इक्वेस्ट्रियन सङ्घमा राजकर्णिकार
नेपाल इक्वेस्ट्रियन (घोडचढी) सङ्घको साधारण सभा तथा निर्वाचनले रवि राजकर्णिकारलाई अध्यक्षमा निरन्तरता दिँदै १६ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
अमेरिका र जापानको सहज जित
साबिक विजेता अमेरिका र जापानले फिफा महिला विश्वकप फुटबलको पहिलो खेलमा सहज जित निकालेका छन् । समूह ‘ई’ अन्तर्गत शनिबार भएको खेलमा अमेरिकाले एसियाली टोली भियतनामलाई ३–० गोलले हरायो । यस्तै समूह ‘सी’ अन्तर्गत अर्को खेलमा जापानले जाम्बियालाई ५–० गोलले स्तब्ध बनायो ।
मियामीमा मेस्सीको सुखद डेब्यु
लिग्स कप अन्तर्गत शनिबार बिहान भएको खेलमा मियामीले क्रुज अजुललाई २–१ गोलले हरायो ।
महिला फुटबलमा ‘गोल्डेन जेनरेसन’
विश्वकप महिला फुटबल गत बिहीबार सुरु भएको छ । सो विश्वकपमा उत्कृष्ट ३२ टिमले सहभागिता जनाउँदै छन् । विश्वकप फुटबलको चर्चा गर्दा नेपालको सहभागिता असम्भव लाग्छ तर महिला विश्वकप फुटबलमा भने नेपालको सहभागिता यथार्थपरक लाग्छ । नेपाली महिला फुटबल टिमले एक दशकभित्र विश्वकप खेल्ने लक्ष्य पनि बनाएको छ, जुन लक्ष्य पूरा हुने छाँटकाँट पनि देखिन्छ । विश्वकप महिला फुटबलमा अहिले एसियाका दुई राष्ट्र भियतनाम र फिलिपिन्स पनि सहभागी छन् । नेपालले हालै यी दुवै टिमलाई कडा टक्कर दिएकाले पनि आशावादी बन्न सकिएको हो । पाँच महिना मात्र भयो नेपालले भियतनामसँग महिला ओलम्पिक फुटबल एसि
फुटबल मैदान छ, प्रतियोगिता छैन
कास्की जिल्ला फुटबल सङ्घ (एन्फा) कास्कीका पूर्वअध्यक्ष खेम गुरुङलाई पोखरा रङ्गशालास्थित फुटबल मैदान चिरिच्याट्ट बनेकामा निकै खुसी हुनुहुन्छ तर, भव्य रङ्गशालामा खेल गतिविधि कम हुँदा चिन्तित हुनुहुन्छ ।
रजत पदक विजेता महिला र पुरुष भलिबल टोली सम्मानित
काभाबीच भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता नेपाली महिला र पुरुष भलिबल टोली सम्मानित भएका छन् ।
यु-१६ समूहको प्रतियोगिताका लागि खेलाडी छनोट सुरु
दक्षिण एसियाली फुटबल महासंघ(साफ) को आयोजनामा सञ्चालन हुने यु-१६ समूहको प्रतियोगितामा सहभागी जनाउन सुनसरी जिल्ला फुटबल संघले खेलाडी छनोट प्रक्रियालाई अगाडि बढाउने भएको छ ।
महिला विश्वकप फुटबल : अष्ट्रेलियाको सुखद सुरुवात
आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत घरेलु मैदानमा बिहीबार साँझ भएको खेलमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० गोलले हरायो ।
नेपालको फिफा वरीयता यथावत्
नेपाल फिफा वरीयतामा यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ७५औँ स्थानमा रहेको छ ।
महिला विश्वकप फुटबल : न्युजिल्यान्डको विजयी सुरुवात
आयोजक न्युजिल्यान्डले फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेको छ । समूह ‘ए’ अन्तर्गत न्युजिल्यान्डको इडेन पार्क स्टेडियममा बिहीबार दिउँसो भएको उद्घाटन खेलमा न्युजिल्यान्डले नर्वेलाई १–० गोलले हरायो ।
बक्सिङमा अवालेकै निरन्तरता
नेपाल बक्सिङ सङ्घको अध्यक्षमा राम अवाले पुन: निर्विरोध निर्वाचित हुनुभएको छ । सङ्घको बुधबार अवेर पोखरामा सम्पन्न छैटौं साधारण सभाले अवालेलाई अध्यक्षमा निर्वाचित गरेको हो ।
आजदेखि महिला विश्वकप फुटबल
महिला विश्वकप फुटबल प्रतियोगिता बिहीबार सुरु हुँदै छ। अमेरिका पुनः विश्वकप उपाधिको प्रमुख दाबेदारका रूपमा रहेको छ। अमेरिका ह्याट्रिक उपाधिको दाउमा छ। अमेरिकालाई सधैँजसो युरोपका फुटबल शक्ति राष्ट्रहरू र ब्राजिलले चुनौती पेस गर्ने छन्। अस्ट्रेलिया र न्युजिल्यान्डमा हुने विश्वकपमा पहिलो पटक ३२ टिम सहभागी छन्। जसमध्ये धेरै टिमले यी दाबेदार राष्ट्रलाई स्तब्ध पार्ने विश्वास गरिएको छ। यीमध्ये सबभन्दा अगाडि जापानको नाम आउँछ। जापान सन् २०११ को विश्व विजेता पनि हो। सो समय जापानलाई सेमिफाइनलसम्म पुग्ने टिमका रूपमा पनि लिइएको थिएन तर भूकम्प र सुनामीले थलिएको जापान दाबेदार अमेरिकालाई टाइब्रकेरमा स्तब्ध पारेर विश्व च्याम्पियन बन्यो।
बास्केटबलमा मनास्लु च्याम्पियन
आयोजक मनास्लु वर्ल्ड कलेजले तेस्रो मनास्लु एसइई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
झाडीमा बदलियो बीच भलिबल कोर्ट
१३औँ दक्षिण एसियाली खेलकुदमा नयाँ खेल थपियो । थपिएको नयाँ खेल थियो, बिच भलिबल । समुद्री किनारमा खेलिने बिच भलिबल भूपरिवेष्टित नेपालमा कहाँ खेलाउने भन्ने केही समय दुबिधै रह्यो ।
युएईमाथि नेपालको सहज जित
कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले हरायो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।
महिला फुटबलको दृष्टिकोण बदल्ने सावित्राको अठोट
व्यावसायिक फुटबल खेल्न इजरायल जान लाग्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।
युएईले दियो नेपाललाई एक सय ५७ रनको सहज लक्ष्य
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालाई जितका लागि संयुक्त अरब इमिरेट्स (युएई) ले एक सय ५८ रनको सहज लक्ष्य दिएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल र युएईबीच प्रतिष्ठाको लडाईं
समूहमा लगातार दुई हार खेपेको नेपाल प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपालका लागि बुधबार युएईसँगको खेल केवल प्रतिष्ठाको लडाईं हुनेछ ।
मानबहादुर भलिबलका ११औँ कप्तान
मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान नियुक्त हुनुभएको छ । नेपाल भलिबल सङ्घको सोमबार बसेको कार्यसमिति बैठकले श्रेष्ठलाई नयाँ कप्तानको जिम्मेवारी दिने निर्णय गरेको हो ।
विश्व पौडी च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
जापानको फुकुओका सहरमा आयोजना हुने विश्व एक्वाटिक च्याम्पियनसिप–२०२३ मा सहभागी हुन जाने नेपाली पौडी टोलीको बिदाइ गरिएको छ । टोलीलाई मङ्गलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङले बिदाइ गर्नुभयो ।
राष्ट्रिय महिला फुटबललाई युनिलिभरको २५ लाख प्रायोजन
नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई युनिलिभर नेपाल लिमिटेडले २५ लाख रुपियाँ प्रायोजन सहयोग गरेको छ । युनिलिभरले नेपालमा महिला फुटबल खेलको विकास र विस्तारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) लाई प्रायोजन गरेको हो ।
सहमतिपछि खेलकुद पदाधिकारीको आन्दोलन स्थगित
नेपालगन्जमा खेल पदाधिकारीको आन्दोलन स्थगित गरिएको छ । जिल्ला खेलकुद समितिका अध्यक्षलाई अपशब्द प्रयोग गर्ने इन्जिनियरले माफी माग्नुका साथै रङ्गशालामा निर्माण भइरहेको एथलेटिक्स सेन्थेटिक ट्रयाकको कामको निरन्तर अनुगमनसहित समन्वय र सहकार्य गर्ने सहमतिपछि आन्दोलन स्थगित भएको हो ।
भारतले नेपाललाई २२.१ ओभरमै हरायो
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ ।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल १६७ रनमा अलआउट
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले जितका लागि भारत ‘ए’ लाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।