नेपाल पहिलो पटक विश्व साइक्लिङ खेल्दै
नेपाल पहिलोपटक विश्व साइक्लिङ च्याम्पियनसिपमा सहभागी हुँदैछ । अगष्ट २ देखि १३ तारिखसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने प्रतियोगितामा पुरुष/महिला एक एक जना खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
मोरोक्को नकआउट चरणमा, जर्मनी बाहिरियो
मोरोक्को फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार भएको समूह चरणको अन्तिम खेलमा कोलम्बियालाई १–० गोलले हराउँदै मोरोक्को नकआउट चरणमा प्रवेश गरेको हो ।
स्वदेश फर्कियो क्रिकेट टोली
श्रीलङ्कामा सम्पन्न एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिता सकेर केही समय प्रशिक्षण गरी नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार स्वदेश फर्किएको छ ।
राष्ट्रिय स्क्वास आइतबारदेखि
नेपाल स्क्वास एन्ड र्याकेट्स सङ्घको आयोजनामा पाँचौँ धनलक्ष्मी मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिता आइतबार देखि ललितपुरमा हुने भएको छ ।
आइटीएफ तेक्वान्दो टोली भारत प्रस्थान
भारतको हैदराबादमा सञ्चालन हुने सातौँ दक्षिण एसियाली आइटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ११ जना खेलाडीसहित १४ सदस्यीय टोली नेपालगन्जबाट भारत प्रस्थान गरेको छ ।
फ्रान्स र जमैका नकआउट चरणमा
फ्रान्स र जमैका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा फ्रान्सले पानमालाई ६–३ गोलले हरायो ।
‘स्थायी प्रशिक्षकले खेलाडीबाट शुल्क उठाए’
म्याग्दीको बेनीमा भएको खेलकुद सम्बन्धी अन्तरक्रियामा खेलकुदका सरकारी स्थायी प्रशिक्षकहरुले खेलाडीहरुबाट शुल्क उठाउने गरेको बताइएको छ ।
कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग
खेलाडीका लागि आपतविपतमा सहयोग गर्ने उद्येश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ ।
फिफा महिला विश्वकप : स्विडेन र दक्षिण अफ्रिका नकआउट चरणमा
स्विडेन र दक्षिण अफ्रिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘जी’ अन्तर्गत बुधबार भएको खेलमा स्विडेनले अर्जेन्टिनालाई २–० गोलले हरायो । अर्को खेलमा दक्षिण अफ्रिकाले इटालीलाई ३–२ गोलले स्तब्ध बनायो ।
एसिया रग्बी यू–२० सेभेन्स नेपालमा
एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता नेपालमा हुने भएको छ ।
अलपत्र खेलमैदान निर्माण गर्न नगरपालिकाको ध्यानाकर्षण
फिदिम मावि खेलमैदान निर्माणका लागि ठेक्का लिएर सम्पर्कविहीन भएको निर्माण कम्पनीलाई १५ दिनभित्र सम्पर्कमा आएर काम सुरु गर्न फिदिम नगरपालिकाले सचेत गराएको छ ।
फिफा महिला विश्वकप : इङ्ल्यान्ड र डेनमार्क अन्तिम १६ मा
इङ्ल्यान्ड र डेनमार्क फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
नेदरल्यान्ड्स र अमेरिका नकआउट चरणमा
नेदरल्यान्ड्स र साविक विजेता अमेरिका फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
एसियाली जुनियर भारोत्तोलन : हेमन्तलाई तीन कांस्य पदक
‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगितामै हेमन्तले पुरुष ७३ केजी तौल समूहमा तीन कांस्य पदक जित्नु भएको हो ।
‘भेलोसिटी पम्प फेस्ट’ साइक्लिङ शनिबार
स्विचब्याक नेपाल र हिमाल सिङ्गल ट्रयाकको आयोजनामा शनिबार ‘भेलोसिटी पम्प फेस्ट’ साइक्लिङ हुने भएको छ ।
महिला टी–२० विश्वकप छनोटका लागि प्रारम्भिक टोलीको घोषणा
आगामी अगस्ट ३१ देखि सेप्टेम्बर ९ तारिखसम्म मलेसियामा आयोजना हुने आइसिसी महिला टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली महिला खेलाडी टोलीको घोषणा गरेको छ ।
प्रशिक्षणका लागि कुस्ती टोली भारतमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुन नेपाली राष्ट्रिय कुस्ती टोली दुई महिने प्रशिक्षणका लागि भारततर्फ प्रस्थान गरेको छ ।
विदेशी प्रशिक्षकको प्रशिक्षणले बढ्यो आत्मविश्वास
चीनको हाङझावमा हुने १९ औँ एसियाली खेलकुदमा जुडोबाट देशलाई पदक दिलाउन आठ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । हाङझाव एसियाडमा जुडोबाट चार पुरुष र चार महिलाले सहभागिता जनाउँदै छन् । १९ औँ एसियाड खेल्नेमा दाजुबहिनी इन्द्रबहादुर श्रेष्ठ र देवकी श्रेष्ठ पनि हुनुहुन्छ । नेपाल प्रहरीका इन्द्रबहादुर ६६ केजीमुनि र देवकीले ५२ केजीमाथि खेल्नुहुने छ । अन्य खेलाडीमा पुरुष ६० केजीमुनि विकास विक, ८१ केजीमुनि जङ्गबहादुर सारु र १०० केजीमाथि रन्जेश गोले तथा महिलातर्फ ५७ केजीमुनि प्रहरीकी मनीता श्रेष्ठ प्रधान, ७० केजीमुनि पुनम श्रेष्ठ र ७८ केजीमाथि आकृति श्रेष्ठ हुनुहुन्छ । नेपाल जुडो सङ्घले छनोट प्रतियोगिताबाट यी आठ खेलाडी चयन गरेको हो ।
फिफा महिला विश्वकप : अष्ट्रेलिया र नाइजेरिया नकआउट चरणमा
आयोजक अस्ट्रेलिया र नाइजेरिया फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलिया समूह ‘बी’ को विजेता र नाइजेरिया उपविजेता बन्दै अन्तिम १६ मा पुगेका हुन् ।
पटेला स्मार्ट क्लबलाई सुदूरपश्चिम–११ को सहयोग
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले पटेला स्मार्ट क्लबलाई खेल सामग्री सहयोग गरेको छ ।
मनिष थाइल्यान्डको क्लबमा अनुबन्धित
नेपाली राष्ट्रिय फुटबल टोलीका युवा स्ट्राइकर मनिष डाँगीले थाइल्यान्डबाट व्यावसायिक फुटबल खेल्ने हुनुभएको छ । मनिषलाई थाइल्यान्डको दोस्रो श्रेणीको रायोङ फुटबल क्लबले अनुबन्ध गरेको छ ।
आईटीएफ तेक्वान्दो टोली भारत प्रस्थान
सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली सोमबार भारतको हैदराबाद प्रस्थान गरेको छ ।
फिफा महिला विश्वकप : जापान र स्पेन नकआउट चरणमा
जापान र स्पेन फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत सोमबार भएको खेलमा जापानले स्पेनलाई ४–० गोलले हरायो ।
एसियाडका लागि बक्सिङको तयारी भारतमा
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदका लागि नेपाली बक्सिङ खेलाडीको तयारी भारतमा हुने भएको छ ।