नेपाली कुस्ती टोली नेपालगन्जमा
चीनको हाङझाउमा आयोजना गरिने १९ औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली राष्ट्रिय कुस्ती टोली नेपालगन्ज पुगेर प्रशिक्षण गरिरहेको छ। दुई महिने प्रशिक्षणका लागि भारतको उत्तरप्रदेश जाने क्रममा नेपालगन्ज पुगेको कुस्ती टोलीले एक सातादेखि यहाँ प्रशिक्षण गरिरहेको छ।
तेक्वान्दो निर्णायक अशोक कोरिया जाँदै
किम योङ कप तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का सोमबार दक्षिण कोरियाको मुजु जाँदै हुनुहुन्छ ।
तीन खेलाडीले मिक्स मार्सल आर्ट्स खेल्ने
जर्मनीको लुभ्समा हुने मिक्स मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालबाट तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
स्वीट्जरल्यान्ड र नर्वे नकआउट चरणमा
स्वीट्जरल्यान्ड र नर्वे फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेका छन् ।
आर्मी फुटबल टोली भारत प्रस्थान
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब भारतको सबैभन्दा पुरानो फुटबल प्रतियोगितामध्ये एक डुरान्ड कप खेल्नका लागि शनिबार त्यसतर्फ प्रस्थान गरेको छ ।
महिला विश्वकप फुटबल : अर्जेन्टिनाको शानदार पुनरागमन
अर्जेन्टिना दुई गोलले पछाडि परेर पनि शुक्रबार दक्षिण अफ्रिकालाई २–२ ले बराबरीमा रोकेर विश्वकप महिला फुटबल प्रतियोगिताको नकआउट चरणमा पुग्ने सम्भावनालाई कायम राखेको छ। यी दुवै टिमको दुई खेलबाट समान एक अङ्क भएको छ। समूह जीमा अर्जेन्टिना र दक्षिण अफ्रिका क्रमशः इटली र स्विडेनसँग पराजित भएका थिए।
चार खेलको तयारी निरीक्षण
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले मित्रराष्ट्र चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षणमा रहेका विभिन्न चार खेलको निरीक्षण गर्नुभएको छ ।
हाङझाव एसियाडमा नेपालका २ सय ३४ खेलाडी
चीनको हाङझावमा हुने १९औँ एसियाली खेलकुदमा नेपालले विभिन्न २९ खेलमा २ सय ३४ खेलाडी सहभागी गराउने भएको छ ।
फिफा विश्वकप छनोटमा नेपालको प्रतिद्वन्द्वी लाओस
सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप र २०२७ मा आयोजना हुने एएफसी एसियन कप छनोट फुटबलको पहिलो चरणमा नेपालले लाओस प्रतिद्वन्द्वी पाएको छ ।
फिफा महिला विश्वकप फुटबल : पोर्चुगलले जित्दा अमेरिकाको बराबरी
साबिक विजेता अमेरिका महिला विश्वकप फुटबलमा नेदरल्यान्ड्ससँग बराबरीमा रोकिँदा पोर्चुगलले भियतनामलाई हराएको छ ।
स्पेन र जापान नकआउट चरणमा
स्पेन र जापान फिफा महिला विश्वकप फुटबलको नकआउच चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’ अन्तर्गत बुधबार भएको खेलमा स्पेनले जाम्बियालाई ५–० गोलले हरायो । अर्को खेलमा जापानले कोस्टारिकालाई २–० गोलले स्तब्ध बनाउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
साफ यू–१९ फुटबलको प्रशिक्षकमा सुनिल
सेप्टेम्बर २१ देखि ३० तारिखसम्म दशरथ रङ्गशालामा आयोजना हुने साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सुनिल श्रेष्ठले पाउनुभएको छ ।
महिला विश्वकप फुटबल : फिलिपिन्स र कोलम्बिया विजयी
फिफा महिला विश्वकप फुटबलमा फिलिपिन्स र कोलम्बियाले सफलता हात पारेका छन् । समूह ‘ए’ अन्तर्गत मंगलबार भएको खेलमा फिलिपिन्सले न्युजिल्यान्डलाई १–० गोलले हरायो । समूह ‘एच’ को अर्को खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले स्तब्ध बनायो ।
ब्राजिलको जितमा एरीको ह्याट्रिक
एरी बोर्गेसले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले फिफा महिला विश्वकप फुटबलमा पानमामाथि सानदार जित निकालेको छ ।
एएफसी कप क्वालिफायर्स : मच्छिन्द्रको तयारी सुरु
शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्रले एएफसी कप क्वालिफायर्सअन्तर्गत प्रारम्भिक चरणको खेलका लागि तयारी सुरु गरेको छ ।
दिनेश र देवेन्द्रलाई ब्याडमिन्टन उपाधि
पाँचथरको फिदिममा आयोजित प्रथम खड्गकुमार नेम्बाङ स्मृति ब्याडमिन्टन प्रतियोगिताको उपाधि तेह्रथुम आठ राईका दिनेश कन्दङवा र देवेन्द्र उप्रेतीले जित्नुभएको छ ।
महिला विश्वकप फुटबल : जर्मनी र इटालीको विजयी सुरुवात
जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।
पौडीमा नासिरको अर्को कीर्तिमान
नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी २०औँ विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिपमा अर्को नयाँ राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ ।
खेल पूर्वाधारविनै खेलाडीको छलाङ
साग प्रतियोगितामा कुस्तीमार्फत मुलुकलाई पदक जिताउन सफल सुरेश चुनारा र शिवानी दुबे कञ्चनपुरका उत्पादन हुनुहुन्छ । उहाँहरू चीनमा हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताका लागि छनोट भइसक्नुभएको छ ।
रियलले एसी मिलानलाई हरायो
युरोपियन लिगको तयारीका लागि खेलिएको मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब रियल म्याड्रिडले इटालियन क्लब एसी मिलानमाथि प्रतिस्पर्धात्मक जित निकालको छ । आइतबार राति भएको खेलमा रियलले एसी मिलानलाई ३–२ गोलले हरायो ।
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।
महिला विश्वकप फुटबल : स्विडेन र नेदरल्यान्ड्सको रोमाञ्चक जित
स्विडेन र नेदरल्यान्ड्सले फिफा महिला विश्वकप फुटबलमा रोमाञ्चक जित निकालेका छन् । समूह ‘जी’ अन्तर्गत आइतबार भएको खेलमा स्विडेनले दक्षिण अफ्रिकालाई २–१ गोलले हरायो । यस्तै समूह ‘ई’ को अर्को खेलमा नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको छ ।
पौडीमा नासिरको नयाँ राष्ट्रिय कीर्तिमान
नासिर याह्या हुसेनले जापानको फुकुओकामा जारी विश्व एक्वाटिक (पौडी) च्याम्पियनसिप २०२३ मा आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ ।
भारतविरुद्ध पहिले ब्याटिङ गर्दै पाकिस्तान
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधिका लागि अहिले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ र पाकिस्तान ‘ए’ भिड्दै छन् । कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।