• ८ जेठ २०८१, मङ्गलबार

नेपाल जिम्बावेसँग पराजित

blog

जिम्बाबे ‘ए’ र नेपाल पहिलो एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दै । तस्बिर सौजन्य : क्यान

काठमाडौँ, वैशाख  २३ गते । जिम्बाबे ‘ए’ विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपाल पराजित भएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल जिम्बावेसँग तीन विकेटले पराजित भयो । नेपालले दिएको १ सय ३७ रनको विजय लक्ष्य जिम्बावेले २६ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको थियो ।

जिम्बावेका लागि इनोसेन्ट कियाले अविजित ४८ रन बनाउनुभयो । सेफास झुवाले ३२, ब्राड इभान्सले अविजित १७ र रोय कियाले १४ रन बनाउनुभयो । बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र सागर ढकालले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ बलमा सवै विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाउनु भयो । करण केसीले २५, कुशल भुर्तेलले १९ र दिपेन्द्र सिंह ऐरीले १८ रन बनाउनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सक्नुभएन ।

नेपाललाई सस्तैमा समेट्न जिम्बावेका ब्राड इभान्सले चार विकेट लिनुभयो । भिक्टर, ब्राण्डन माभुता र सेफासले दुई दुई विकेट झार्नुभयो । जितसँगै जिम्बावेले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । दोस्रो एकदिवसीय खेल शनिबार हुनेछ ।यसअघि भएको तीन खेलको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो। एक खेल बर्षाका कारण स्थगित भएको थियो ।