• १४ असार २०८१, शुक्रबार

ला लिगामा बार्सिलोनाको रोमाञ्चक जित

blog

रियल बेटिसिविरुद्ध बल प्रहार गर्दै बार्सिलोनाका अन्सु फाती । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २५ गते । स्पेनिस ला लिगाका बार्सिलोनाले रोमाञ्चक जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटिसलाई उसैको मैदानमा २–१ गोलले हरायो । बार्सिलोनाको जितमा रक्षक जोर्डी अल्वा र युवा स्टार अन्सु फातीले गोल गर्नुभयो । बेटिसका मार्क बारट्राले सान्त्वना गोल फर्काउनुभयो ।

बार्सिलोनाले ७६औँ मिनेटमा अन्सु फातीको गोलमा सुरुवाती अग्रता लिएको थियो । फातीले जोर्डी अल्वाको पासमा गोल गर्नुभएको हो । त्यसपछि ७९औँ मिनेटमा मार्क बारट्राले नविल फेकिरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

इन्जुरी समयमा अल्वाले ड्यानी आल्भेसको पासमा गोल गर्दै बार्सिलोनालाई रोमाञ्चक जित दिलाउनुभयो । जितसँगै दोस्रो स्थानमा रहेको बार्सिलोनाको ३५ खेलबाट ६९ अंक बनाएको छ । यसअघिनै च्याम्पियन बनिसकेको रियल म्याड्रिडको ८१ अंक छ । पराजित रियल बेटिस ५८ अंक सहित पाँचौँ स्थानमा छ । एजेन्सी