• १४ असार २०८१, शुक्रबार

लिग भलिबलमा पुलिसको अपराजित यात्रा जारी

blog

लिग भलिबलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर सौजन्य : श्याम चित्रकार

काठमाडौँ, वैशाख २२ गते । विभागिय टोली नेपाल पुलिस क्लबले छैटौँ आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग भलिबलमा अपराजित यात्रा कायम राखेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा जारी प्रतियोगितामा पुलिसले बिहीबार महिलातर्फ न्यू डायमण्डलाई ३–० को सोझो सेटमा हरायो ।

पुलिसले २५–११, २५–१७, २५–१५ को जित निकालेको थियो । तीन खेलमा अपराजित पुलिसले नौ अंक बनाएको छ । अर्को खेलमा एपिएफ क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–१ को सेटमा स्तब्ध बनायो । एपिएफले २५–१३, २५–१०, १९–२५, २५–१९ को जित निकालेको हो । एपिएफको तीन खेलबाट ६ अंक भएको छ ।

पुरुषतर्फ गलकोट स्पोर्टस् क्लब र हेल्प नेपालले जित निकाले । गलकोटले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–२ सेटमा हरायो । गलकोटले ढोरपाटनलाई २३–२५, २५–१५, १८–२५, २५–२२, १५–८ ले पराजित गरेको हो । जितसँगै गलकोटले दुई अंक बनाएको छ । ढोरपाटनको एक अंक छ ।

अर्को खेलमा टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबले पुलिस क्लबलाई ३–० को सोझो सेटमा हरायो । हेल्प नेपालले २५–२३, २५–२३, २५–२० को जित निकालेको हो । जितसँगै हेल्प नेपालको ११ अंक बनाएको छ । आर्मी क्लबको १२ अंक छ ।