• १४ माघ २०८१, सोमबार

प्रधानमन्त्री कप : एपिएफ च्याम्पियन

blog

ट्रफीसँग एपिएफकी कप्तान इन्दु बर्मा ।

अविनाश चौधरी

धनगढी, , माघ १२ गते । प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताका उपाधि विभागीय टोली नेपाल एपिएफ क्लबले जितेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हरायो । जितका लागि ६८ रनको लक्ष्य पछ्याएको एपिएफले १२.५ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

एपिएफका लागि ममता चौधरीले अविजित ४३ र कप्तान इन्दु बर्माले अविजित १८ रन बनाउनुभयो । यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १८.१ ओभरमा सबै विकेटको क्षतिमा ६७ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान विन्दु रावलले १७ रन बनाउनुभयो । मनिषा बोहराले १८ अविजित रन बनाउनुभयो । बलिङमा एपिएफकी कविता कुँवरले तीन विकेट लिनुभयो । कप्तान इन्दु बर्मा र सबनम राईले दुई दुई तथा करुणा भण्डारी र कविता जोशीले एक एक विकेट लिनुभयो ।