• १६ असार २०८१, आइतबार

एसियाडका लागि भलिबल खेलाडी छनोट

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २७ गते । नेपाल भलिबल सङ्घले चीनको हाङझाउमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि प्रारम्भिक चरणमा ३५ जना महिला खेलाडी छनोट गरेको छ । संघले हालै सम्पन्न छैटौँ आरबीबी एनभिए महिला लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रारम्भिक छनोटमा रहेको हो ।

एसियाडमा नेपालले पहिलो पटक महिला भलिबलमा सहभागिता जनाउने निर्णय गरिसकेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छनोट गरेको खेलाडीहरुमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनिषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना बिष्ट, लक्ष्मी चन्द, पुनम चन्द, शान्तिकला तामाङ, निशा चौधरी, पुजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रीमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेशमा भण्डारी, हिरा केसी, उषा बिष्ट र मनिष खाँड हुनुहुन्छ । 

चीनमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको एसियाड कोरोनाका कारण स्थगित भएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नयाँ मिति पछि तय गर्ने जनाएको छ ।