काठमाडौँ, माघ १३ गते । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको आयोजनामा सञ्चालन भएको दुईदिने आईटीएफ तेक्वान्दो राष्ट्रिय अम्पायर कोर्स आइतबार सम्पन्न भएको छ।
त्रिपुरेश्वरमा शनिबार र आइतबार चलेको कोर्समा सात प्रदेश र तीन विभागीय टोलीका गरी एक सय २५ जनाको सहभागिता रहेको महासङ्घका अध्यक्ष प्रविण कार्कीले जानकारी दिनुभयो ।
सहभागीलाई आईटीएफ नेपालका उपाध्यक्ष राजमन्दिर श्रेष्ठ, उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक उमेश राजथला, केन्द्रीय सदस्य तथा सहायक प्रशिक्षक राजेन्द्र धिमालले प्रशिक्षण दिनुभएको थियो ।
यसअघि कोर्सको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गर्नुभएको थियो ।