हारबाट जोगियो लिभरपुल
इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होडमा रहेको लिभरपुल हारबाट जोगिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले टोट्टनहामसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
इन्डो–नेपाल करातेमा चन्दा च्याम्पियन
पालकी चन्दा भुजेल प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिताको महिला ७० केजीमा पहिलो हुनुभएको छ । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा भएको प्रतियोगितामा शनिबा। चन्दाले भारतकी श्रेष्ठ गांगुलीलाई पराजित गर्नुभयो ।
तेक्वान्दोमा थप २० खेलाडी छानिए
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन शनिबार थप २० खेलाडी पहिलो चरणलाई छनोट भएका छन् । पहिलो दिन शुक्रबार २४ खेलाडी छनोट भएका थिए ।
भलिबल लिग : आर्मी पुरुषमा पनि च्याम्पियन
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मी महिला र पुरुष दुवैतर्फ च्याम्पिय बनेको हो ।
आर्मीलाई महिला लिग भलिबल उपाधि
छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
जिम्बावेमाथि नेपालको सानदार जित
जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार जित निकालेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हरायो ।
च्यारिटी गल्फमा माधव च्याम्पियन
च्यारिटी गल्फ प्रतियोगिताको उपाधि माधव सिंखडाले जित्नुभएको छ । पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको प्रतियोगितामा माधवले ४१ अंक बनाउनुभयो ।
इन्टरको उपाधि दौड कायम
इन्टर मिलानले इटालियन सिरी ‘ए’ फुटबलमा उपाधि दौड कायम राखेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा इन्टरले इम्पोलीलाई ४–२ गोलले हरायो
नवौँ राष्ट्रिय खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’
गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शनिबार एक कार्यक्रमबीच लोगो र मस्कट सार्वजनिक गरेको हो ।