• ५ माघ २०८१, शनिबार

जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको उपाधि नेपालगन्ज ८ लाई

blog

प्रतियोगिताको उपाधि विजेता वडा नम्बर ८ को टोली ट्रफीका साथ । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, माघ ४ गते ।
बाँकेको नरैनापुर गाउँपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगन्ज ८ ले हात पार्न सफल भएको छ ।

भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको फाइनल खेलमा नेपालगन्ज ५ लाई तीन विकेटले पराजित गर्दै नेपालगन्ज ८ ले उपाधि जित्न सफल भएको हो ।

फाइनल खेलमा पहिले ब्याटिङ् गरेको नेपालगन्ज ५ ले निर्धारित ओभरमा १४६ रन बनाएको थियो । सो स्कोरमा राष्ट्रिय खेलाडी सवेन्दु पाण्डेले ४२ र सद्दाम खानले ३४ रन बनाउनुभएको थियो । वडा नम्बर ८ का बलर अल्ताफ शेषले ३ र जानु कसगरले २ बिकेट हासिल गर्नुभएको थियो ।

१४७ रनको विजयी लक्ष्य लिएर ब्याटिङ् गर्न उत्रिएको वडा नम्बर ८ ले १४.३ ओभरको खेलमा ७ विकेट गुमाउँदै १४७ रन बनाएर उपाधी जित्न सफल भएको थियो । सो टोलीका जानु कसगरले ३१ रन बनाउँदै २ बिकेट समेत लिन सफल भएकाले उहाँलाई म्यान अफ द फाइनल घोषित गरियो ।

यसैगरी प्रतियोगिताका बेस्ट प्लेयर वडा नम्बर ८ का सलाम शेष, बेस्ट व्याट्सम्यान नरैनापुर २ का सलाम खान र बेस्ट बलर वडा नम्बर ५ का दानिस खानलाई घोषित गरियो ।

प्रतियोगिताका विजेतालाई नगद ६० हजार, कप, पदक तथा प्रमाणपत्र र उपविजेता टिमलाई नगद ३० हजार, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।  प्रतियोगितामा बाँके जिल्लाका ८ वटै स्थानीय तहका तिन दर्जन टिमको सहभागिता थियो ।