• १२ असोज २०८१, शनिबार

सुर्खेत जिल्ला फुटबल संघमा चन्द

blog

सुर्खेत जिल्ला फुटबल संघका निर्वाचित पदाधिकारीहरु ।

काठमाडौँ, वैशाख २२ गते । सुर्खेत जिल्ला फुटबल संघको अध्यक्षमा रविन्द्र चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । विवादका कारण यसअघि रोकिएको सुर्खेतको निर्वाचन बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय सातदोवाटोमा सम्पन्न भएको हो । 

साधारणसभाले उपाध्यक्षमा चन्द्रकुमार श्रेष्ठ, ललितजंग शाही र दर्शन शाहा निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा ममता राई, मानसिंह गुरुङ, मदन रिमाल, दलबहादुर केसी, गोवद्र्धन खड्का, देवीसर गुरुङ, प्रकाश राना क्षेत्री, ईन्द्रलाल चौधरी, खगेन्द्र बहादुर विष्ठ, भुपेन्द्र शाही र कृष्णबहादुर रावल हुनुहुन्छ । 

असार ६ गतेका लागि तय भएको एन्फाको चुनावी साधारण सभाका लागि अन्य जिल्लाको निर्वाचन सम्पन्न भइसकेको छ । एन्फामा आवद्ध ४८ जिल्लामध्ये निर्वाचनका ४५ जिल्लालाई मताधिकार रहेको छ । यसैगरी ‘ए’ डिभिजन लिगका १४ क्लब सबैलाई, ‘बी’ डिभिजन रहेका १४ मध्ये ११ र ‘सी’ डिभिजन रहेका १४ मध्ये नौ क्लबलाई मताधिकार रहेको छ । 

यसैगरी एन्फाको रेफ्री संघ, खेलाडीसँग, प्रशिक्षक संघ र महिला संघलाई पनि मताधिकार रहेको छ । यी संघहरुको पनि निर्वाचन सम्पन्न भईसकेको छ । एन्फाले दुई बर्षअघि नै राष्ट्रिय लिगका लागि छनोट भएर आएका चार क्लबलाई पनि मताधिकार दिने निर्णय गरेको छ ।