बागमतीले अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद फागुनमा आयोजना गर्ने भएको छ ।
सिटीको लगातार दोस्रो जित
साबिक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदान इत्तिहादमा शनिबार राति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई १–० गोलले स्तब्ध बनायो ।
इन्टर मियामीलाई लिग्स कप–२०२३ उपाधि
लिग्स कप–२०२३ को उपाधि इन्टर मियामीले जितेको छ । शनिबार राति भएको फाइनलमा मियामीले नाशभिल एफसीलाई सडन डेथमा १०–९ गोलले हरायो ।
प्रधानमन्त्री प्रचण्ड र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।
बक्सर घिमिरेलाई उपाधि
नेपालका अन्तर्राष्ट्रिय किक बक्सिङ खेलाडी अविरल घिमिरेले जापानको टोकियोमा आयोजित ‘प्रोफेसनल किक बक्सिङ हिट ५२ च्याम्पियनसीप’को उपाधि जितेका छन् । शनिबार दक्षिण कोरियाली खेलाडी चाङ ओन याङलाई हराउँदै उनी च्याम्पियन बनेका हुन् ।
एसियाली खेलकुद : अनुभव हासिल गर्ने ठुलो मञ्च
पछाडिबाट तार जोडिएको बाक्लो सेतो पोसाकसहित तरबार बोकेर फेन्सिङका छ खेलाडी हाङजाउ एसियाडका लागि कडा अभ्यास गरिरहेका छन्। खेलाडीको तरबारले विपक्षीको ड्रेसमा छुँदा ‘टुट’ गरेर सँगै रहेको स्कोरबोर्डबाट आवाज आउँछ। एसियाडमा छाप छोड्ने लक्ष्यसहित सर्बियाका प्रशिक्षक ‘डुमा’ को रेखदेखमा प्रशिक्षण भइरहेको छ। एसियाडमा पुरुषतर्फ सेभर इभेन्टस्मा आर्मीका उपेन्द्र शाही, एपिएफका राजेन्द्र गजुरेल र पायस योञ्जन तथा महिलातर्फ फोयल इभेन्टस्मा बागमती प्रदेशकी गोमा आचार्य, एपिएफकी अनिता अधिकारी र एपिएफकै मन्दिरा थापाले प्रतिस्पर्धा गर्नुहुने छ। वीर गणेशमानसिंह राष्ट्रिय प्रतियोगिताबाट बन्द प्रशिक्षणमा परेकाहरूबाट एसियाड जाने खेलाडीहरूको चयन भएको हो।
लि निङको टिसर्टमा एन्जिलाको नाम
महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको नाममा खेलपोसाक तथा खेल सामाग्री निर्माण अन्तर्राष्ट्रिय कम्पनी लि निङले टिसर्ट तयार पारेको छ ।
महिला विश्वकप फुटबलमा स्विडेन तेस्रो
स्विडेन फिफा महिला विश्वकप फुटबलमा तेस्रो भएको छ । तेस्रो स्थानका लागि शनिबार भएको खेलमा स्विडेनले अष्ट्रेलियालाई २–० गोलले हरायो ।
बायर्नको विजयी सुरुवात
साबिक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको लिगको पहिलो खेलमा बायर्नले वेर्डन ब्रेमनलाई ४–० गोलले हरायो ।
महिला कबड्डी टोली आज भारत जाँदै
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदको विशेष प्रशिक्षणका लागि महिला कबड्डी टोली आज (शनिबार) भारत जाने भएको छ ।
मुवाँथाईमा कक्षपति निर्विरोध
नेपाल राष्ट्रिय मुवाँथाई सङ्घको प्रथम अधिवेशनले गणेशलाल कक्षपतिको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।
एसियाड कबड्डीको विशेष प्रशिक्षण भारतमा
चीनको हाङजाउमा हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली कबड्डी महिला टोली भारतको हरियाणामा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएको छ ।
ब्याडमिन्टन एसिया क्षेत्रीय प्रतियोगिता सुरु
शसस्त्र प्रहरी बल मुख्यालय हल्चोमा सञ्चालित प्रतियोगिताको पहिलो दिन नेपाली खेलाडीले मिक्स टिम इभेन्टस्मा दोहोरो जित निकालेका छन् ।
हापोएलमा सावित्राको डेब्यु गोल
नेपाली राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले युरोपेली फुटबलमा डेब्यु गोल गर्नुभएको छ ।
एसिया रग्बी यू–२० शनिबारदेखि
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदैछ ।
वैद्यको संयोजकत्वमा टेबलटेनिस सङ्घको तदर्थ समिति
चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस सङ्घको तदर्थ समिति गठन गरिएको छ । ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहनुभएको छ ।
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको प्रतियोगिता हुँदै
नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
सिटीलाई युइएफए सुपर कप उपाधि
युइएफए सुपर कप फुटबलको उपाधि इङ्लिस क्लब म्यानचेस्टर सिटीले जितेको छ । बुधबार राति भएको फाइनल खेलमा सिटीले स्पेनिस ला लिगा क्लब सेभियालाई टाइब्रेकरमा ५–४ गोलले हरायो ।
सन्दीपविरुद्ध मुद्दाको सुनुवाइ भएन
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार अभियोगको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।
सकियो मच्छिन्द्रको एएफसी कप यात्रा
नेपालको ‘ए’ डिभिजन क्लब मच्छिन्द्रको एएफसी कपको यात्रा दोस्रो चरणमा सकिएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा हुँदैछ ।
महिला क्रिकेट टोली मलेसियामा
नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० महिला विश्वकपको एशिया क्वालिफायरको तयारीका लागि मलेसियामा जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको बिदाइ गरेको छ ।
उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीको बिदाइ
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभएको छ ।
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्गल्यान्ड फाइनलमा
आयोजक अष्ट्रेलियालाई हराउँदै इङ्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सिड्नीस्थित अस्ट्रेलिया रंगशालामा बुधबार भएको खेलमा इङ्ल्यान्डले अष्ट्रेलियालाई ३–१ गोलले हरायो ।