• १४ असार २०८१, शुक्रबार

आर्मीलाई महिला लिग भलिबल उपाधि

blog

महिला लिग भलिबलमा प्रतिस्पर्धा गर्दे खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौँ, वैशाख २४ गते । छैटौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शनिबार भएको अन्तिम खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।

आर्मीले पुलिसमाथि २५–१८, २५–२३, २५–२० को जित निकालेको थियो । आर्मीले आर्मीको यो पहिलो लिग भलिबल उपाधि हो । उपाधिसँगै आर्मीले ६ लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता पुलिसले तीन लाख, तेस्रो भएको एपिएफ क्लबले एक लाख ५० हजार र चौथो भएको भरेस्टले ७५ हजार रुपियाँ प्राप्त गरेको छ । प्रतियोगितामा महिलातर्फ पाँच टोलीको सहभागिता  थियो ।