राधा लुइटेल
फिदिम, माघ १२ गते। फिदिममा आयोजित दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण फिदिम भेट्रान्सको उपाधि रेड स्टार क्लब विर्तामोडले उचालेको छ।
शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा फिदिम भेट्रान्स क्लबलाई ४-२ गोलले पछि पार्दै विर्तामोड उपाधि हात पार्न सफल भएको हो।
शनिबार फिदिम माविको खेल मैदानमा सम्पन्न फाइनलमा विर्तामोडका खेमराज पोखरेलले तीन गोल गर्नुभयो। अर्को एक गोल बुद्व चेम्जोङले गर्नुभयो।
आयोजक फिदिम भेट्रान्सका तर्फबाट सुवास लिम्बू र अशोक लिम्बूले १-१ गोल पर्काउनुभयो। जितसँगै विर्तामोडले नगद एक लाख पाँच हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता फिदिमले ५० हजार नगद र ट्रफीमा चित्त बुझाएको छ।
प्रतियोगितामा विर्तामोडको झापाका भुपेन जवेगू सर्वोत्कृष्ट खेलाडी घोषित हु‘दै नगद पॉच हजारसहित पुरस्कृत हुनुभयो। झापाकै मिलन बस्नेत वेष्ट गोल किपर, फिदिमका अनिल चुडाल वेष्ट डिफेन्स, झापाका प्रेमकृष्ण श्रेष्ठ बेष्ट कोच, झापाका बुद्व चेम्जोङ वेष्ट फरवार्ड, फिदिमका प्रदेश केसी वेष्ट मिडफिल्ड, झापाका खेमराज पोखरेल हाइ स्कोरर घोषित हुनुभयो। उहाँहरुले नगद दुई हजार पाउनुभयो।
विजेता टिम र खेलाडीलाई प्रमुख अतिथि जिल्ला खेलकुद विकास समिति पॉचथरका अध्यक्ष सन्तोष मोक्तानले पुरस्कार र ट्रफी प्रदान गनुर्भयो।
बुधबारदेखि सुरु भएको प्रतियोगितामा भारतको एक सहित आठ टिम सहभागी थिए। विजेता रेड स्टार क्लब झापाले एक लाख पाँच हजार र उपविजेताले ५० हजार रुपियाँ पुरस्कारसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन्।