• १३ असार २०८१, बिहिबार

पुलिसको दुवै टोलीलाई सफलता

blog

भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : सौजन्य राखेप

काठमाडौँ, वैशाख २१ गते । दुई विभागिय टोली नेपाल पुलिस क्लबको महिला तथा पुरुष दुवै टोलीलाई छैटौँ आरबीबी एनभीए  राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा बुधबार विजयी  भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहल कोटस्मा महिलातर्फ पुलिसले बुटवलको एभरेष्ट भलिबल क्लबलाई २५–१८, २५–१९, २५–१४ ले हरायो ।  पुरुषतर्फ पुलिसले गण्डकी प्रदेश भलिबल क्लबलाई २५–२३, २५–१६, ३२–३० को सोझो सेटमा पन्छायो । 

महिलातर्फको अर्को खेलमा सेनाले न्यू डायमण्ड क्लबलाई २५–१६, २५–१२, २५–१२ को सोझो सेटमा हरायो । नेपाल पुलिसको यो जित सँगै दुई खेलबाट ६ अंक बनाएको छ । सेनाको तीन खेलबाट ६ अंक पुगेको छ । नेपाल एपिएफ क्लबको तीन, एभरेष्ट भलिबलको दुई तथा न्यू डायमण्डको एक अंक छ ।

राष्ट्रिय बाणिज्य बैंकको प्रायोजनमा भएको प्रतियोगिताको पुरुषतर्फ अर्को खेलमा टिपटप हेल्प नेपालले एपिएफ माथि ३–१ को जित निकाल्यो । टिपटपले एपिएफलाई २५–२२, २५–१९, २८–३०, २५–२३ ले हरायो । जितसँगै पुलिसले नौ अंक बनाएको छ । आर्मीको पनि समान नौ अंक छ । हेल्प नेपालको आठ, गण्डकीको चार र एपिएफको तीन अंक छ । गलकोटले अंकको खाता खोल्न सकेको छैन ।