• १३ असार २०८१, बिहिबार

सिटीलाई हराउँदै रियल म्याड्रिड फाइनलमा

blog

सिटीलाई हराएपछि खुशी ब्यक्त गर्दै रियलका कप्तान करिम बेन्जेमा । तस्बिर : एएफपी

काठमाडौँ, वैशाख २२ गते । स्पेनिस क्लब रियल म्याड्रिड सानदार पूनरागमन जित निकाल्दै च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा रियलले इङ्लिस क्लब म्यानचेस्टर सिटीलाई ३–१ गोलले हरायो ।

रियलले खेलको अन्त्यतिर पाँच मिनेटको अन्तरमा तीन गोल गरेको थियो । पहिलो लेगमा रियल सिटीसँग ४–३ गोलले पराजित भएको थियो । रियलले समग्रमा ६–५ गोलको जित निकाल्यो । सर्वाधिक १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको रियललाई फाइनलमा लग्न रोड्रिगोले दुई तथा कप्तान करिम बेन्जेमाले एक गोल गर्नुभयो ।

सिटीका रियाद महारेजले सुरुवाती गोल गरेपनि टोलीको हार टरेन ।महारेजले ७३औँ मिनेटमा गोल गर्दै सिटीको उत्साह जगाउनुभएको थियो । तर, ९०औँ मिनेटमा रोड्रिगोले पहिलो गोल फर्काएनु भयो । त्यसपछि इन्जुरी समयमा रोड्रिगोले र बेन्जेमाले लगातार गोल गर्दै रियललाई सानदार पूनरागमन जित दिलाउनुभयो ।

रियलले उपाधिका लागि लिभरपुलसँग प्रतिस्पर्धा गर्नेछ । लिभरपुलले स्पेनिस क्लब भिल्लारियललाई समग्रमा ५–२ गोलले हराउँदै फाइनलमा स्थान बनाएको हो । फाइनल खेल मे २९ तारिख हुनेछ । एजेन्सी