अल्काराजलाई विम्बल्डन टेनिस उपाधि
विम्बल्डन टेनिसको उपाधि विश्व नम्बर एक वरीयताका कार्लोस अल्कारोजले जित्नुभएको छ । स्पेनका २० वर्षीय अल्काराजले सर्वियाका पाका खेलाडी नोभाक जोकोभिचलाई ३–२ को सेटमा हराउँदै उपाधि चुम्नुभएको हो ।
भारतविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गरेको छ ।
स्वदेश फर्कियो महिला फुटबल टोली
बङ्गलादेशविरुद्धको मैत्रीपूर्ण फुटबल सिरिज जितेको नेपाली महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । नेपालले बङ्गलादेशविरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज १–० ले जितेको हो ।
नेपाललाई अन्तर्राष्ट्रिय महिला फुटबल शृङ्खला
स्थानापन्न गोलरक्षक अञ्जना रानामगरले दुई पेनाल्टी रोकेपछि नेपालले आइतबार घरेलु टिम बङ्गलादेशलाई दोस्रो तथा अन्तिम खेलमा टाइब्रेकरमा ४–२ ले हराएर अन्तर्राष्ट्रिय महिला फुटबल मैत्री शृङ्खलाको उपाधि जितेको छ । नेपालले १–० ले शृङ्खला हात पारेको छ । गत भदौमा दशरथ रङ्गशालामा भएको फाइनलमा नेपाललाई हराएर बङ्गलादेश साफ च्याम्पियन भएको थियो । यी दुई टिम त्यसपछि पहिलो पटक भिडेका हुन् । त्यसैले बङ्गलादेशमै दुई खेलको मैत्री शृङ्खला हात पारेर नेपाल बदला लिन सफल भएको छ ।
खेलकुदमा अन्तर्राष्ट्रिय स्तरको मैदान आवश्यक : मन्त्री लिम्बू
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउनुभएको छ ।
नेपालले बङ्गलादेशलाई हरायो
बङ्गलादेशविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा आइतबार भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई टाइब्रेकरमा ४–२ गोलले हरायो ।
नेपाल सोमबार भारतसँग खेल्दै
श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले सोमबार भारत ‘ए’ को सामना गर्दैछ ।
नेपाल स्की सङ्घमा फेरि जीवनराम
नेपाल स्की सङ्घको अध्यक्षमा फेरि जीवनराम श्रेष्ठ चयन हुनुभएको छ । सङ्घको आइतबार भएको पाँचौं साधारण सभाले जीवनरामको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
भलिबलका कप्तान थापा बर्खास्त
नेपाल भलिबल सङ्घले राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान हरिहजुर थापालाई कप्तानबाट बर्खास्त गरेको छ ।
मेस्सी मियामीमा अनुबन्धित
अर्जेन्टिनाका विश्व चर्चित फुटबल स्टार लियोनल मेस्सी अमेरिकी सकर क्लब इन्टर मियामीमा औपचारिक रुपमा अनुबन्धित हुनुभएको छ ।
टेबलटेनिस खेलाडी सेलिशालाई आर्थिक सहयोग
अखिल नेपाल टेबलटेनिस संघले क्यान्सरको उपचार गराइ रहनुभकी टेबलटेनिस खेलाडी सेलिशा खड्गीलाई शनिबार उपचार खर्च सहयोग गरेको छ ।
सातौँ प्रधानमन्त्री कप भलिबल : हेल्प नेपाल र पुलिस च्याम्पियन
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद् (राखेप) कभर्डहल कोर्टमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ हेल्प नेपाल र महिलामा पुलिस च्याम्पियन बनेको हो ।
आवश्यकताको आधारमा मात्र योजना छनोट गर्न खेलकुद मन्त्रीको आग्रह
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले प्राथमिकता, आवश्यकता र औचित्यका आधारमा मात्र योजना छनौट गर्न आग्रह गर्नुभएको छ।
नेपाल र बङ्गलादेशको दोस्रो खेल आइतबार
नेपाल र बङ्गलादेशबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल आइतबार हुनेछ । पहिलो खेलमा इन्जुरी समयमा गोल गर्दै हार टारेको नेपाल दोस्रो खेलमा स्पष्ट जित निकाल्ने योजनामा छ ।
भानु कप फुटबल सुरु, उद्घाटन खेलमा सेभेन स्टार विजयी
आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीका अवसरमा जिल्लामै सर्वाधिक धन राशिको भानुकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।
‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु
भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यले एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०२३’ सुरु भएको छ ।
इमर्जिङ टिम्स एसिया कप क्रिकेट : नेपाल पाकिस्तानसँग पराजित
श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ।
स्वर्ण जित्ने कराते खेलाडीलाई एक लाख पुरस्कार
रामपुर नगरपालिकाले स्वर्ण पदक जित्ने कराते खेलाडीलाई पुरस्कृत गरेको छ । दक्षिण कोरियामा हालै सम्पन्न सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा स्वर्ण जित्ने रामपुरका यमबहादुर समाललाई रु एक लाख नगदसहित पुरस्कृत गरेको हो ।
नेपाल र बङ्गलादेशको खेल बराबरी
बङ्गलादेशविरुद्ध पहिलो मैत्रीपूर्ण फुटबल खेलमा नेपाल बराबरीमा रोकिएको छ । ढाकाको कमलपुरस्थित वीर श्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा बिहीबार साँझ भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
सातौँ प्रधानमन्त्री कप भलिबल : पुलिस र हेल्प नेपाल विजयी
विभागीय टोली नेपाल पुलिस क्लब र टिप टप हेल्प नेपालले सातौँ एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फ बिहीबार सफलता हात पारेका छन् ।
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम नयाँ आर्थिक वर्षबाट अघि बढ्छ : मन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले नयाँ आर्थिक वर्षबाट चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अघि बढ्ने बताउनुभएको छ ।
एक वर्षभित्र साहसिक खेलकुद प्रतियोगिताको आयोजना गरिनेछ : खेलकुदमन्त्री लिम्बू
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताउनुभएको छ ।
स्वर्णविजेता सुमन सम्मानित
नेपाल वादोरियो कराते डो सङ्घले अमेरिकामा भएको युएस ओपन विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण विजेता सुमन तिमल्सिनालाई सम्मान गरेको छ ।
यू–१६ लिग फुटबल : उद्घाटन खेलमा पुलिस र मनाङ भिड्दै
यू–१६ युथ लिग शुक्रबारदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको पाँचौं चरणसम्मको खेल तालिका सार्वजनिक गरिएको छ ।