खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा : मुख्यमन्त्री आचार्य
तुलसीपुर–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेल क्षेत्रको विकास प्रदेशकै प्राथमिकतामा रहेको बताउनुभएको छ । तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभयो ।
मच्छिन्द्रलाई हराउँदै सङ्कटा फाइनलमा
दशरथ रङ्गशालामा सोमबार भएको प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा मच्छिन्द्र क्लबलाई सडनडेथमा ८–७ गोलले हराउँदै सङ्कटाले फाइनलमा स्थान बनाएको हो ।
आर्मीलाई पेनाल्टीमा हराउँदै पुलिस फाइनलमा
सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको दोस्रो क्वालिफायर खेलमा पुलिसले विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा २–१ गोलले हरायो ।
साफ महिला उपविजेता टोली सम्मानित
गोर्खा समाज बेल्जियमले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोलीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
राष्ट्रिय बुद्धिचालमा रुपेशको एकल अग्रता
नेपाल बुद्धिचाल महासङ्घको आयोजनामा हेटौँडामा जारी २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेस्रो चरण सम्पन्न हुँदा पुरुषतर्फ एफएम रुपेश जैसवालले अग्रता बनाउनुभएको छ ।
टाइगर कप भलिबल : ट्राभल इन्क्वारीको लगातार दोस्रो हार
पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डले लगातार दोस्रो हार बेहोरेको छ ।
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते फागुनमा
चौथो संस्करणको कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता फागुन १६ देखि १८ गतेसम्म ललितपुरमा हुने भएको छ ।
फ्रेन्ड्सलाई हराउँदै एनआरटी सेमिफाइनलमा
न्यूरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रङ्गशालामा आइतबार भएको खेलमा एनआरटीले फ्रेन्ड्सलाई ३–१ गोलले हरायो ।
एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न
दाङको घोराही उपमहानगरपालिकाले चार दिने एन्फा कम्युनिटी कोचिङ कोर्स सम्पन्न भएको छ ।
आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स सम्पन्न
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा सञ्चालन भएको दुईदिने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स आइतबार सम्पन्न भएको छ।
पाँचथर गोल्डकप विजेताले ११ लाख पाउने
पाँचथर गोल्डकप प्रतियोगिताको पाँचौ संस्करण फागुन २४ गतेदेखि चैत्र २ गतेसम्म हुने भएको छ ।
त्रिकोणात्मक टी–२० सिरिजका लागि महिला टोलीको घोषणा
कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ १७ देखि २५ गतेसम्म नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित त्रिकोणात्मक सिरिज हुँदैछ ।
राष्ट्रिय बुद्धिचाल : राजन र ईशाको विजयी सुरुवात
झापाका राजन सुवेदी र बाँकेकी ईशा गिरीले २५औँ पुरुष तथा १०औँ महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गर्नुभएको छ ।
एमबाप्पेको ह्याट्रिकमा रियल विजयी
प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि रियल म्याड्रिडले स्पेनिस ला लिगामा रियल भालाडोलिडमाथि सहज जित निकालेको छ ।
एन्फा कार्यसमिति बैठक बोलाउन माग
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का सात सदस्यले विभिन्न आठ एजेन्डामाथि छलफल गर्न कार्यसमिति बैठक बोलाउनका लागि सामूहिक माग गरेका छन् ।
इप्सवीच टाउनमाथि लिभरपुलको सहज जित
घरेलु मैदानमा शनिबार राति भएको खेलमा लिभरपुलले इप्सवीच टाउनलाई ४–१ गोलले हरायो ।
टाइगर कप भलिबल : सुनिल भलिबल क्लबको जित
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ ।
वडास्तरीय भलिबलको उपाधि नवदुर्गा युवा क्लब जुकियालाई
तानसेन नगरपालिका ११ को आयोजना गरिएको वडास्तरीय भलिबल प्रतियोगितामा नवदुर्गा युवा क्लब जुकिया प्रथम भएको छ ।
फिदिम भेट्रान्स गोल्डकपको उपाधि रेड स्टार विर्तामोडलाई
फिदिममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्सको उपाधि रेड स्टार क्लब विर्तामोडले उचालेको छ।
कुशल भुर्तेलले अर्जुन ट्रफी प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता डडेलधुराको क्लबबाट खेल्ने भएका छन्।
एन्जिलालाई ग्रिसको लिग खेल्ने अनुमति
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाउनुभएको छ ।
सविनलाई दौड उपाधि
७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शनिबार आयोजित पाँच किलोमिटर दौडको उपाधि नेपाली सेनाका सविन कार्कीले जित्नुभएको छ ।
प्रधानमन्त्री कप : एपिएफ च्याम्पियन
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो ।
आर्मीलाई हराउँदै एपिएफ फाइनलमा
विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।