• १४ माघ २०८१, सोमबार

एन्जिलालाई ग्रिसको लिग खेल्ने अनुमति

blog

एन्जिला तुम्बापो सुब्बा ।

काठमाडौँ, माघ १२ गते । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रिसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाउनुभएको छ । 

लिगका लागि गएको भदौमै अनुबन्ध भए पनि एन्जिलालाई ग्रिस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४/२५ को लागि अनुबन्ध गरेको हो ।

क्लब र एन्जिलाबिचको सम्झौता रकम खुलाइएको छैन । उहाँ मङ्सिरमै लिगका लागि अनुबन्ध भएपनि कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा मात्र रहनुभएको थियो ।

शुक्रबार अनुमिति पत्र पाएपछि उहाँले युरोपमा खेल्ने पक्का भएको हो । उहाँ सम्मिलित अट्रोमिटौले अहिले लिगमा १० खेल खेलेर दुई जित निकाल्दै नौ अङ्कसहित नवौँ स्थानमा छ । 

यसअघि एञ्जिलाले भारत र पाकिस्तानको लिग पनि खेलिसक्नुभएको छ । नेपालका विभागीय टोली एपिएफ क्लबबाट खेल्दै आउनुभएकी एन्जिला युरोपमा लिग खेल्ने स्ट्राइकर सावित्रा भण्डारीपछि दोस्रो महिला खेलाडी बन्नुहुनेछ ।