• १६ असार २०८१, आइतबार

आईबा महिला बक्सिङ : सुस्मा अंकको आधारमा पराजित

blog

विश्व बक्सिङमा प्रतिस्पर्धा गर्दै नेपालकी सुस्मा तामाङ (निलो जर्सीमा) । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २८ गते । टर्कीको इस्तानबुलमा जारी आईबा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालकी सुस्मा तामाङ मंगोलियन खेलाडीसँग अंकको आधारमा पराजित हुनुभएको छ । सुस्माले बुधबार ४६ देखि ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो ।

विपक्षीलाई कडा चुनैताी दिनुभएकी सुस्मा ३–२ ले पराजित हुनुभएको हो ।  मे २१ तारिखसम्म सञ्चालन हुने आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपमा ७३ देशका ३१० खेलाडीको सहभागिता रहेको छ । नेपालबाट चार खेलाडी सहित सात जनाको सहभागिता रहेको छ ।