विश्वकप छनोट : प्रारम्भिक फुटबल टोलीको घोषणा
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले सन् २०२६ को विश्वकप छनोट खेल्ने प्रारम्भिक टोलीको घोषणा गरेको छ ।
एक दिवसीय विश्वकप छनोट : नेपाललाई यूएईको १८२ रनको लक्ष्य
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपाललाई प्लेअफ खेलमा जितका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले एक सय ८२ रनको लक्ष्य दिएको छ ।
कला–साहित्य र खेलकुद उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै आफूले कला–साहित्य र खेलकुद क्षेत्रलाई सबैभन्दा उच्च प्राथमिकता दिएको बताउनुभएको छ।
एकदिवसीय विश्वकप छनोट : यूएईले चार विकेट गुमायो
यूएईविरुद्ध आज नेपालले गत साता वेस्ट इन्डिजसँग खेलेका तीन खेलाडीलाई परिवर्तन गरेको छ । ओपनर तथा विकेटकिपर आसिफ शेखको स्थानमा अर्जुन साउद, कुशल मल्लको स्थानमा ज्ञानेन्द्र मल्ल र स्पिनर ललित राजवंशीको स्थानमा तीव्रगतिका बलर प्रतिश जिसीलाई मैदानमा उतारेको छ ।
प्रफुल र रुकेशको जोडी सेमिफाइनलमा
त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
साफ च्याम्पियनसिप : कुवेत फाइनलमा
आमिन्त्रत टोली कुवेत भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । श्री कान्तिरभा स्टेडियममा शनिबार भएको पहिलो सेमिफाइनल खेलमा कुवेतले बंगलादेशलाई १–० गोलले हरायो ।
स्क्वास र र्याकेट्स सङ्घमा ध्रुव
नेपाल स्क्वास र्याकेट्स सङ्घको अध्यक्षमा ध्रुवबहादुर गुरुङ चयन हुनुभएको छ । सङ्घको १४औँ वार्षिक साधारण सभा र पाँचौँ अधिवेशनले आगामी चार वर्षका लागि गुरुङलाई चयन गरेको हो ।
परिचित यूएईसँग प्लेअफ खेल्दै नेपाल
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफ खेलमा आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।
मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह
मूलपानी क्रिकेट मैदानको नाम अब जयकुमार नाथ शाह हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को शुक्रबार बसेको कार्यसमिति बैठकले माथिल्लो मूलपानी मैदानको नाम क्यानका संस्थापक एवम् पूर्व अध्यक्ष स्वर्गीय ‘जयकुमार नाथ शाह मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ नामाकरण गर्ने निर्णय गरेको हो ।
दीपेन्द्र र वर्षालाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड
क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलकी वर्षा ओलीले वर्ष उत्कृष्ट खेलाडीको अवार्ड जित्नुभएको छ । खेलकुद पत्रकार मञ्च कैलालीद्वारा शुक्रबार धनगढीमा आयोजित एसपीए सुदूरपश्चिम स्पोट्र््स अवार्ड कार्यक्रममा उहाँहरु विजेता घोषित भइ उत्कृष्ट खेलाडीको अवार्ड प्राप्त गर्नुभएको हो ।
अष्ट्रेलियाको तीन वटा प्रतियोगितामा निर्णायकको भूमिकामा अशोक खड्का
नेपालका अशोक खड्काले अष्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुने तीन प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने हुनुभएको छ।
मलेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा पुग्यो
मलेसियामा जारी एसिसी इस्ट जोन यू–१६ कप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल घरेलु टोली मलेसियालाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
प्रिन्स र विजितको जोडी दोस्रो चरणमा
एपिएफका प्रिन्स दाहाल र विजित थापामगरको जोडी तेस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलतर्फ दोस्रो चरणको प्रवेश गर्नुभएको छ ।
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
नेपाली राष्ट्रिय फुटबल टोलीको वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै एक सय ७५औँ स्थानमा रहेको छ ।
साफको सेमिफाइनल समीकरण पूरा
भारतको बेङ्लोरमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार राति समूह ‘बी’ को अन्तिम खेलमा बङ्गलादेश भुटानलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको छ ।
१९औँ एसियाली खेलकुदको तयारीमा जुट्दै नेपाली खेलाडी
नेपालका दुई सय ३३ खेलाडी चीनमा हुने १९ औँ एसियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । २९ खेलका २३३ नेपाली खेलाडीले चीनको हाङझाउ सहरमा आयोजना हुने एसियाडमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
एसियाडका लागि चार भारोत्तोलन खेलाडी छनोट
चीनको होङ्झावमा हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि भारोत्तोलनमा चार खेलाडी छनोट भएका छन् ।
प्रधानमन्त्री कप ब्याडमिन्टन : पविन र विजितको विजयी सुरुवात
त्रिभुवन आर्मी क्लबका पविन लिनथेप र एपिएफ क्लबका विजित थापामगरले तेस्रो प्रधानमन्त्री कप खुलाराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ विजयी सुरुवात गर्नुभएको छ ।
प्लेअफमा नेपालले यूएईसँग खेल्ने
जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटको सुपर सिक्सबाट बाहिरिएको नेपालले प्लेअफको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्ने भएको छ ।
नेपाल थाइल्यान्डलाई हराउँदै सेमिफाइनलमा
नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।
आशिषलाई राष्ट्रिय एमेच्योर बुद्धिचाल उपाधि
सुदूरपश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि दोलखाका आशिष फुयालले जित्नुभएको छ ।
विद्यालय स्तरीय पौडी प्रतियोगिता हुने
दोस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिता असार १५ आयोजना हुने भएको छ ।
पाकिस्तानमाथि नेपालको सान्त्वना जित
नेपालले भारतमा जारी १४औँ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानमाथि सान्त्वना जित निकालेको छ । यसअघिनै समूह चरणबाट बाहिरिएको नेपालले मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई १–० गोलले हरायो ।
एक दिवसीय विश्वकपको खेल तालिका सार्वजनिक
अन्तर्राष्ट्रिय खेलकुद परिषद् (आइसिसी) ले भारतका आयोजना हुने एक दिवसीय विश्वकप क्रिकेट–२०२३ को खेल तालिका सार्वजनिक गरेको छ ।