलाई मंगलबार राष्ट्रिय खेलकद परिषद् (राखेप)मा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।
सागकी स्वर्ण विजेता भारोत्तोलन खेलाडी सञ्जु मृत अवस्थामा फेला
चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेकी भारोत्तोलन खेलाडी सञ्जु चौधरी मृत अवस्थामा भेटिनुभएको छ । १३औँ दक्षिण एसियाली खेलकद (साग) की स्वर्णधारी सञ्जु ललितपुरको लुभु स्थित भारोत्तोलन प्रशिक्षक सन्जय मर्हजनको घरमा मंगलबार बिहान मृत अवस्थामा भेटिनुभएको हो ।