प्रिमियर गल्फको दोस्रो दिन निरज शीर्षस्थानमा
सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन निरज तामाङ शीर्षस्थानमा उक्लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा मंगलबार निरजले आठ अन्डर ६४ स्कोर खेल्नुभयो । ३६ होलको समाप्तिसँगै निरजको कूल १२ अन्डर एक सय ३२ स्कोर छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब असोजमा
गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गते आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी नवौं राष्ट्रिय खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको छ ।
एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पाको प्यानलसहित उम्मेदवारी
अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा समूहले अध्यक्षमा प्यानलसहित उम्मेदवारी दिएको छ । सोमबार एक कार्यक्रमबीच प्यानलसहित उम्मेदवारी घोषणागरी शेर्पा समूहले सामेबारनै एन्फा मुख्यालय पुगेर उम्मेदवारी दर्ता गराएको हो ।
इपीएल गर्न नदिने क्यानप्रति असन्तुष्टी
नेपालको क्रिकेट फ्रेन्चाइज लिगमा चर्चित ब्रान्ड बनाएको एभरेष्ट प्रिमियर लिग (इपीएल) आयोजक र फ्रेन्चाइज टोलीले नेपाल क्रिकेट संघ (क्यान) प्रति असन्तुष्टी ब्यक्त गरेका छन् ।
प्रिमियर गल्फमा एमेच्योर वानचेनको अग्रता
सूर्य नेपाल प्रिमियर गल्फ प्रतियोगिताको पहिलो दिन एमेच्योर गल्फर वानचेन ढोन्डुपले अग्रता लिनुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ क्लबमा सञ्चालित बर्षको अन्तिम स्पर्धामा सोमबार वानचेनले सात अन्डर ६५ खेल्नुभयो ।
सिटीलाई इङ्लिस प्रिमियर लिग उपाधि
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । घरेलु मैदानमा आइतबार राति भएको लिगको अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोलले हराउँदै सिटी च्याम्पियन बनेको हो । सिटीको यो समग्रमा छैटौं प्रिमियर लिग उपाधि हो ।
एसी मिलान च्याम्पियन
इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानल च्याम्पियन बनेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा ससौलोलाई उसैको मैदानमा ३–० गोलले हराउँदै एसी मिलान च्याम्पियन बनेको हो ।
नेपाल र अफगानिस्तानको मैत्री फुटबल रद्द
पाल राष्ट्रिय फुटबल टोली र अफगानिस्तानबीच हुने भनिएको मैत्रीपूर्ण फुटबल खेल रद्द भएको छ । यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले एएफसी एसियन कप २०२३ को तयारीमा लागि जेठ ११ र १५ गते कतारको दोहामा दुई देशबीच मैत्री खेल खेल्ने तालिका तय गरेको थियो ।
लिग–२ मा सकभर धेरै खेल जित्छौँ : सन्दीप
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आईसीसी विश्वकप लिग–२ मा नेपालले सकभर धेरै खेल जित्ने बताउनुभएको छ ।