खो खो विश्वकप : नेपाली टिम पुग्यो फाइनलमा
नेपालको खो खो खेलाडीले शनिबार नेपाली खेलकुदको इतिहासमा गौरवशाली अध्याय कोरेको छ । नेपालको पुरुष र महिला टिमले खो खो विश्वकप प्रतियोगिताको फाइनलमा स्थान बनाएर इतिहास बनाएका हुन् ।
खोखो विश्वकप : नेपालको महिला टोली फाइनलमा
नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा शनिबार भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको हो ।
पिएम कपः सुदूरपश्चिममाथि एपिएफको जित
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली सुदूरपश्चिममाथि एपिएफले जित निकालेको छ ।
भट्टराई राखेप कार्यकारी समितिमा नियुक्त
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईलाई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ ।
बागमतीसँग बराबरीमा रोकियो पुलिस
विभागीय टोली नेपाल पुलिस क्लब एन्फा राष्ट्रिय महिला सुपर लिग फुटबलमा बागमती युथ क्लबसँग बराबरीका रोकिएको छ ।
नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित
मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार भएको समूहको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित भयो ।
प्रधानमन्त्री कप क्रिकेट : एपिएफले सुदूरपश्चिमलाई हरायो
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शनिबार भएको खेलमा एपिएफले सुदूरपश्चिमलाई ५९ रनले हरायो । जितसँगै एपिएफ अपराजित रहँदै समूह ‘ए’ बाट सुपर चारमा प्रवेश गरेको छ ।
लुम्बिनी कप महिला फुटबल : नेपाल र भारतका आठ टीम सहभागी हुने
महिला फुटबलको विकासका लागि पहिलो पटक नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको लुम्बिनी कप महिला फुटबल प्रतियोगिता आयोजना गरिने भएको छ ।
आजबाट विश्व यु–१९ महिला क्रिकेट , सुपर सिक्समा पुग्ने लक्ष्य
नेपाली पुरुष यु–१९ ले आठ पटक विश्वकप खेलेको छ । विश्व यु–१९ क्रिकेटमा नेपालको गर्विलो छविलाई महिला क्रिकेटले थप उच्च पारेको छ ।
रेसुङ्गा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु
गुल्मीको रेसुङ्गा नगरपालिकामा छैठौं राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद’ भन्ने नाराका साथ नगरपालिकाले स्थानीय तहस्तरीय अन्तरविद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको हो ।
रुपन्देहीमा तीन लाख राशीको स्नुकर प्रतियोगिता हुने
बुटवलमा सर्वाधिक राशीको स्नुकर प्रतियोगिता हुने भएको छ ।
जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई
बाँकेको नरैनापुर गाँउपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगन्ज ८ ले हात पार्न सफल भएको छ ।
अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० क्रिकेट प्रतियोगिता हुने
नेपाल विद्यार्थी सङ्घ, केन्द्रीय समितिले यही माघ ७ गतेदेखि अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टि २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
खेलकुद विधेयक ल्याउने तयारी : राई
कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले प्रदेशका सबै खेललाई व्यवस्थित र सबल बाउन तथा खेलको विकास लागि खेलकुद विधेयक ल्याउने तयारीमा जुटेको बताउनुभएको छ ।
कबड्डी लिगको तयारी पूरा
फ्रेन्चाइज लिगको रुपमा सञ्चालन हुन लागेको प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।
‘टी–२० जय नेपाल कप’ मा आठ टिम
नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ) को आयोजनामा माघ ७ गतेदेखि दक्षिण एसियाली विश्वविद्यालय ‘टी–२० जय नेपाल कप’ क्रिकेट प्रतियोगिता हुने भएको छ ।
१०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित
बैठकले हालै सम्पन्न नेपाल ओलम्पिक कमिटी (एनओसी) को चुनाव र साधारण सभा अवैध भएको ठहर गर्दै आवश्यक प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ ।
पुलिसमाथि आर्मीको कठिन जित
सातदोवाटोस्थित एन्फा मैदानमा बिहीबार भएको खेलमा आर्मीले पुलिसलाई १–० गोलले हरायो ।
वर्षाका कारण प्रधानमन्त्री कपको खेल रद्द
प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारको दुवै खेल वर्षाका कारण रद्द भएको छ ।
नेपाल खोखो विश्वकपको क्वार्टरफाइनलमा
नयाँ दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहीबार भएको लिग चरणको अन्तिम खेलमा भुटानलाई ९८–८ ले हराउँदै नेपाल क्वार्टरफाइनलमा पुगेको हो ।
पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु
यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न बुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो ।
१४औँ साग आयोजनाको तयारी
पाकिस्तानले १४औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग) आयोजनाको तयारी गरेको छ ।
आर्मीलाई हराउँदै पुलिस च्याम्पियन
वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल चरणको तेस्रो तथा अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई २८ रनले हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
अर्जुन ट्रफीको अनावरण
गो ड्रिमर्सको आयोजनामा आगामी माघ १९ गतेदेखि २८ गतेसम्म धनगढीमा आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।