आईएसए र बोर्न टु हुप फाइनलमा
आईएसए नेपाल र आयोजक गोल्डेनगेट इन्टरनेसनल कलेजको बोर्न टु हुप गोल्डेनगेट इन्टरनेसनल कलेज एसइइ कप बास्केटबल प्रतियोगिताको गल्र्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
बाल मन्दिरमा मनायो केबीएले ब्याडमिन्टन दिवस
अभिभावकविहिन तथा जोखिममा रहेका बालबालिकालाई आश्रय दिइरहेको बाल मन्दिरको नक्सालस्थित आवासमा रहेका ४५ बालिकाले एकेडेमीका खेलाडीसँग ब्याडमिन्टन सिक्नुका साथै खेलका प्राविधिक जानकारी लिएका थिए ।
एनआरएस स्पोर्ट्स फाउन्डेसनले दौड संस्कृतिलाई प्रवर्द्धन गर्ने
एनआरएस स्पोर्ट्स फाउन्डेसनले नेपालमा दौड संस्कृतिलाई प्रवर्द्धन गर्न र लामो दुरीका धावकलाई अन्तर्राष्ट्रिय दौड प्रतियोगितामा सहभागिता जनाउने वातावरण तयार गर्न प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
एनरिक पीएसजीको मुख्य प्रशिक्षक
फ्रान्सको चर्चित क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को मुख्य प्रशिक्षकमा लुइस एनरिक नियुक्त हुनुभएको छ । पीएसजीले बुधबार राति एनरिकलाई प्रशिक्षकमा नियुक्त गरेको हो ।
लिग भलिबलको तयारी अन्तिम चरणमा
लिगका लागि सहभागी टोलीले खेलाडी छनोट र प्रशिक्षण, विदेशी खेलाडी अनुबन्ध गर्ने काम गरिरहेका छन् । असार ३० गतेसम्म सञ्चालन हुने लिगको तयारी अन्तिम चरणमा पुगेको भलिबल सङ्घले जनाएको छ ।
बक्सिङमा आर्मी च्याम्पियन
नेपाल आर्मी प्रकाश दाहाल स्मृति पुरुष तथा महिला खुला बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । आर्मी पुरुष/महिला दुवैमा च्याम्पियन बनेको हो ।
भेट्रान दौडमा धर्म र कल्पना पहिलो
पूर्व धावक एवं गीतकार बुद्धवीर लामाको एकल सांगीतिक प्रस्तुतीको पूर्व सन्ध्यामा आयोजित भेट्रान पाँच किलोमिटर शुभकामना दौडमा धर्म महर्जन र कल्पना महर्जन पहिलो हुनुभएको छ ।
सामुदायिक विद्यालयका शिक्षकलाई खेल प्रशिक्षण
दाङको घोराहीमा सामुदायिक विद्यालयका शिक्षकहरूलाई खेल सम्बन्धी प्रशिक्षण दिइएको छ । घोराही उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूमा खेल प्रशिक्षक राख्ने तयारी अनुसार शिक्षकहरूलाई तालिम दिइएको हो ।
पूर्वमुख्यमन्त्री राई र थापाको जोडी च्याम्पियन
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लिलबहादुर थापाको जोडी बुधवार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन हुनुभएको छ ।
भानुकप फुटबलमा ४० टोली
आदिकवि भानुभक्त आचार्यको २१०औं जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक राशीको भानुकप फुटबल प्रतियोगितामा ४० टोलीको सहभागिता रहने भएको छ ।
भारतलाई साफ फुटबल उपाधि
१४औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि आयोजक भारतले जितेको छ । बेङ्गलोरस्थित श्री कन्तिराभा स्टेडियामा मंलबार राति भएको फाइनलमा भारतले आमन्त्रित टोली कुवेतलाई सडन डेथमा ५–४ गोलले हरायो ।
नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो ।
दिलमान र यज्ञराजको जोडी सेमिफाइनलमा
दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडी मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाइनलमा प्रवेश गर्नुभएको छ ।
लोकतान्त्रिक खेलकुद सङ्घद्वारा राखेप सदस्य सचिवको राजीनामा माग
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङको राजीनामा मागेको छ ।
नेपालले दियो आयरल्यान्डलाई २६९ रनको लक्ष्य
जिम्बावेमा जारी आइसिसी एक दिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपालले जितका लागि आयरल्यान्डलाई दुई सय ६९ नम्बरकाे लक्ष्य दिएको छ ।
‘विद्यालयस्तरको पाठ्यक्रममै खेलकुद’
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले सरकार विद्यालय स्तरको पाठ्यक्रममै खेलकुदका गतिविधि र तालिम सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
एकदिवसीय विश्वकप छनोट : नेपाल आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै
जिम्बावेमा जारी रहेको आइसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि हुने खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेमोरी किङका रुपमा चर्चित अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन
एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । बायोमास ओभल क्रिकेट मैदानमा मंगलबार घरेलु टोली मलेसियालाई दुई सय २१ रनले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालको यो लगातार तेस्रो उपाधि हो ।
मलेसियालाई नेपाले दियो २५३ रनको लक्ष्य
नरेन भट्टले अविजित सतकीय इनिङ्स खेलेपछि नेपालले मलेसियामा जारी एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनल खेलमा घरेलु टोली मलेसियालाई दुई सय ५३ रनको लक्ष्य दिएको छ ।
सुटिङ सङ्घमा पुन: पुष्पदास
नेपाल सुटिङ सङ्घको अध्यक्षमा पुष्पदास श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको सोमबार सम्पन्न निर्वाचनले पुष्पदासलाई अध्यक्षमा निरन्तरता दिएको हो ।
मदन स्मृति ब्याडमिन्टनमा सांसदबीच प्रतिस्पर्धा
नेपाल खेलकुद महासंघको आयोजनामा मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता असार १९ र २० गते हुने भएको छ ।
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा
नेपाल एसीसी यू–१६ पूर्वी क्षेत्रीय कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सिङ्गापुरलाई ९७ रनले पराजित गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।
प्रिन्सलाई हराउँदै प्रफुल च्याम्पियन
त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेस्रो प्रधानमन्त्री कप खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि जित्नुभएको छ ।