• ८ जेठ २०८१, मङ्गलबार

काभा पुरुष भलिबल : नेपालको लगातार दोस्रो हार

blog

फाइल तस्बिर ।

काठमाडौं, असार ४ गते । नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो हार खेपेको छ ।

किर्गिस्तानको बिस्केकस्थित चोलपोन एटिए कभर्डहलमा सोमबार भएको खेलमा नेपाल घरेलु टोली किर्गिस्तानसँग ३–१ को सेटमा पराजित भयो । नेपालमाथि किर्गिस्तानले २६–२४, २१–२५, २५–१८, २५–१६ को जित निकालेको थियो । नेपाल आइतबार आफ्नो पहिलो खेलमा पनि मङ्गोलियासँग ३–१ को सेटमा पराजित भएको थियो । 

लिगमा नेपालसहित सात टोलीको सहभागिता रहेको छ । नेपालले तेस्रो खेल मङ्गलबार इरान, चौथो खेल बिहीबार तुर्किमिनिस्तान, पाँचौँ  खेल किर्गिस्तानको ‘बी’सँग शुक्रबार र अन्तिम खेल आइतबार उज्बेकिस्तानसँग खेल्नेछ ।

सिङ्गल राउन्ड रोबिन लिगको आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष दुई टोलीबीच उपाधि भिडन्त हुनेछ । लिगको तेस्रो र चौथो टोलीबीत तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।