पार्कर खेलाडी दिनेशको छैटौँ विश्व कीर्तिमान
नेपालका पार्कर खेलाडी दिनेश सुनारले छैटौँ पटक विश्व कीर्तिमान तोड्न सफल हुनुभएको छ । उहाँले स्किप गर्दा सबैभन्दा पछाडि समारोसाल्ट विधा अन्तर्गत ३० सेकेन्डमा १४ पटकको नयाँ कीर्तिमान बनाउनुभएको हो ।
सिटीलाई हराउँदै रियल म्याड्रिड फाइनलमा
स्पेनिस क्लब रियल म्याड्रिड सानदार पूनरागमन जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा रियलले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।
पुलिसको दुवै टोलीलाई सफलता
दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार विजयी भएका छन् ।
खेलकुद पत्रकार मञ्चमा सुवेदी निर्वाचित
नेपाली खेलकुद पत्रकारहरुको संस्था नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित हुनुभएको छ ।
जिम्बाबे ‘ए’माथि नेपालको सहज जित : आसिफको उत्कृष्ट ब्याटिङ
काठमाडौं, वैशाख २१ गते। नेपालले पाहुना टोली जिम्बाबे ‘ए’ सँगको तेस्रो तथा अन्तिम टी–२० खेलमा सहज जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जिम्बाबे ‘ए’लाई नेपालले ८ विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले दिएको १३७ रनको लक्ष्य नेपालले १५ ओभर ५ बलमा दुई विकेटको क्षतिमा पूरा गरेको हो। नेपालको जितका लागि आसिफ शेखले ८७ रनको अर्धशतकीय इनिङ खेल्नुभयो। नेपालका लागि कुशल भुर्तेलले ३४ रन बनाउँदा बसिर अहमेदले १० रन जोड्नुभयो। जिम्बावेका लागि रोय कियाले सर्वाधिक ४९ रन बनाउँदा मारुमानीले २७ र लुक जोग्वेले २३ रन बनाउनुभयो। जिम्बावेका लुक जोग्वे र ब्राण्डन माभुताले एकएक विकेट लिनुभयो। नेपालका कप्तान सन्दीप लामिछानेले २ विकेट लिनुभयो भने सोमपाल कामी र बसिरले एकएक विकेट हात पार्नुभयो। पहिलो खेलमा नेपाल जिम्बाबे ‘एसँग ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेल वर्षाले रद्द भएको थियो। बुधबारको जितसँगै नेपाल र जिम्बाबे ‘ए’बीचको तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ।अब नेपालले जिम्बाबे ‘ए’सँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ। सन्दीप लामिछानेको कप्तानीमा नेपाल क्रिकेट संघ क्यानले यसअघि नै एकदिवसीय खेलका लागि टिमको घोषणा गरिसकेको छ।
नेपाल र जिम्बावेबीच तेस्रो टी–२० खेल आज
नेपाल र पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी–२० खेल आज (बुधबार) हुँदैछ । कीर्तिपुर स्थित त्रिवि मैदानमा दिउँसो १:०० बजे हुने खेलमा नेपाल जिम्बावेलाई हराउँदै सिरिज बराबरी गर्ने दाउमा छ ।
लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा स्पेनिस क्लब भिल्लारियललाई ३–२ गोलले हरायो । लिभरपुलले समग्रमा ५–२ गोलको जित निकाल्यो ।
भलिबल लिगमा एपिएफको जित
विभागीय टोली नेपाल एपएिफ क्लबले छैटौं आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगको महिलातर्फ जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको खेलमा एपिएफले विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लबलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा हरायो ।
एसियाडका लागि तेक्वान्दो छनोट शुक्रबारदेखि
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि तेक्वान्दो खेलाडीको प्रारम्भिक छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । एसियाली खेलकुद भदौ २५ देखि असोज ९ गतेसम्म हुँदैछ ।