• १३ असार २०८१, बिहिबार

१९औँ एसियन गेम्स स्थगित

blog

काठमाडौँ, वैशाख २३ गते । चीनमा कोरोना संक्रमण दर बढ्न थालेपछि हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्मका लागि तय भएको १९औँ एसियाली खेलकुद (एसियाड) स्थगित गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले शुक्रबार एसियन गेम्स स्थगित गरेको जनाएको छ । 

काउन्सिलले चिनिया ओलम्पिक कमिटी र हाङझाव एसियाली खेल आयोजक समितिसँग छलफल गरी एसियाड तत्कालका लागि स्थगित गरिएको जनाएको हो । ओसिएका अनुसार एसियाड अब सन् २०२३ मा हुनेछ । नयाँ मिति पछि घोषणा गरिने पनि ओलम्पिक काउन्सिलले जनाएको छ । 

नेपालले हालै मात्र एसियाडमा २३ खेलमा सहभागिता जनाउने निर्णय गरेको थियो । सोही बमोजिम सम्बिन्धित खेलका खेलाडी छनोट गर्न छनोट प्रतियोगिता धमाधम आयोजना भईरहेको छ । अधिकांश खेलको खेलाडी छनोट समेत भईसकेको छ । 

एसियाडमा नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबलटेनिसमा भाग लिने तयारी गरेको थियो ।