डुरान्ड कप : दिल्लीसँग बराबरीमा रोकियो आर्मी
त्रिभुवन आर्मी फुटबल क्लबले भारतको प्रतिष्ठित डुरान्ड कपको पहिलो खेलमा दिल्ली फुटबल क्लबसँग बराबरी खेलेको छ ।
राष्ट्रिय स्क्वास : राजेन्द्र क्वार्टरफाइनमै पराजित
राजेन्द्र शाक्य बुधबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलमा क्वाटरफाइनलमा सीमित बन्नुभएको छ । राजेन्द्र अन्तिम क्वाटरफाइनलमा उमित शाक्यसँग ११–५, ११–८, ११–८ ले पराजित हुनुभयो ।
फिफा महिला विश्वकप : स्पेन र नेदरलन्ड्सबीच पहिलो क्वार्टरफाइनल
साबिक विजेता एवम् विश्वकपको सफल टोली अमेरिका र दुई पटकको विजेता जर्मनी घर फर्कँदा फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा भएको छ ।
फिफा महिला विश्वकप फुटबल : फ्रान्स क्वार्टरफाइनलमा
फ्रान्स फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अष्ट्रेलियाको हिन्दमार्स स्टेडियम एडिलेडमा मंगलबार भएको अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा फ्रान्सले मोरोक्कोलाई ४–० गोलले हरायो ।
एएफसी कप–२०२३ : पारोमाथि मच्छिन्द्रको कठिन जित
दशरथ रंगशालामा मंगलबार साँझ भएको प्रारम्भिक चरणको खेलमा मच्छिन्द्रले पारो एफसीलाई ३–२ गोलले हरायो । मच्छिन्द्रले सुरुवातमा पछि परेको अवस्थालाई उल्टाएर पुनरागमन जित निकालेको हो ।
फिफा महिला विश्वकप फुटबल : कोलम्बिया क्वार्टरफाइनलमा
कोलम्बिया फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अस्ट्रेलियाको मेलबर्न रेक्टाङ्गुलर रङ्गशालामा मङ्गलबार भएको खेलमा कोलम्बियाले जमैकालाई १–० गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।
अरहन्त, दीपक र अमिर सेमिफाइनलमा
उपाधि रक्षा अभियानमा रहनुभएका अरहन्त केशर सिम्हा, दीपक थापा र अमिर ब्लोन मङ्गलबर पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको सेमिफाइनलमा पुग्नुभएको छ ।
संरचना अभावमा दक्ष खेलाडी उत्पादनमा समस्या
नियमित अभ्यास गर्न नपाएकै कारण सप्तरीका खेलाडीहरु राष्ट्रियस्तरमा खेल्न नपाएर पछाडि परिरहेको वक्ताहरुले बताउनुभएको छ ।
अष्ट्रेलिया र इङ्ल्यान्ड क्वार्टरफाइनलमा
आयोजक अष्ट्रेलिया र इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा सोमबार भएको खेलमा अष्ट्रेलियाले डेनमार्कलाई २–० गोलले हरायो ।
क्रिकेट सङ्घ दाङको अध्यक्षमा मजगैयाँ निर्वाचित
जिल्ला क्रिकेट सङ्घ दाङको अध्यक्षमा पुनः प्रदीप मजगैयाँ निर्वाचित हुनुभएको छ ।
पारोलाई हराउन मच्छिन्द्र तयार
एएफसी कप प्रारम्भिक चरणको छनोट खेलमा नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले मङ्गलबार भुटानको लिग च्याम्पियन पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
नेपाललाई काडाद्वारा एन्टि डोपिङ सामग्री सहयोग
कोरियाली एन्टी डोपिङ एजेन्सी (काडा) ले डोपिङ परीक्षणका लागि आवश्यक सामग्री नेपाललाई आइतबार सहयोग स्वरूप प्रदान गरेको छ ।
साबिक विजेता अमेरिकालाई हराउँदै स्विडेन क्वार्टरफाइनलमा
स्विडेन फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मेलबर्न रेकटेङगुलर स्टेडियममा आइतबार भएको खेलमा स्विडेनले चार पटकको कीर्तिमानी विजेता अमेरिकालाई सडनडेथमा ५–४ गोलले हरायो ।
देविका महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षक
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको सल्लाहकार प्रशिक्षकमा भारतीय पूर्व महिला क्रिकेटर देविका पाल्शिकर नियुक्त हुनु भएको छ ।
राष्ट्रिय स्क्वास सुरु
पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० आइतबार सुरु भएको छ । राजेन्द्र शाक्य, रेसुभ चुरीवाल, प्रयाग जोशी, निशान्त अग्रवाल, धीर पुन, राजकुमार श्रेष्ठ र रत्नकाजी शाक्य पहिलो दिन जित हात पारेर दोस्रो चरणमा पुग्नुभएको छ ।
वीर गणेशमान स्मृति किकबक्सिङ भदौमा
स्वर्गीय वीर गणेशमान स्मृति खुला राष्ट्रिय किकबक्सिङ प्रतियोगिता भदौ तेस्रो सातामा हुने भएको छ ।
'बनेपा फुटबल एकेडेमी' स्थापना
काभ्रेपलाञ्चोक जिल्लामा फुटबल खेलको विकास गर्ने उद्देश्यले फुटबल एकेडेमीको स्थापना गरिएको छ ।
६ क्रिकेटरलाई भारतमा विशेष प्रशिक्षणको ब्यवस्था
नेपाल क्रिकेट संघ (क्यान) ले ६ जना क्रिकेट खेलाडीलाई एक महिना विशेष प्रशिक्षण गर्न भारत पठाएको छ ।
आशिषलाई रापिड बुद्धिचाल उपाधि
रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि आशिष् फुयाँलले जित्नुभएको छ ।
फिफा महिला विश्वकप फुटबल : स्पेन र जापान क्वार्टरफाइनलमा
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । न्युजिल्यान्डको अकल्यान्डमा शनिबार भएको खेलमा स्पेनले स्वीट्जरल्यान्डलाई ५–१ गोलले हरायो । अर्को खेलमा जापानले नर्वेलाई ३–१ गोलले हराउँदै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
पुरुष र महिला फुटबलमा पुरस्कार बराबरी
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले राष्ट्रिय टोलीका पुरुष र महिला खेलाडीलाई समान पुरस्कार दिने भएको छ ।
‘डोपिङ कन्ट्रोल अफिसर्स’ को प्रशिक्षक प्रशिक्षण सुरु
नेपाल ओलम्पिक कमिटीको आयोजना तथा कोरियन एन्टी डोपिङ एजेन्सी (काडा) को संयोजकत्वमा शनिबारदेखि दुई दिने ‘डोपिङ कन्ट्रोल अफिसर्स’ (डीसीओ) को प्रशिक्षक प्रशिक्षण सुरु भएको छ ।
कीर्तिमानी पर्वतारोहीलाई विमानस्थलमा भव्य स्वागत
तीन महिनामा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने दुई पर्वतारोहीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
पूर्व कप्तान ज्ञानेन्द्र मल्लद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा
नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञोन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै पूर्व कप्तान मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको हो।