पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन आदेश
जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दा हाल्ने किशोरीलाई अन्तरिम क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ ।
तरूण सरदेशाई गल्फ टिमको प्रशिक्षकमा नियुक्त
१९औँ एसियाली खेलकुदका लागि तरूण सरदेसाईलाई नेपाल गल्फ सङ्घले प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ सङ्घ र तरूण सरदेसाई बीच एसियन गेम्सको लागि सम्झौता भएको छ ।
महिला तथा पुरुष लिग भलिबल असार अन्तिममा
नेपाल भलिबल सङ्घको आयोजनमा सातौँ प्रधानमन्त्री कप–एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० असार अन्तिम साता हुने भएको छ ।
एसियाडका लागि रग्बी टोली घोषणा
चीनको होङझावमा हुने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने रग्बी पुरुष टोलीको आइतबार घोषणा गरिएको छ ।
नेपाललाई सान्त्वना जितको आशा
साफ च्याम्पियन्सीप २०२३ मा नेपालको चुनौती समाप्त भइसकेको छ । यद्यपि समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्धको खेल नेपालका लागि विभिन्न अर्थमा महत्त्वपूर्ण हुनेछ ।
‘बिग्रेका पक्ष सपार्न लागिपरेका छौँ’: अध्यक्ष नेम्वाङ
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने फुटबल प्रतियोगिताका लागि प्रायोजकको कहिल्यै कमी भएन । यसबाहेक फिफाबाट एन्फालाई वार्षिक रुपमा लाखौँ डलर समेत आए त्यसैले यो संस्था धनी मध्येको एक बनेको छ । अन्य खेल संस्थाभन्दा एन्फा आर्थिक र भौतिक रूपमा सबल छ । तर अहिले नेपाली फुटबलको लोकप्रियतालाई क्रिकेटले चुनौती दिइरहेको छ । फिफाको खातामा रहेको एन्फाको रकम पनि कन्ट्रोल फन्डिङमा हुँदा एन्फा आर्थिक रूपले पनि समस्यामा छ ।
बिच सकर विश्वकप स्थगित
विश्व फुटबल महासंघ (फिफा) ले युएईले आयोजना गर्न लागेको फिफा बीच सकर विश्वकप २०२३ नोभेम्बरको सट्टा फेब्रुअरी २०२४ मा आयोजना गर्ने निर्णय गरेको छ।
सरकारले चितवन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्छ : खेलकुदमन्त्री लिम्बु
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ।
काभा पुरुष भलिबल : नेपाल सबै खेलमा पराजित
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको सबै खेलमा हार खेपेको छ ।
विजय र समीक्षालाई स्केटबोर्ड उपाधि
छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि विजय लिम्बु र समीक्षा राईले जित्नुभएको छ । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषतर्फ विजय रमहिलामा समीक्षा च्याम्पियन बन्नुभएको हो ।
‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन हुने
प्रकाशक क्रियटिभ बुक्सले नेपाली खेलकुदको समग्र इतिहासको वृत्तान्त खोतल्ने खोजमूलक पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ प्रकाशन गर्ने भएको छ ।
साफ च्याम्पियन्सिप २०२३ : नेपाल समूह चरणबाट बिदा
साफ च्याम्पियन्सिप २०२३ मा नेपाल शनिबार भारतसँग २–० ले हारेर समूह चरणबाट बिदा भएको छ । पछिल्लो संस्करणमा नेपाल फाइनलमा भारतसँग हारेर उपविजेतामा सीमित बनेको थियो । यस प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हारले नेपालको सेमिफाइनल प्रवेशको ढोका बन्द भयो । नेपाल उद्घाटन खेलमा कुवेतसँग पनि पराजित भएको थियो । अब नेपाल र पाकिस्तानबिच मङ्गलबार खेलिने खेल प्रतिष्ठाका लागि मात्र हुने छ । पकिस्तान पनि सुरुका दुई खेल हारेर प्रतियोगिताबाट बिदा भइसकेको छ । समूह ‘ए’ बाट कुवेत र भारत सेमिफाइनलमा पुगेका छन् ।
नेदरल्यान्ड्ससँग लज्जासपद हारसँगै बाहिरियो नेपाल
नेपाल जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको समूह चरणबाटै बाहिरिएको छ । हरारे स्पोर्ट्स क्लबको मैदानमा शनिबार भएको समूह ‘ए’ को जित्नै पर्ने अन्तिम खेलमा नेदरल्यान्ड्ससँग सात विकेटको लज्जासपद हार खेपेपछि नेपाल विश्वकप छनोटको यात्रा समूह चरणमै सकिएको हो ।
तेस्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि
नेपाल ब्याडमिन्टन सङ्घको तत्त्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन सङ्घ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेदेखि हुनेभएको छ ।
नेपालले दियो नेदरल्यान्ड्सलाई एक सय ६८रनको मध्यम लक्ष्य
ब्याटिङ नचलेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा जितका लागि नेदरल्यान्ड्सलाई एक सय ६८ रनको मध्यम लक्ष्य दिएको छ ।
नेपाल दबाबबीच नेदरल्यान्ड्ससँग पहिले ब्याटिङ गर्दै
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा शनिबार (आज) नेपालले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।
गोरखापत्रकर्मी शाक्यलाई एनओसी उत्कृष्ट छापामाध्यम अवार्ड
नेपाल ओलम्पिक कमिटी (एनओसी) ले गोरखापत्र दैनिकका खेलपत्रकार प्रजित शाक्यसहित चार पत्रकारलाई एनओसी उत्कृष्ट अवार्ड प्रदान गरेको छ ।
१९औँ एसियाड : गल्फको अर्जुन दृष्टि पदकमा
नेपाली गल्फरले १९औँ एसियाली खेलकुद (एसियाड) लाई लक्षित गरेर तयारी गरेको लामो समय भयो । गल्फ टोलीले दुई वर्षअघि देखि स्वदेश र विदेशमा गएर तयारी गर्दै आएको छ ।
नेपाललाई भारतसँग हार्ने छुट छैन
साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतसँगको खेलमा हार्ने छुट छैन। पहिलो खेलमा कुवेतसँग ३–१ ले पराजित भएपछि नेपाल दबाबमा परेको छ। अझै दुई खेल बाँकी रहेकाले नेपालको शीर्ष दुई स्थान हासिल गरेर अन्तिम चारमा पुग्ने सम्भावना भने सकिएको छैन तर सो सम्भावना कायम राख्न भारतविरुद्ध कम्तीमा बराबरीमा खेल्नुपर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल पाकिस्तानसँग खेल्ने छ। यस प्रतियोगितामा प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने प्रावधान रहेको छ।
ओमानमाथि श्रीलंका १० विकेटले विजयी
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको शुक्रबारको खेलमा श्रीलंका ओमानमाथि १० विकेटले विजयी भएको छ।
सुपर सिक्समा पुग्न नेपाललाई जित्नै पर्ने दबाब
आइसीसी विश्वकप छनोट–२०२३ को समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल भोलि नेदरल्यान्ड्ससँग खेल्दैछ ।
ओमानले दिएको ९९ रनको लक्ष्य पछ्याउँदै श्रीलंका
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ अतर्गतको आजको खेलमा ओमानले श्रीलङ्कालाई ९९ रनको सामान्य लक्ष्य दिएको छ।
नेपाललाई भारत विरुद्ध हार्ने छुट छैन
साफ च्याम्पियनसिप २०२३ को छनोट चरण पार गर्न नेपाललाई शनिबार घरेलु टिम भारतविरुद्धको खेल हार्ने छुट छैन । पहिलो खेलमा कुवेतसँग ३-१ ले पराजित भएपछि नेपाल दबाबमा परेको हो ।
नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग पराजित भएको छ । हरारे क्रिकेट स्पोर्ट्स क्लबको मैदानमा बिहीबार नेपाल वेस्ट इन्डिजसँग एक सय एक रनले पराजित भएको हो ।