• १६ असार २०८१, आइतबार

नेपाली टेबलटेनिस टोली फाइनलमा

blog

नेपाली क्याडेट टेबलटेनिस महिला टोली । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २७ गते । नेपाल दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबलटेनिसको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाली क्याडेट महिला टोलीले श्रीलङकन क्याडेट टोलीलाई ३–१ ले हराउँदै फाइनलमा पुगेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी दिनुभयो । फाइनलमा नेपालीले उपाधीका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ ।