नेपाल र बङ्गलादेशको खेल प्रतिस्पर्धात्मक हुने दावी
नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पहिलो मैत्रीपुर्ण खेलमा बिहीबार घरेलु टोली बङ्गलादेशसँग खेल्दैछ। नेपाल र बङ्गलादेशबीचको खेल, ढाकाको कमलपुरस्थित वीरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा साँझ ५:४५ बजे सुरु हुनेछ ।
कबड्डी सङ्घमा फेरि थापा
अखिल नेपाल कबड्डी सङ्घको अध्यक्षमा तुलसा थापा पुन: निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न अधिवेशनले तुलसी थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
हेल्प नेपाल र आर्मीको जित जारी
टिप टप हेल्प नेपाल र त्रिभुवन आर्मी क्लबसातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार चौथो जित निकालेका छन् ।
शाह एसियन एथलेटिक्सको सदस्यमा निर्वाचित
नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाह एसियन एथलेटिक्स एसोसिएसनको सदस्यमा निर्वाचित हुनुभएको छ । थाइल्याण्डको बैंककमा भएको एसोसिएसनको साधारण सभाले शाहलाई सदस्य पदमा निर्वाचित गरेको हो ।
एसियाड लक्षित एन्टी डोपिङ सम्बन्धी कक्षा सुरु
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत १९औँ एसियाली खेलकुद सचिवालयको आयोजनामा खेलाडी तथा प्रशिक्षकलाई लक्षित गरी एन्टी डोपिङ कक्षा मंगलबारदेखि सुरु भएको छ । तीनदिने कक्षा सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरसमा सुरु भएको हो ।
नेपाल पुलिस र टिप टपको जित जारी
नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगको चौथो दिन पनि जित जारी राखेका छन् ।
सरकार र निजी क्षेत्र नमिली खेल क्षेत्रको प्रवर्द्धन हुन सक्दैन : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकार र निजी क्षेत्र नमिलीकन खेल क्षेत्रको प्रवर्द्धन हुन नसक्ने बताउनुभएको छ ।
नेपालको एक दिवसीय वरीयता खस्कियो
नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय वरीयता एक स्थान खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको हो ।
फुटबल क्लब सङ्घको अध्यक्षमा शेर्पा
नेपाली फुटबलको विकास र क्लब फुटबललाई व्यावसायिक बनाउने लक्ष्यसहित कर्माछिरिङ शेर्पाको अध्यक्षतामा नेपाल फुटबल क्लब सङ्घ गठन गरिएको छ ।
महिला फुटबल टोलीको बिदाइ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बङ्गलादेशसँग जुलाई १३ र १६ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली महिला फुटबल टोलीको बिदाइ गरेको छ ।
सातौँ प्रधानमन्त्री कप भलिबल : नेपाल पुलिसको तेस्रो जित
नेपाल पुलिस क्लबको महिला टोलीले सातौँ प्रधानमन्त्री कप एभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिगमा लगातार तेस्रो जित निकालेको छ ।
क्रिकेट टोली श्रीलङ्का प्रस्थान
श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपमा भाग लिने नेपाली क्रिकेट टोली सोमबार श्रीलङ्का प्रस्थान गरेको छ ।
पूर्व राष्ट्रिय खेलाडी सम्मानित
नेपालको प्रतिनीधित्व गर्दै अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने पूर्व राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ ।
मनास्लु र आईएसलाई गोल्डेनगेट बास्केटबल उपाधि
मनास्लु वर्ल्ड कलेज र आईएस नेपालले गोल्डेनगेट इन्टरनेसनल कलेज एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् ।
सातौँ प्रधानमन्त्री कप भलिबल : आर्मीको दोस्रो जित
साबिक विजेता त्रिभुवन आर्मी क्लबले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ लगातार दोस्रो जित निकालेको छ ।
यू–१६ विजेता खेलाडीलाई एसपीएको सम्मान
अघिल्लो हप्ता मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको नेपाली टोलीका तीन जना खेलाडीलाई एसपीए कलेजले सम्मान गरेको छ ।
भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले लियो
नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भएको भ्याली फुटसल च्याम्पियनसिपको उपाधि ललितपुर महानगरपालिकाले जितेको छ । काठमाडौँ उपत्यकाको २२५ टिमको सहभागितामा रहेको प्रतियोगितामा गोकर्णेश्वर नगरपालिकालाई ७–२ को गोल अन्तरतले पराजित गर्दै ललितपुरले उपाधि जितेको हो ।
अखिल कप भलिबलको उपाधि कमर्श क्याम्पसलाई
अनेरास्ववियु आर आर क्याम्पस कमिटीले आयोजना गरेको प्रथम अनेरास्ववियु आर आर भलिबल कप–२०८० को उपाधि नेपाल कमर्श क्याम्पस काठमाडौँले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा न्युटन कलेजलाई ४–१ ले पराजित गर्दै नेपाल कमर्श क्याम्पसले उपाधि हात पारेको हो । उपाधिसँगै नेपाल कमर्श क्याम्पसले नगद एक लाख जित्यो । दोस्रो हुने न्युटन कलेजले ५० हजारमा चित्त बुझायो ।
आर्मी र पुलिसको विजयी सुरुवात
साविक विजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ विजयी सुरुवात गरेका छन् ।
रेगन र सुचित्रा सम्मानित
मानसिंह डोजोले १५औँ कोरिया ओपन कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल आफ्ना खेलाडीलाई सम्मान गरेको छ । डोजोले रेगन घले र सुचित्रा गुरुङलाई सम्मान गरेको हो ।
नेपालका सात खेलाडी एसियन एथलेटिक्स च्याम्पियनसिप खेल्दै
थाइल्यान्डमा जुलाई १० देखि १७ तारिखसम्म आयोजना हुने २५औँ एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका सात खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको घोषणा
नेपाल क्रिकेट सङ्घ (क्यान) ले श्रीलङ्कामा जुलाई १३ तारिखदेखि सुरु हुने इमर्जिङ टिम्स एसिया कपको लागि १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ ।
‘विश्वकप छनोटमा नेपाली खेलाडीको प्रदर्शन सकारात्मक’
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुननसके पनि केही खेलाडीको प्रदर्शनले सकारात्मक सन्देश दिएको बताउनुभएको छ। जिम्बावेमा भएको छनोट खेलेर शुक्रबार स्वदेश फर्र्किएको नेपाली टोलीका प्रशिक्षक देसाईले लक्ष्य प्राप्ति नभए पनि केही खेलाडीको प्रदर्शन सम्झनालायक रहेको उल्लेख गर्नुभयो।
विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम स्वदेश फिर्ता
जिम्बावेमा भएको आइसिसी विश्वकप छनोट खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम शुक्रबार स्वदेश फर्किएको छ। प्रतियोगितामा नेपाल समूह चरणमा जिम्बावे, वेस्टइन्डिज र नेदरल्यान्डसँग पराजित भएको थियो भने नेपालले अमेरिकालाई पराजित गरेको थियो ।