• ४ जेठ २०८१, शुक्रबार

जिम्बावेमाथि नेपालको सानदार जित

blog

जिम्बावे र नेपाल प्रतिस्पर्धा गर्दै । तस्बिर : क्यान

काठमाडौँ, वैशाख २४ गते । जिम्बावेविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले सानदार जित निकालेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले पाहुना टोली जिम्बावे ‘ए’ लाई नौ विकेटले हरायो । 

जिम्बावेले दिएको ८८ रनको विजय लक्ष्य लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा सुनिल धमलाले सर्वाधिक ३८ रन बनाउनुभयो । आसिफ शेखले अविजित ३४ रन र विनोद भण्डारीले अविजित चार रनब नाउनुभयो । बलिङमा जिम्बावेका ब्राण्डन माभुताले एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१.१ ओभरमा सवै विकेट गुमाएर ८७ रन बनाएको थियो । नेपाली बलर हावी भएको खेलमा जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाउनुभयो । ब्राड इभान्स २० र सेफासले १० र लुक जोग्वेले आठ रन बनाउनुभयो  ।

बलिङमा नेपालका सोमपाल कामी र करण केसीले तीन तीन विकेट लिनुभयो । सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट लिनुभयो । नेपालको जितसँगै सिरिज १–१ को बराबरी भएको छ । पहिलो खेलमा नेपाल जिम्बावेसँग तीन विकेटले पराजित भएको थियो । 

नेपाललाई ३ विकेटले हराएको थियो । अब सिरिजको तेस्रो तथा अन्तिम खेल सोमबार हुनेछ । यसअघि दुई टोलीबीचको टी–२० सिरिन १–१ को बराबरीमा सकिएको थियो । टी–२० मा दुवै टोलीले एक एक जित निकालेका थिए भने एक खेल बर्षाका कारण स्थगित भएको थियो ।