• १६ असार २०८१, आइतबार

सञ्जुलाई राखेपमा अन्तिम श्रद्धाञ्जली

blog

सञ्जुको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाउँदै राखेप सदस्य सचिव टंकलाल घिसिङ । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २७ गते । दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई महिला भारोत्तोलनमा पहिलो स्वर्ण दिलाउन सफल स्वर्गीय सञ्जु चौधरीलाई मंगलबार राष्ट्रिय खेलकद परिषद् (राखेप)मा अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सञ्जुले ललितपुरको लुवु स्थित आफ्नै कोठामा भुण्डिर आत्महत्या गर्नुभएको हो । मंगलबार विहान उहाँ मृत अवस्थामा भेटिनु भएको थियो । सञ्जुको सव मंगलबारनै पाटन अस्पतालमा पोस्टमाटम गरी श्रद्धाञ्जलीका लागि केही समय राखेप परिषरमा राखिएको थियो । सञ्जुको पार्थिव शरिरमा संघीय संसद् एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेकका सदस्य सचिव टंकलाल घिसिङ, राखेपका विभागीय प्रमुखहरु, खेलाडी, प्रशिक्षक लगायतले श्रद्धाञ्जली  अर्पण गर्नुभएको थियो ।

बाँके नेपालगन्ज निवासी सञ्जु चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसिया) छनोट प्रतियोगितामा भाग लिन केही दिन अघि मात्रअ काठमाडौँ आउनुभएको थियो । एसियाडको प्रारम्भिक छनोटमा पर्न सफल सञ्जु पछिल्लो समय भारोत्तोलन खेलकै प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आउनुभएको थियो । सञ्जयको घरमा सोमबारको आयोजित भोजमा समेत सामेल हुनुभएकी सञ्जुले सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अन्तिम दाहसंस्कारका लागि सञ्जुको सव मंगलबारनै उहाँको जन्म स्थान नेपालगन्ज लगिने राखेपले जनाएको छ । नेपाली भारोत्तोलनकी प्रतिभावान खेलाडी सञ्जुले नेपालमै भएको  १३औँ सागमा ५१ केजी तौल समूहमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको थियो । सागमा नेपाली महिला भारोत्तोलन खेलाडीले जितेको त्यो नै पहिलो स्वर्ण हो ।