• १६ असार २०८१, आइतबार

लिभरपुलको रोमाञ्चक जित

blog

बलका लागि घम्साघम्सी गर्दै लिभरपुल र एस्टन भिल्लाका खेलाडी । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २८ गते । इङ्लिस प्रिमियर लिगको उपाधि होडमा रहेको लिभरपुलले एस्टन भिल्लामाथि रोमाञ्चक जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई उसैको मैदानमा २–१ गोलले हरायो । लिभरपुलको जितमा जोएल मटिप र साडियो मानेले गोल गर्नुभयो । एस्टन भिल्लाका लागि डुगलस लुइजको सुरुवाती गोल सान्त्वना बन्यो ।

खेल सुरु भएको तेस्रो मिनेटमै डुगलस लुइजको गोल गर्दै लिभरपुललाई अग्रता दिलाउनुभयो । लिभरपुलले छैटौँ मिनेटमै बराबरी गोल फर्काएको थियो । जोएल मटिपले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभएको थियो । त्यसपछि लिभरपुलले ६५औँ मिनेटमा निर्णायक गोल गरेको थियो । साडियो मानेले लुइस डियाजको पासमा गोल गर्दै लिभरपुललाई महत्वपूर्ण जित दिलाउनुभयो । 

जितसँगै उपाधि दौडमा कायम रहेको लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । तर लिभरपुल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ ।  लिभरपुलको ३६ खेलबाट ८६ अंक छ । एक खेल कम खेलेको सिटीको पनि ८६ अंक छ । पराजित एस्टन भिल्ला ४३ अंक सहित ११औँ स्थानमा छ । एजेन्सी