• १४ माघ २०८१, सोमबार

आर्मीलाई हराउँदै एपिएफ फाइनलमा

blog

फाइल तस्बिर ।

काठमाडौँ, माघ १२ गते । विभागीय टोली नेपाल एपिएफ क्लब एन्फा राष्ट्रिय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा शनिबार भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई २–१ गोलले हरायो । साविक विजेता एपिएफले लिगमा अपराजित यात्रा कायम राख्दै आर्मीमाथि पुनरागमन जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा सुरुवाती अग्रता आर्मीले लिएको थियो । आर्मीका लागि हिमा चौधरीले नवौँ मिनेटमा गर्नुभएको सुरुवाती गोल सान्त्वना बन्यो ।

एपिएफको जितमा दुवै गोल रश्मी घिसिङले गर्नुभयो । उहाँले ७८औँ र ८८औँ मिनेटमा गोल गर्नुभएको थियो । एपिएफकी प्रिति राई प्लेयर अफ दी वमन हुनुभयो ।