योग र मनोविज्ञान परामर्श कार्यक्रम
नेपाल ओलम्पिक कमिटीअन्तर्गतको स्पोर्ट्स साईकोलोजी कमिशनले आयोजना गरेको वेलनेस सेसन अन स्पोर्ट्स कार्यक्रम बिहिबार सम्पन्न भएको छ ।
नेपाललाई वेस्ट इन्डिजको ३४० रनको लक्ष्य
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपाललाई वेस्ट इन्डिजले जितका लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।
ड्रागन बोट रेस फेस्टिभल’का अभ्यास गरिँदै
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यका साथ पोखरामा नेपाल-चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’ अभ्यास गरिएको छ ।
नेपाल पहिले फिल्डिङ गर्दै
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजसँग खेल्दैछ ।
छ सय विद्यार्थीद्वारा ओलम्पिक मेडल पेन्टिङ (फोटो फिचर)
विश्व ओलम्पिक दिवसको अवसरमा बिहीबार वसन्तपुरको डबलीमा छ सय बालबालिकाले मेडल पेन्टिङ गरेका छन् । दुई वर्षदेखि छ वर्षसम्मका बालबालिकाले ओलम्पिक मेडलको पेन्टिङ गरेका हुन् ।
साफ च्याम्पियनसिप २०२३ : कुवेतसँग नेपालको हार
साफ च्याम्पियनसिप २०२३ को उद्घाटन खेलमा नेपाल बुधबार कुवेतसँग ३–१ ले पराजित भएको छ । यस जितसँगै कुवेतको सेमिफाइनल प्रवेश बलियो भएको छ । नेपालले भने अन्तिम चारको सम्भावना कायम राख्न शनिबार भारत र मङ्गलबार पाकिस्तानविरुद्ध अनुकूल नतिजा निकाल्नुपर्ने छ । कुवेत आमन्त्रित टिमका रूपमा साफ च्याम्पियनसिपमा सहभागी भएको हो । कुवेतबाहेक दक्षिण एसिया बाहिरको लेबनानले पनि यस प्रतियोगितामा खेल्दै छ ।
नेपाल कुवेतसँग पराजित
नेपाल साफ च्याम्पियनसिप–२०२३ को उद्घाटन खेलमा कुवेतसँग पराजित भएको छ । भारतको बेंगलोरमा बुधबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपाल कुवेतसँग ३–१ गोलले पराजित भएको हो ।
पहिलो पटक वेस्ट इन्डिजको सामना गर्दै नेपाल
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको तेस्रो खेलमा नेपालले बिहीबार वेस्ट इन्डिजको सामना गर्दैछ । हरारे स्पोर्टस् क्लबको मैदानमा दिउँसो १२:४५ बजे सुरु हुने खेलमा नेपाल जितको लय जारी राख्ने लक्ष्यमा छ ।
रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी
कप्तान क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेसँगै पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा आइसल्यान्डमाथि कठिन जित निकालेको छ । मङ्गलबार राति भएको खेलमा पोर्चुगलले घरेलु टोली आइसल्यान्डलाई १–० गोलले हरायो ।
राष्ट्रिय स्केटबोर्ड शनिबार
नेपाल स्केटिङ तथा स्केट बोर्डिङ सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता शनिबार हुने भएको छ ।
एसियाडका लागि स्क्वास खेलाडी चयन
नेपाल स्क्वास राकेट्स सङ्घले बुधबार १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ खेलाडी चयन गरेको छ । एसियाली खेलकुदको कुम्भमेला १९औँ एसियाड सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म चीनमा हुँदैछ ।
अनन्त ५० खेलको कोशढुङ्गामा
नेपालका सेन्टर ब्याक अनन्त तामाङले बुधबार साफ च्याम्पियनसिप २०२३ मा कुवेतविरुद्ध खेलेर ५० औँ अन्तर्राष्ट्रिय खेलको कोशेढुङ्गा छुनुभएको छ ।
अमेरिकामाथि नेपालको सानदार जित
मध्यक्रमका ब्याट्सम्यान भीम सार्की र दीपेन्द्रसिंह ऐरीले सम्हालिएको पारी खेलेपछि नेपालले जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोटको दोस्रो खेलमा अमेरिकामाथि सानदार जित निकालेको छ ।
कम अपेक्षाबीच सफल हुने प्रयासमा नेपाल
साफ च्याम्पियनसिप नेपाली फुटबलको स्तर जाँच्ने प्रतियोगिता मानिन्छ । त्यसैले साफ च्याम्पियनसिप हुँदा नेपाली फुटबल टिमबारे अनेक चर्चा परिचर्चा हुने गर्दछ ।
फ्रिडम फाइटरद्वारा उपाधि रक्षा
साविक विजेता फ्रिडम फाइटरले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काभा पुरुष भलिबल : नेपालको खराव लय कायम
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार तेस्रो हार खेपेको छ ।
अमेरिकाले दियो नेपाललाई २०८ रनको लक्ष्य
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा अमेरिकाले जितको लागि नेपाललाई दुई सय आठ (२०८) रनको लक्ष्य दिएको छ ।
अमेरिकाविरुद्ध नेपालको कसिलो बलिङ : करण केसीले लिनुभयो चार विकेट
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मङ्गलबार अमेरिकाविरुद्ध कसिलो बलिङ गरेको छ।
काभा पुरुष भलिबल : नेपालको लगातार दोस्रो हार
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो हार खेपेको छ ।
एसियाडका लागि उसु खेलाडी छनोट
चीनको होङझावमा हुने १९औं एसियाली खेलकुद अन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जानकारी दिनुभयो ।
एकदिवसीय विश्वकप छनोट : नेपाल र अमेरिकाको खेल मंगलबार
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट खेल अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलबार अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
स्पेनले जित्यो नेसन्स लिग उपाधि
युइएफए नेसन्स लिग फुटबलको उपाधि स्पेनले जितेको छ । जर्मनीमा आइतबार राति भएको फाइनल खेलमा क्रोएसियालाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो ।
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
विश्वमै लोकप्रिय खेलका रूपमा रहेको ‘रियल आइस स्केटिङ’ नेपालमा पनि सुरुआत गरिएको छ । काठमाडौँ भद्रकालीस्थित फनल्यान्ड इन्टरटेन्मेन्ट प्रालिले खेलको सुरुआत गरेको हो ।
नेपाल जिम्बावेसँग आठ विकेटले पराजित
बलर नचलेपछि नेपाल आईसीसी एकदिवसीय विश्वकप छनोट खेलको उद्घाटन खेलमा घरेलु टोली जिम्बावेसँग पराजित भएको छ ।