काठाडौँ, माघ ५ गते । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्का सदस्य कमलबहादुर भट्टराईलाई राखेप कार्यकारी समितिको सदस्यमा नियुक्त गरेको छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले शुक्रबार भट्टराईलाई राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १४ को उपदफा (१) बमोजिमको कार्यकारी समितिमा सोही उपदफाको खण्ड ‘ग’ बमोजिम सदस्यमा नियुक्त गर्नुभएको हो ।
गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई राखेपको सदस्यमा नियुक्त गरेको थियाे ।